Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #सुनचाँदीकाे_मूल्य
  • #अमेरिका_ठगी
  • #बर्डफ्लु
  • #राष्ट्रिय_जनावर
Search Here
समाचार
  • Home
  • समाचार
  • क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २८, २०८१

खोटाङ - जिल्ला कारागार खोटाङमा क्षमताभन्दा ६३ जना बढी कैदीबन्दी भएका छन् । महिला ३३ र पुरुष ६६ जना गरी ९९ कैदीबन्दी अटाउने क्षमताको कारागारमा एक सय ५९ पुरुष र तीन महिला गरी एक सय ६२ कैदीबन्दी भएका हुन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दाका रहेको जेलर सोमप्रसाद आचार्यले जानकारी दिए । जेलर आचार्यका अनुसार जबर्जस्ती करणी मुद्दामा ५३ पुरुषले कैद भुक्तान गरिरहेका छन् ।

जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा सातजनाले कैद भुक्तान गरिरहेका छन् भने, हाडनाता करणी मुद्दामा १५ जनाले कैद भुक्तान गरिरहेको जनाएको छ । यस्तै, कर्तव्य ज्यान मुद्दामा ३६ पुरुष, नागरिकता कीर्ते मुद्दामा आठ पुरुष, बैंकिङ कसुरसम्बन्धी मुद्दामा एक महिला र तीन पुरुष तथा सवारी ज्यान मुद्दामा एक महिला र पाँच पुरुष छन् । 

Hardik health

लागुऔषध हिरोइन र गाँजा मुद्दामा तीन, खुनडाँका मुद्दामा तीन, सार्वजनिकस्थलमा अभद्र व्यवहार मुद्दामा पाँचजना पुरुषले कैद भुक्तान गरिरहेका छन् । कारागारमा मानव बेचबिखन, ठगी, हातहतियार तथा खरखजना, आगजनी, नकवजनी चोरीलगायत मुद्दामा २१ जना कैदीबन्दी रहेको जनाइएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि खान, बस्न र सुत्नसमेत समस्या भएको कैदीबन्दीले बताएका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि अहिले सञ्चालनमा रहेको तान ग्यारेज (कैदीबन्दीले टोपीलगायत सामग्री बुन्ने ठाउँ)लाई अर्को ठाउँमा सारेर पुरुष कैदीबन्दी राख्ने तयारी गरिएको जेलर आचार्यले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि कारागारमा कैदीबन्दीको सङ्ख्या वृद्धि भएको जनाइएको छ । प्रहरीले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भएका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएको थियो । 

अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

फरार प्रतिवादी पक्राउ अभियानका लागि जिल्ला प्रहरी कार्यालय मातहतका सबै प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए । पछिल्लो समय जिल्लामा शान्ति/सुरक्षा कायम राख्न प्रहरीले बढाएको सक्रियताप्रति जिल्लावासी सन्तुष्ट बनेका छन् । प्रहरीको सक्रियतापछि जिल्लामा आपराधिक क्रियाकलाप कम भएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मोक्तान भाइबाट प्रेरणा लिन अग्रजहरुको आग्रह, यसरी सम्झे 'म्हेन्दो'का सम्पादकलाई
मोक्तान भाइबाट प्रेरणा लिन अग्रजहरुको आग्रह, यसरी सम्झे 'म्हेन्दो'का सम्पादकलाई सोमबार, असार २९, २०८३
पहिरोमा परेर दुई जनाको मृत्यु
पहिरोमा परेर दुई जनाको मृत्यु सोमबार, असार २९, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ सोमबार, असार २९, २०८३
सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता
सडक चौपायाको व्यवस्थापनमा पोखरा महानगरको सक्रियता सोमबार, असार २९, २०८३
प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन सोमबार, असार २९, २०८३
बौद्धनाथ क्षेत्र विकास समिति नियुक्तिमा विवाद: मन्त्रीको निर्णय, कानुनी प्रश्न र आन्तरिक असन्तुष्टि
बौद्धनाथ क्षेत्र विकास समिति नियुक्तिमा विवाद: मन्त्रीको निर्णय, कानुनी प्रश्न र आन्तरिक असन्तुष्टि सोमबार, असार २९, २०८३
नेपाल बैंकद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण
नेपाल बैंकद्वारा ग्रामीण विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP