Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पीडितको न्यायमा विलम्ब नगर
पीडितको न्यायमा विलम्ब नगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २६, २०८१

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरणसमेत भइसकेको छ । यद्यपि, यी दुई आयोगमा पदाधिकारी नियुक्त हुन सकेको छैन । सम्भवतः सरकारले नियुक्तिको तयारी गरिरहेको हुनुपर्छ । र, अहिले सबैको चासोको विषय बनेको छ, कस्तो व्यक्ति आयोगमा नियुक्ति पाएर आउलान् ?

विधेयक प्रमाणीकरण भएसँगै यसले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न बाटो खोलेको छ । लामो समयदेखि यो ऐनको पर्खाइमा रहेका द्वन्द्वपीडितले राहतको सास फेर्न पाएका छन् । दलहरुबीचको टकरावले यो विधेयक लामो समयदेखि अलपत्र परेको अवस्थामा थियो । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई नेकपा एमाले र नेपाली कांग्रेसले राजनीतिक सौदावाजीको आधार बनाए । केही न केही बखेडा झिकेर विधेयकमा सहमति जुटाउन ढिला गरे । 

यसैबीच गत असारको दोस्रो साता कांग्रेस, एमाले र माओवादी केन्द्र सम्मिलित एउटा कार्यदल बन्यो । कार्यदलले विधेयकमा विवादित विषयमाथि सहमति जुटाएसँगै अन्ततः शीर्ष नेतृत्व तहमा पनि समझदारी जुटेपछि साउन २९ गते संसद्मा विधेयक टेबुल गरिएको थियो । साउन ३० गते प्रतिनिधिसभाबाट पारित भएको उक्त विधेयक भदौ ७ गते राष्ट्रियभाबाटसमेत विनासंशोधन पारित भएको थियो ।

Hardik health

टिआरसी विधेयक संसद्बाट पारित भएकामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि स्वागत गरियो । अमेरिकासहित १० मुलुकले संयुक्त विज्ञप्ति जारी गरेरै स्वागत गरे । यसलाई सकारात्मक माननुपर्छ । विशेषगरी यो विधेयक पीडितमैत्री रहेको दलहरुको दाबी छ । पीडितहरुले पनि विधेयकको स्वागत गरेका छन् । जसकारण दलहरुले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरण बनेको दाबी गरिरहेका छन् ।   

टिआरसीसम्बन्धी ऐनको सबै क्षेत्रबाट स्वागत हुनु राम्रो कुरा हो । तर, अब यसको कार्यान्वयन कसरी हुन्छ भन्ने हेर्न बाँकी नै छ । यससँग सम्बन्धित दुई आयोगमा हुने पदाधिकारी नियुक्तिले नै यसको बाटो देखाउने छ । पीडितले दुवै आयोगमा राजनीतिक दलनिकट भन्दा पनि न्याय दिनसक्ने विज्ञ व्यक्तिको नियुक्ति चाहेका छन् । यो आवश्यक पनि छ । जसरी शान्ति प्रक्रियालाई विश्वकै नमूनाको रुपमा अघि सारिएको छ, त्यसलाई स्थापित गर्न पनि दुवै अयोगलाई निष्पक्ष र प्रभावकारी बनाउन आवश्यक छ ।

त्यसैले आयोगमा आफूअनुकूल निर्णय गर्ने व्यक्ति होइन, पीडितलाई न्याय दिने व्यक्तिलाई नियुक्त गरियोस् । साथै, पदाधिकारी नियुक्ति यथाशीघ्र गरी पीडितलाई चाँडो न्याय दिलाउन सरकारको ध्यान जाओस् । यसका लागि सरकार र सत्तारुढ दलहरुलाई सबैले दबाब दिऔं ।
 


प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP