Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • पर्यटन क्षेत्रका समस्याबारे मन्त्रीलाई ध्यानाकर्षण
पर्यटन क्षेत्रका समस्याबारे मन्त्रीलाई ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २०, २०८१

गण्डकी -  पोखरा पर्यटन परिषद्ले पर्यटन क्षेत्रका समसामयिक समस्याका सम्बन्धमा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रदेशका नवनियुक्त मन्त्री मित्रलाल बस्याललाई परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आज मन्त्रालयमा एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गर्दै विद्यमान समसामयिक समस्याबारे ध्यानाकर्षण गराएको हो ।

मुलुकको अर्थतन्त्रले अपेक्षित सकारात्मक गति लिन नसक्दा त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको परिषद्ले जनाएको छ । बढ्दो महँगी, दक्षजनशक्ति पलायन, करको वृद्धि, बैंकको अस्थिर ब्याजदर, झन्झटिलो दर्ता नवीकरण प्रक्रियालगायत कारण व्यवसायी विस्थापित हुनुपर्ने अवस्था विद्यमान रहेको अध्यक्ष पहारीले बताए ।

पोखरा जोड्ने सडकको दूरावस्था, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुनु, भारतीय रुपैँयाको सहज सटहीमा समस्या, करका दरमा वृद्धिलगायत गम्भीर समस्याको मारमा पर्यटन व्यवसाय परिरहेका उनले उल्लेख गरे  । 

परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न माग गर्दै तत्कालका लागि नेपाल एअरलाईन्सले कम्तीमा हप्तामा तीन अन्तर्राष्ट्रिय उडान छिमेकी देशका गन्तव्यमा गर्न अनुरोध गरेको छ । 

Hardik health

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न एअरलाईन्सले काठमाडौंँका लागि मात्र उडान गरिरहेको उल्लेख गर्दै परिषद्ले निजी एअरलाईन्सले पनि अन्तर–प्रदेशीय उडान सेवा अनिवार्य दिनुपर्ने व्यवस्था गर्दै सबै प्रदेशसँग सिधा उडान तथा सीमा क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न उडान भर्नुपर्नेमा अध्यक्ष पहारीले जोड दिए ।

सञ्चालनमा रहेका र दर्ता प्रक्रियामा रहेका होटललाई वातावरणीय अध्ययनका नाममा गरिएको कानुनी व्यवस्थाले व्यवसायी विस्थापित हुने अवस्था सिर्जना भएको भन्दै त्यसलाई समाधान गर्न आग्रह गरिएको उनले बताए । 

पर्यटन व्यवसायलाई पनि उद्योग सरह मान्यता दिनुपर्ने, गुणस्तरीय सडक सञ्जालको चाँडो निर्माण सक्नुपर्ने, तालतलैयाको संरक्षणसँगै जलपर्यटनका गतिविधिलगायत माध्यमबाट पर्यटकको बसाइँ लम्ब्याउनुपर्ने परिषद्ले जानएको छ ।

परिषद्ले पदयात्रा तथा पर्वतारोहणको जोखिम न्यूनीकरणका लागि पहल गर्दै नयाँ पदयात्रा गन्तव्यको खोजी, प्रवर्द्धन र विकासमा ध्यान दिन अनुरोध गरेको छ । नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिसँगै प्रदेश पर्यटन बोर्ड गठनमासमेत ढिलाइ भइरहेकोतर्फ पनि ध्यनाकर्षण गराइएको छ ।

पर्यटक प्रहरीलाई अझ बढी सुविधासम्पन्न बनाइ विभिन्न भाषामा तालिम सञ्चालन सञ्चालन गरी पर्यटकको सुरक्षा प्रभावकारी बनाउनुपर्ने, पर्वतारोही, चट्टान आरोहणसम्बन्धी तालिम सञ्चालन गर्दै पोखराबाट पर्वतारोहणको अनुमति दिने व्यवस्था गर्न आवश्यक पहलको माग परिषद्ले गरेको छ । 

वातावरण परिवर्तनका कारण हिमताल फुट्दै जाने जोखिम हुँदा वातावरण प्रदूषणमासमेत विशेष ध्यान दिनुपर्ने, पर्यटकको आगमन बढाउन केही समय ‘फ्रि’ भिसा लागू गर्नुपर्ने, जलयात्रालाई महत्व दिई नदीको प्रदूषण रोक्न आवश्यक पहल गर्र्न अनुरोध गरिएको अध्यक्ष पहारीले बताए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा पश्चात् गनुपर्ने प्रतिवेदनले औँल्याएका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्यलाई तत्काल कार्यान्वयन गरी पोखरालाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक पहल गर्नुपर्ने परिषद्का महासचिव जीवनराज सापकोटाले बताए ।  

ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री बस्यालले पर्यटन क्षेत्रको विकासका लागि पर्यटनसम्बद्ध सङ्घसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे  । विद्यमान समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने उनले बताए  ।

पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले गण्डकी प्रदेशको पर्यटन विकासका लागि पर्यटनसम्बद्ध सङ्घसंस्थासँग हातेमालो गर्दै अघि बढेको उल्लेख गर्दै थप सहकार्य र समन्वय गरिने धारणा राखे । 

कार्यक्रममा होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहाल, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, जलयात्रा पर्यटन व्यवसायी सङ्घका निम मगर, हवाई खेलकुद संस्थाका कृष्ण भण्डारीलगायतले पर्यटनसम्बद्ध क्षेत्रका समस्याबारे मन्त्रीको ध्यानकर्षण गराएका थिए ।  


प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP