Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • श्रमिकमाथिको शोषण बन्द गराऊ
श्रमिकमाथिको शोषण बन्द गराऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १८, २०८१

देशबाट धमाधम युवाहरु पलायन हुने क्रम दिनानु दिन घटेको छ । मुलुकमा शान्ति स्थापनासँगै राजनीतिक स्थिरता र विकासतर्फ मुलुक अघि बढ्ने आम युवाहरुको अपेक्षा थियो । स्वदेशमै रोजगारीको अवसर पाएसम्म विदेशी भूमिमा पसिना बगाउन जाने रहर कसैको पनि हुँदैन । तर, राजनीतिक दलहरुको अक्षमता र स्वार्थकेन्द्रित राजनीतिका कारण न अपेक्षित स्थिरता आयो, न त विकासका कामले गति लियो । अन्ततः रोजगारीको अवसर खोज्दै विदेसिनुपर्ने बाध्यतामा वर्षौंदेखि नेपाली युवाहरु फसिरहेका छन् । दैनिक हजारौं युवा विदेसिन बाध्य छन् । 

यसरी रोजगारीका लागि विदेसिने युवाहरु पाइलैपिच्छे ठगिनुपर्ने अर्को विडम्बना छ । पासपोर्ट बनाउने ठाउँदेखि नै उनीहरुले सास्ती बेहोर्नुपर्छ । वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीलाई ठूलो रकम बुझाउनुपर्छ । सरकारले मलेसिया, खाडी मुलुकलगायत विभिन्न मुलुकमा जान ‘फ्रि भिसा, फ्रि टिकट’ लागू गरेको छ, तर त्यो कागजमा मात्र सीमित छ । बढीमा १० हजार रुपैयाँमात्र सेवा शुल्क उठाउन पाउने म्यानपावरले विदेश जाने श्रमिकसँग लाखौं उठाउँछ । अझ बिचौलियाको हात पर्दा उनीहरुको बेहाल नै हुन्छ ।

वैदेसिक रोजगारीमा जाने श्रमिक लैजाने हवाई कम्पनीहरु पनि उनीहरुमाथि चर्को भाडा थोपरेर पीडित बनाउन लागिपरेका छन् । अन्तर्राष्ट्रिय हवार्ई शुल्क अचाक्ली महँगो पारिएको छ । यसको प्रत्यक्ष मारमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु परेका छन् । यहीबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय हवार्ई उडानको भाडादरमा अस्वाभाविक वृद्धि र कृत्रिम अभाव सिर्जना गरी बाध्यतावश विदेसिने नेपाली कामदारमाथि चर्को आर्थिक भार थोपरेको भन्दै आपत्ति जनाएको छ । वैदेशिक रोजगारीका मुख्य गन्तव्य मलेसियालगायत खाडी मुलुकहरुमा उडान भर्ने एयरलाइन्सहरुले एकतर्फीरुपमा हवार्ई भाडामा अस्वाभाविक वृद्धि गरेको भन्दै संघले विरोध जनाएको हो ।

Hardik health

संघका अनुसार छ महिना अगाडिदेखि नै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभई निरन्तर अन्तर्राष्ट्रिय हवार्ई भाडा बढिरहेको छ । विदेशमा दुःख गरेर रेमिट्यान्स पठाउने श्रमिकमाथि यसरी आर्थिक शोषण भइरहँदा सरकार के हेरेर बसेको छ ? मुलुक आर्थिक संकटमा पर्दा रेमिट्यान्सले धानेको तथ्य सरकारले किन बिर्सिरहेको छ ? यो विषयलाई बेवास्ता गर्नु आपत्तिजनक छ । श्रमिकमाथि आर्थिक भार थोपर्ने कार्य बन्द गराउन सरकारले तत्काल पहल गरोस् । वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भइरहेको शोषण बन्द गराइयोस् । 
 


प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP