Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा
कोरोनाको त्रासः क्यालिफोर्नियामा आपतकाल घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०७६
Hardik health
क्यालिफोर्निया–संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणु (भाइरस)का कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ । अमेरिकामा योसमेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ । अमेरिकी स्वास्थ्य अधिकारीले क्यालिफोर्नियाको स्याक्रामान्टो अस्पतालमा मृत्यु भएका ती व्यक्ति ७१ वर्षका पुरुष रहेको जानकारी दिएका छन् । ती व्यक्ति हालै क्रुज जहाजको यात्राबाट फर्किएका हुन् । ह्वाइट हाउसले यस रोगको परीक्षणलाई देशव्यापी विस्तार गर्ने बुधबार जानकारी दिएको छ । अमेरिकाका १६ वटा राज्यमा करिब १५० जनामा कोरोना भाइरस देखिएको थियो । विश्वभर हाल कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९२ हजारभन्दा बढी पुगिसकेको छ, र तीमध्ये करिब ८० हजार चीनमा रहेको बिबिसीले जनाएको छ । हाल विश्वभर कोराना पीडित तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मृत्यु भएका ११ जनामध्ये १० जना वासिङ्टन राज्यका रहेका छन् र पछिल्लो समय यो रोग टेक्सास र नेब्रास्का राज्यमा पनि फैलिएको छ । यसैबीच वासिङ्टन र फ्लोरिडा राज्य दुबैले गत साता नै स्वास्थ्य आपतकालको घोषणा गरिसकेका छन् । क्यालिफोर्नियामा मृत्यु भएका कोरोना सङ्क्रमित बृद्ध व्यक्ति ग्रान्ड प्रिन्सेज नामको क्रुजमा यात्रारत रहेका व्यक्ति थिए । यो जहाज सानफ्रान्सिस्को हुँदै मेक्सिको पुगेको थियो । कोरोनाको त्रास फैलिएसँगै संयुक्तराज्य अमेरिकाले चीन भ्रमण गरेका कुनै पनि देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । तर चीन छाडेको १४ दिन पछि भने त्यस्ता यात्रुलाई अमेरिका प्रवेश गर्न दिइने गरिएको छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार कुनै चिकित्सकले कुनै व्यक्तिको परीक्षण गर्ने बताएको खण्डमा त्यस्ता व्यक्तिले अनिवार्यरूपमा स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्नै पर्ने बताउनुभएको छ । विश्वभर कोरोनाको त्रास चीनपछि कोरोनाले सर्वाधिक प्रभाव पारेको मुलुक दक्षिण कोरिया हो । बुधबार मात्र यहाँ ५१६ जनामा कोरोनाका जीवाणु देखिएको छ । योसहित कोरियामा कूल सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ७६६ पुगेको छ । कोरोनाकै कारण दक्षिण कोरियामा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये–क्यूनले अनुहारमा लगाउने मास्क विदेश निर्यात गर्न प्रतिबन्ध लगाइएको घोषणा गर्नु भएको छ । अस्ट्रेलिया सरकारले दक्षिण कोरियाबाट आउने सबै विदेशी नागरिकको प्रवेशमाथि रोक लगाएको छ । अस्ट्रेलियामा पनि कोरोनाबाट दुई जनाको मृत्यु भइसकेको छ भने अरु ५३ जनामा कोरोना सङ्क्रमण भएको छ । चीनमा भने बुधबार १३९ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएका छन् भने ३१ जनाको मृत्यु भएको छ । यी सबै व्यक्ति चीनको हुबे प्रान्तका रहेका छन् । इटालीमा भने विद्यालयहरू १० दिनका लागि बन्द गरिएका छन् । बिहीबार मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोना भाइरस प्रभावित मुलुकको सहायताका लागि ५० अर्ब अमेरिकी डलरको सहायता गर्ने घोषणा गरेको छ । कोषले कोरोनाको त्रासबीच विश्वको आर्थिक वृद्धि सन् २०१९ मा २.९ प्रतिशतभन्दा कमै हुने अनुमान गरेको छ । (रासस÷एएफपी)
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६  ०६:४४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP