Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लगानीको वातावरण बनाऊ
लगानीको वातावरण बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १७, २०८१

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने कुरा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीसम्मका भाषणमा छुट्दैन । मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउन यस्तो लगानीको आवश्यकता जरुरी भएकै अवस्था हो । त्यसैले बेलाबेलामा सरकारले विदेशी लगानीकर्ताहरुलाई बोलाएर लगानी सम्मेलन गर्दै आएको छ ।

नेपालमा लगानीका लागि विदेशी लगानीकर्तालाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ लगानी सम्मेलन गरिँदै आएको छ । त्यस्तो सम्मेलनमा कयौं लगानीका प्रतिबद्धताहरु पनि आउने गरेका छन् । सरकारले त्यसैलाई सम्मेलनको उपलब्धि ठान्छ । तर, त्यस्ता प्रतिबद्धतामध्ये न्यूनमात्रै कार्यान्वयनमा आउने गरेको सरकारकै निकायबाट सार्वजनिक तथ्यांकले प्रस्ट पारेको छ । 

प्रतिबद्धता गरेका मात्रै होइन, स्वीकृत भइसकेका लगानी पनि नआउने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९÷८०’ ले मुलुकमा स्वीकृत भएका अधिकांश लगानी नआउने गरेको देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदनमा स्वीकृत भएका प्रत्यक्ष वैदेशिक लगानीमध्ये ३५ प्रतिशतमात्रै आउने गरेको उल्लेख गरिएको छ । सन् १९९५÷९६ देखि २०२२÷२३ सम्मको तथ्यांकले स्वीकृत भएको ३५ प्रतिशतमात्रै वास्तविक प्रत्यक्ष वैदेशिक लगानी प्राप्त हुने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Hardik health

स्वीकृत भएका सबै प्रत्यक्ष वैदेशिक लगानी नआउनुमा मुलुकको आन्तरिक कारणले प्रमुख भूमिका खेलेको देखिन्छ । राजनीतिक स्थायित्व नहुनुले लगानीकर्तामा अविश्वास पैदा गरेको बुझ्न कठिन छैन । लगानीको वातावरण बनाउन नसक्दा प्रत्यक्ष वैदेशिक लगानी प्रभावित बन्दै आएको छ । यो मुलुकको नेतृत्वकर्ताले नबुझेका होइनन्, बुझ पचाएका मात्र हुन् । 

आर्थिक वर्ष २०७९÷८० को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त आवमा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले बढे पनि खुद प्रत्यक्ष वैदेशिक लगानी घटेको देखिन्छ । मुलुकमा भित्रिने अधिकांश प्रत्यक्ष वैदेशिक लगानी छिमेकी राष्ट्रबाटै देखिएको छ । आव २०७९÷८० मा भित्रिएका कूल लगानीमा भारतको हिस्सा सबैभन्दा बढी ३५ प्रतिशत रहेको छ । भारतपछि अर्को छिमेकी राष्ट्र चीन दोस्रो स्थानमा छ । चीनले करिब १२ प्रतिशत हिस्सा ओगटेको छ । उक्त आवमा कूल ५८ देशबाट प्रत्यक्ष वैदेशिक लगानी आएको तथ्यांक छ ।

यो तथ्यांकले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन अझ धेरै तयारी आवश्यक छ । लगानीको वातावरण तयार पार्न सरकारले थप काम गर्नुपर्छ । अन्यथा उही प्रवृत्तिले निरन्तरता पाउने निश्चित छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP