Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालमा पनि मपक्स आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा पुन
नेपालमा पनि मपक्स आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन : डा पुन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १६, २०८१

कीर्तिपुर - जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एसोसिएसनद्वारा आज राजधानीमा आयोजित ‘वर्तमान विश्वमा स्वास्थ्य जीवनसम्बन्धी’ गोष्ठीमा बोल्दै डा पुनले हाल अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स (मङ्की पक्स) नेपालमा पनि आउन सक्ने बताए । विगतमा स्वाइन फ्लु र कोभिडको प्रकोप पनि दक्षिण एसियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताए ।

“कतै देखिएको प्रकोपलाई हामी त्यो देशभन्दा धेरै टाढा छौँ भनेर ढुक्क हुने अवस्था छैन,” उनको भनाइ थियो । यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको पनि डा पुनले बताए । यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको डा पुनले बताए । सन् १९५८ मा बाँदरहरुमा देखिएका कारण मङ्की पक्स नाम पाएको यो रोग सन् १९७० मा कङ्गोका एकजना नौवर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् ।

अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । पछिल्लो समय लामुखुटे नियन्त्रण प्रभावकारी नहुँदा डेङ्गीको समस्या बढ्दै गएको पनि उनले बताए । यसबाहेक हैजाको समस्या भने जार वा बोटलको पानी भन्दै नउमाली खाने बानीले बढाएको देखिएको पनि उनले बताए । कार्यक्रममा हृदयरोग विज्ञ डा ओम मूर्ति अनिलले हृदय रोग, मधुमेह र मिर्गाैला रोग लाग्न नदिन बूढेसकाल लागेपछि होइन युवा उमेरदेखि नै अनुशासित खानपान र जीवनशैली हुनुपर्ने बताए । शरीर ३० वर्षको आसपासमै अधिक तौल आदिले समस्या उन्मुख भइसकेको हुन्छ ।

Hardik health

त्यस्तो मानिसले ५० वर्षपछि कुनै अप्ठ्यारो परेर स्वास्थ्य जाँच गर्दा समस्या दीर्घकालीन भइसक्छ, उनको भनाइ थियो । कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपालमा वायु र जल प्रदूषण जनस्वास्थ्यका लागि सबैभन्दा प्रमुख चुनौतीका रुपमा देखिएको बताउँदै यसको समाधानका लागि स्वस्थ्य खानेपानीको आपूर्ति र वायु प्रदूषणका कारकहरू नियन्त्रण गर्नुपर्ने बताए । 


प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम सोमबार, जेठ ११, २०८३
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP