Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • ‘नेपाली मोडेल’ मा सरकारका उपलब्धिहरु
‘नेपाली मोडेल’ मा सरकारका उपलब्धिहरु
सिद्धराज राई / रासस
सिद्धराज राई / रासस बिहीबार, भदौ १३, २०८१

जब देशमा सरकार र राजनीतिक दलप्रति जनस्तरबाट तीव्र आलोचना हुन थाल्छ, तब देशमा ठूला राजनीतिक दलहरुको एकता बलियो बन्दै गएको नेपालको इतिहास साक्षी छ । यस्तो एकताले देशलाई सधैँ सही दिशामा डो¥याएको छ । जनतामा आशा र भरोसा जागृत हुने गरेको छ । २००७ सालको राणा शासनविरोधी सशस्त्र आन्दोलन, २०४६ सालको पञ्चायतविरुद्धको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलन ठूला राजनीतिक दलहरुको संयुक्त सहभागितामा सम्पन्न भएको र सफलता प्राप्त भएको कुरा छर्लङ्ग छ ।

त्यस्तै, नेपालको संविधान २०७२ जारी गर्ने कार्य पनि ठूला राजनीतिक दलहरुको सहकार्यकै आधारमा सम्भव भएको कुरा हामीले बिर्सन मिल्दैन । विसं २०७९ मा सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेको पृष्ठभूमिमा त्यसपछिका सरकारहरु गठबन्धनका आधारमा सञ्चालित छन् । यसै शृङ्खलास्वरुप गत असार १७ गते नेपालको सत्ता राजनीतिमा पुनः नयाँ गठबन्धनको निर्माण हुने अवस्था बन्यो । नेपालका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच सत्ता सहकार्यको सहमति भयो । त्यही सहमतिअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभएको छ ।

आवश्यकताका आधारमा संविधान संशोधन र अन्य विविध विषयमा सहकार्य गर्ने सहमतिसहित सत्ता सहकार्य सुरु भएको करिव डेढ महिना भएको छ । सत्ता सहकार्यको यो अवधि कुनै विशेष परिणाम प्राप्तिको मूल्याङ्कन गरिहाल्ने उपयुक्त समय त होइन । तर यस बीचमा भए गरेका केही कार्यले सुखद भविष्यप्रति आशा भने जगाएका छन् । निरासामा पुगिरहेका नागरिकहरुका लागि यो कार्य महत्वपूर्ण छ । सरकार बनेपछि केही सकारात्मक कार्य भएका अनुभूति भने गर्न सकिन्छ । वर्तमान सरकारले गरेको एउटा महत्वपूर्ण कामको रुपमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सङ्घीय संसद्बाट पारित हुनुलाई मान्न सकिन्छ । धेरै वर्षदेखि छलफलमा रहेको तर नटुङ्गिएको यस विषयमा प्रमुख राजनीतिक दलबीच सहमति जुटाउन सक्नु सरकारको गतिलो उपलब्धि हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट पारित भएपछि निकै लामो समयदेखि थाँतीमा रहेको शान्ति प्रक्रिया एउटा तार्किक निष्कर्षमा पुग्ने विश्वास गर्न सकिन्छ । शान्ति स्थापनाको यो प्रक्रिया ‘नेपाली मोडेल’का रुपमा विश्वभरि नै प्रशंसित भएको छ । यो विधेयक पारित भएसँगै विगतमा आफूहरु अन्यायमा परेको अनुभव गरेकालाई न्यायको आशा पलाउने निश्चित छ । शान्ति सम्झौता भएको झन्डै दुई दशकसम्म पनि उक्त ऐनको अभावमा सङ्क्रमणकालीन न्यायले पूर्णता नपाउँदा नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढेको थियो । आन्तरिक रूपमा पनि तत्कालीन नेकपा माओवादी र सरकारी पक्षबाट भएका जघन्य अपराधका पीडितले न्याय पाउन सकेका छैनन् । यो विधेयक पारित भएपछि पीडित परिवार र व्यक्तिले न्याय पाउँछन् भन्ने विश्वास गर्न सकिन्छ ।

Hardik health

राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष प्रस्तुत हुनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा जानेछ । बर्तमान सरकारले सशस्त्र द्वन्द्वमा पीडित परिवार र व्यक्तिलाई थोरै भए पनि आत्मसम्मान दिने कार्य गरेको छ । राजनीतिक सहमति जुट्न नसक्दा अल्मलिएको यो विधेयक पारित गर्न सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलसँगै संसद्मा रहेका सबै दललाई सहमति गराउन सक्नु सरकारको उपलब्धिका रुपमा लिन सकिन्छ । त्यस्तै, विगत तीन वर्षदेखि ओरालो लागेको शेयर बजार उकालो लागेको छ । अर्थात् शेयर बजारमा कारोबार उच्च बन्दै गएको छ । हरेक दिन शेयर बजारले नयाँ कीर्तिमान कायम गर्दै आएको छ । दुईहजार भन्दा तल रहेको शेयर बजार तीन हजार दुई सयको विन्दुमा पुगेको छ । दैनिक अरबौँको कारोबार भएको छ । यो शेयर बजार घटेर निरास भएका लाखौँ लगानीकर्ताका लागि खुसीको कुरा हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भनाइमा गत आर्थिक वर्षको साउन महिनामा सङ्कलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले बढेको छ ।

पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले बढेको छ । पुँजीगत खर्च बढ्नु भनेको कर्मचारी प्रशासनको मनोवल उच्च हुनु हो । यस्तै घरजग्गा कारोबारको क्षेत्रमा पनि उल्लेख्य सुधारका सङ्केतहरु देखिएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार राजस्व ३१.७७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउनमा घरजग्गा कारोबारबाट रु दुई अर्ब ९१ करोड रुपैयाँ राजस्व उठेको थियो । यस वर्षको साउनमा तीन अर्ब ८३ करोड रुपैयाँ राजस्व उठेको विभागले जनाएको छ । आन्तरिक राजस्व बढ्नलाई आर्थतन्त्र चलायमान हुन थालेको सङ्केतका रुपमा लिन सकिन्छ । निश्चय पनि यो सफलता सरकारप्रतिको विश्वास र भरोसाको सूचक हो । नेपालको प्रशासनिक इतिहासमा लिलादेवी गडतौला पहिलो महिला मुख्यसचिव हुनुभएको छ । वर्तमान सरकारले कायममुकायम मुख्यसचिव रहनुभएकी गड्तौलालाई साउन १० गतेको मन्त्रिपरिषद् बैठकबाट मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो । यो निर्णय लैङ्गिक समानताको हिसाबले र समग्र नेपाली महिलाप्रतिको सम्मान हो ।

निजामती प्रशासनमा यो निर्णयले युगान्तकारी अर्थ राख्नेछ । निजामती प्रशासनमा प्रवेश गर्ने हरेक कर्मचारी महिलाको मनोबल उच्च बनाउन र लक्ष्य निर्धारण गर्न गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णयले अर्थ राख्दछ । राजनीतिमा महिला सहभागिता बढ्दै जानु र सरकारको यो निर्णयसँगै निजामति प्रशासनमा पनि महिला सहभागिता निर्णायक अवस्थामा पुगेको अनुभूति गर्न सकिन्छ । यस अगाडि नै नेपालमा पहिलो राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो सभामुख ओनसरी घर्ती र सर्वोच्च अदालतको मुख्य न्यायाधीशमा सुशीला कार्की नियुक्त भई अवकाश पाइसक्नुभएको छ । हेर्दा यी काम सामान्य र स्वाभाविकजस्ता लागे पनि नेपालको सामाजिक न्याय र समानताको हिसाबले महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ ।

युवादेखि ज्येष्ठ नागरिकसम्मको रोजाइमा रहेको ‘टिकटक’मा विगतको सरकारले प्रतिबन्ध लगाएको थियो । समाजिक मर्यादामा खलल पुगेको भन्दै विगतमा सरकारले नियमनका नाममा सामाजिक सञ्जालमाथि नियन्त्रणको अभ्यास गरेको स्पष्ट छ । यस्तोमा आम जनताको आवाजलाई सम्बोधन गर्दै सरकारले यही भदौ ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट टिकटक सञ्चालन फुकुवा गरेको थियो । आम जनताको अर्थोपार्जनको अवसरसँग समेत जोडिएको यो निर्णयले लाखौँ युवाको अनुहारमा उज्यालो छाएको सहजै बोध गर्न सकिन्छ । नौ महिना अगाडिदेखि प्रतिबन्ध लगाइएको टिकटक कम्पनीले नेपाल सरकारको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाअनुसार दर्ता हुन सहमति जनाएपछि प्रतिबन्ध फुकुवा गरिएको सरकारले प्रस्ट गरेको छ ।

टिकटकमा प्रयोग हुने भाषाको नियमनका लागि अधिकारी तोक्ने, नेपालको पर्यटन र ‘डिजिटल’ शिक्षा तथा सुरक्षामा सहयोग गर्नुपर्नेलगायत विषयमा टिकटक सञ्चालकले सहमति जनाएका छन् । साथै, टिकटक सञ्चालक कम्पनी नेपाल सरकारको करको दायरामा समेत आएको छ । यो विषय अझै दूरसञ्चार प्राधिकरणबाट टुङ्गो लाग्न भने बाँकी नै छ । यसैगरी, फेसबुक, ह्वाट्एप, इन्स्ट्रग्रामलगायत सामाजिक सञ्जालहरुलाई पनि नेपालको पर्यटन र डिजिटल शिक्षा तथा सुरक्षामा सहयोग गर्नेगरी दर्ता प्रक्रियामा लैजाने निर्णय सरकारले गरेको छ । लाखौँ युवाले आम्दानीको स्रोतका रुपमा उपयोग गरिरहेको र राज्यलाई पनि राजस्व सङ्कलनमा उल्लेख्य सहयोग पुग्ने भएकाले सरकारको यस निर्णयलाई धेरैले स्वागत गरेका छन् ।

यी त भए धेरै ठूलो समुदायलाई प्रभाव पार्ने निर्णयहरु । यी निर्णयले नागरिकमा के प्रभाव पार्छ भनेर परिणाम हेर्न बाँकी नै छ । यसका साथै ठूला दलहरुको सत्ता सहकार्यले अन्तर्राष्ट्रिय सम्बन्धमा समेत सुधारको अपेक्षा गरिएको छ । बर्तमान सरकार सबै छिमेकी देशसँग सुमधुर सम्बन्धको पक्षमा रहेको देखिन्छ । सरकार बनेपछि प्रधानमन्त्री र अन्य मन्त्रीहरुको सन्तुलित विचारले छिमेकी देशसँगको सम्बन्ध सुधारको प्रयासमा रहेको बुझ्न सकिन्छ ।

(लेखक राससका महाप्रबन्धक हुन् )


प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP