Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्या
पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ११, २०८१
file photo

पर्वत- फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । 

गत साउन ३१ गते राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिए । 

थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण रूपमा क्षति भएको छ । ती कोठामा रहेका झन्डै २५ डेस्क र बेन्च पनि भवनसँगै पुरिएका छन् । भूकम्पपछि विद्यालयमा प्राप्त भएको अर्को चार कोठे भवन पनि सोही पहिरोले उच्च जोखिममा रहेको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । 

Hardik health

रातिको समयमा पहिरो गएका कारण मानवीय क्षति हुन नपाएको हो । ठूलो भौतिक क्षति भएपछि विद्यालय समस्यामा परेको बताउँदै प्रअ थापाले दिउँसोको समयमा पहिरो झरेको भएमा ठूलो मानवीय क्षति हुने अवस्था रहेको बताए । “रातिको समयमा पहिरो आएकाले भौतिक क्षति भए पनि मानवीय क्षति हुन पाएन”, प्रधानाध्यापक थापाले भने, “विद्यालय रहेको जमिन पनि कमजोर र भिरालो भएकाले सधैँ जोखिममा रहनुपरेको छ ।”    

पहिरोले भत्किएका चार कोठे भवनको दुई कोठामा विद्यार्थी राख्न सकिने अवस्था रहेको भए पनि जोखिमकै कारण त्यसलाई प्रयोगमा ल्याउन मिल्ने अवस्था नरहेको प्रअ थापाले बताए । तत्कालका लागि केही कक्षालाई व्यवस्थापन गरेर अध्यापनलाई निरन्तरता दिइएको उनले बताए ।  

पहिरो खसेको क्षेत्र ठूलो भएकाले फेरि पनि क्षति पुग्नसक्ने जोखिम रहेको उनले बताए । तत्काल पहिरोको व्यवस्थापन तथा आगामी दिनमा आउन सक्ने जोखिम न्यूनीकरणका लागि धेरै बजेट लाग्ने अनुमान गरिएको छ । विद्यालय आर्थिक समस्यामा रहेका कारण विद्यालय आफैले पहिरो पन्छ्याउने र भविष्यका लागि बलियो हुने गरी पर्खाल लगाउने अवस्थामा विद्यालय नरहेको प्रधानाध्यापक थापाले बताए । 

पहिरोको अनुगमन गर्न पुग्नुभएका फलेवासका नगर उपप्रमुख शोभाकुमारी क्षेत्रीले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर पहिरोको व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका छन् । वर्षायामको समय भएकाले आवश्यक सतर्कता अपनाएर पहिरोको जोखिमलाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न उनले आग्रह गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP