Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #नारायणगढ–मुग्लिन सडक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजगारीको अवसर गुम्न नदेऊ
रोजगारीको अवसर गुम्न नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ११, २०८१

जापानमा रोजगारीमा पठाउनेगरी सरकारले त्यहाँको सरकारसँग सम्झौता गरेको पाँच वर्ष बित्यो । तर, यो पाँच वर्षको अवधिमा सरकारले प्रभावकारी काम गर्न नसक्दा सम्झौता अवधि सकिएको छ । यो अवधिमा कामदार पठाउन सरकारले जति तदारुकता देखाउनुपथ्र्यो त्यो काम गर्नै सकेन । अलमलमै बितायो । जसको परिणाम आकर्षक रोजगारीको प्रतीक्षामा रहेकाहरु निराश बन्नुपर्‍यो । 

मुलुकमा रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगार नेपालीहरुको बाध्यता बनेको छ । नेपालको रोजगार क्षेत्र मलेसिया र खाडी मुलुकहरुमा केन्द्रित छ । पछिल्लो समय युरोपेली मुलुकहरु, दक्षिण कोरिया, जापानलगायतमा पनि विस्तार भएका छन् । तर, अझै पनि ती मुलुकमा रोजगारीको अवसरलाई व्यापकता दिन सकिरहेको छैन । यसो हुनुमा विभिन्न कारण छन् । जसमध्ये एउटा प्रमुख कारण नेपाल सरकारकै कमजोरी हो । सरकारकै कमजोरी वा लापारवाहीले युवाहरु आकर्षक गन्तव्यमा जानबाट वञ्चित भइरहेका छन् ।


त्यसो त सरकारको काम प्रभावकारी नबन्नुमा सरकार आफैं अस्थिर बन्नुले विशेष भूमिका खेलेको छ । वैदेशिक रोजगारसम्बन्धी जिम्मेवारी बोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पटक–पटक मन्त्री फेरिए । जसले गर्दा सरकारको नीति र प्राथमिकता स्थिर बन्न सकेन । एउटा मन्त्री आएर एक खालको नीति तय गर्ने, अर्को आएर भत्काउने प्रवृत्ति दोहोरिरह्यो । जसले रोजगारीको क्षेत्रमा मुलुकले निकै राम्रा अवसरहरु गुमाउनुपरिरहेको छ । जसको ज्वलन्त उदाहरण जापान हो । जापान सरकारसँग जिटुजी प्रणालीमार्फत सीपयुक्त कामदार पठाउने सम्झौता सन् २०१९ मै भएको हो । तर, उक्त सम्झौता कार्यान्वयनमा नेपाल चुकेको छ ।

Hardik health

त्यसो त सरकारले बाध्यात्मक वैदेशिक रोजगारीलाई अन्त्य गर्ने बताउँदै आएको छ । तर, तत्काल यो सम्भव छैन । मुलुकमा उत्पादनमूलक क्षेत्रको विस्तार नभएसम्म रोजगारीको अवसर सिर्जना गर्न कठिन छ । रोजगारी सिर्जना गर्ने काममा पनि सरकारमा पुगेका व्यक्तिहरु गफमै सीमित हुन पुगेका छन् । देखिनेगरी काम गर्न कसैले सकेका छैनन् । 

अर्कोतर्फ, मुलुकको अर्थतन्त्र संकटको अवस्थामा रहँदा वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्सले बलियो टेको दिने काम गरेको छ । त्यसैले मुलुकमा वैदेशिक रोजगारको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन । सरकारको नीति वैदेशिक रोजगारलाई आकर्षक र सुरक्षित मुलुकहरुमा विस्तार गर्ने रहेको छ । तर, काम भने त्यसअनुरुप हुन सकिरहेको छैन । जापानलगायत अन्य मुलुकहरुमा रोजगारीमा जाने वातावरण बनाउन श्रम मन्त्रालय जिम्मेवार बन्नुको विकल्प छैन । सधैं अलमल गरेर रोजगारीको अवसर गुम्न नदेऊ । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP