Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सामाजिक सञ्जाल नियमन प्रभावकारी बनाऊ
सामाजिक सञ्जाल नियमन प्रभावकारी बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ९, २०८१

केपी ओली नेतृत्वको सरकार यतिबेला पूर्ववर्ती सरकारले गरेका निर्णयहरु उल्ट्याउन लागिपरेको छ । यही सिलसिलामा बिहीबारको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले गत वर्ष असोज २७ गतेदेखि टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउनुको प्रमुख कारण थियो सामाजिक सद्भाव भड्किने सामग्री । अनियन्त्रितरुपमा चलेको उक्त सामाजिक सञ्जालमार्फत निकै भद्दा, गालीगलौजलगायत सामाजिक सद्भावमा असर पुर्‍याउने खालका सामग्रीहरु प्रशस्त आइरहेको थियो । जसले निकै चुनौती बढाएको तत्कालीन सरकारको निष्कर्ष थियो ।

सरकारले प्रतिबन्ध लगाएपछि टिकटकका प्रतिनिधिहरुले बारम्बार सरकारसमक्ष खोल्न आग्रह गरेका थिए । नेपालको कानुनअनुसार सम्पूर्ण सुरक्षाका उपाय अवलम्बन गर्न तयार रहेको भन्दै प्रतिबन्ध खोल्न आग्रह गरिएको थियो । तर, दाहाल सरकार त्यसमा विश्वस्त हुन नसकेका कारण फुकुवा गर्न अस्वीकार गरेको थियो । टिकटकले मात्रै होइन विभिन्न अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरुले पनि सरकारको कदमप्रति आपत्ति जर्नाएको थियो । टिकटकबाट सुरु भएको प्रतिबन्ध आफूहरुलाई पनि लाग्नसक्ने आशंका ती सञ्जालका प्रतिनिधिहरुको थियो ।

ओली सरकारलाई पनि सुरुबाटै यो दबाब आएको हुनुपर्छ । त्यसैले त टिकटकमाथिको प्रतिबन्ध हटाउन तयार भयो । यद्यपि, टिकटक खोल्न चार सर्त अघि सारिएको छ । जसमा, पहिलो नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, दोस्रो डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने, तेस्रो सार्वजनिक शिक्षालाई गुणस्तरीय र सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने र चौथो नेपालीलगायत मातृभाषाहरुको ‘फिल्टरिङ’ गर्नुपर्ने । सरकारले ‘जे कारणले टिकटक बन्द गर्नुपर्ने परिस्थिति बनेको थियो, त्यो नहुने व्यवस्था गर्नुपर्ने’ भनेको छ । साथै, सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार मन्त्रालयमा सूचीकरण हुनुपर्ने, दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने उल्लेख छ ।

Hardik health

ओली सरकारको यो निर्णयबाट टिकटक प्रयोगकर्ताहरु खुसी भएका छन् । नियमनमा कडाइ गर्नसके प्रतिबन्ध नलगाउनु नै उचित हो तर मुलुकको नियामक निकाय प्रभावकारी बन्न नसकेको जगजाहेर छ । त्यसैले टिकटक र अन्य सामाजिक सञ्जालहरुबाट सिर्जना हुने चुनौतीप्रति गम्भीर हुनैपर्छ । सरकारले प्रतिबन्ध खोल्नु ठूलो कुरा होइन, अब तोकिएका सर्तहरु कडाइका साथ पालना गराउन सरकार सफल हुन्छ या हुँदैन त्यो हेर्न बाँकी नै छ ।

त्यसो त टिकटकबाट चुनौतीमात्रै छैन, यसबाट धेरै अवसरहरु पनि सिर्जना भएका छन् । धेरैको व्यवसाय प्रवद्र्धन गर्नेदेखि विभिन्न सकारात्मक अभियान सञ्चालन गर्ने कार्यमा पनि यो प्रभावकारी बनेको छ । त्यसैले आगामी दिनमा यसलाई विकृतिरहित बनाएर प्रयोग गर्न प्रेरित गर्न जरुरी छ । फेरि पनि विकृत हुन नदिनेगरी नियमनमा कडाइ गरियोस् । 
 


प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP