Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #नारायणगढ–मुग्लिन सडक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रतिबद्धता होइन नतिजा देखाऊ
प्रतिबद्धता होइन नतिजा देखाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ७, २०८१

बुधबार बिहान १०ः३० बजे पहिरो खसेपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित सडक अवरुद्ध बन्यो । राजधानीमै भएको उक्त अवरोध हटाएर सडक सञ्चालनमा ल्याउन करिब सात घण्टा लाग्यो । सडकमा खसेको पहिरो हटाएपछि साँझ ५ बजदेखि एकतर्फी सवारी आवागमन खुलाइएको थियो । नागढुंगा चोकबाट केही १०० मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प बनेको थियो । 

बुधबार नै पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्डमा पहिरो खस्यो । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरोबाट अवरुद्ध सडक खुलाउन २४ घण्टा लाग्यो । बिहीबार साँझबाट सडक खुले पनि एकतर्फी सवारीमात्र सञ्चालनमा आएको छ । यसैगरी पहिरोले अवरुद्ध बनेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ बिहीबार साँझबाट आंशिक रुपमा सञ्चालनमा आएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुंगासहितको पहिरोले सडक पूर्णरुपमा बन्द भएको थियो । बिहीबार साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

यी त प्रतिनिधि घटनामात्रै हुन् । वर्षात्को मौसममा मुलुकका राजमार्गहरु पहिरोको जोखिममा रहनेबारे सरकार जानकार नभएको होइन । तर, यी घटनाबाटै प्रस्ट हुन्छ सरकारको तयारी कस्तो छ भन्ने । राजधानीकै सडक खुलाउन सरकारलाई सात घण्टा लाग्छ । सरकारको यो कमजोरी वा लापारवाहीले गर्दा हजारौं यात्रु सडकमै अलपत्र पर्न बाध्य हुनुपरेको छ । यो विषयमा सरकार गम्भीर बनेकै देखिएन । गम्भीरतापूर्वक लागेको भए राजमार्गको पहिरो तत्काल हटाउने गरी तयारी गर्नुपथ्र्यो । 

Hardik health

यहीबीच बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वर्षाका कारण अवरुद्ध भएका राजमार्ग दुई घण्टाभित्र सञ्चालन गराउने गरी आवश्यक जनशक्ति परिचालन गरिने बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक र शून्य समयमा सांसदहरुले सडक र भौतिक पूर्वाधारका विषयमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनको यो प्रतिबद्धता विश्वासयोग्य छैन । किनकि, यस्ता प्रतिबद्धता विगतमा कतिपटक आइसकेका छन् । मन्त्रीले मात्रै होइन, प्रधानमन्त्रीबाटै आएका प्रतिबद्धता कार्यान्वयनमा आउँदैन÷आएको छैन । 

मन्त्री दाहालले संसद्समक्ष जनाएको प्रतिबद्धता कतिको पूरा गर्छन् त्यो अवश्य देखिने छ । यतिबेला प्रतिबद्धता होइन, नतिजा देखिने काम चाहिएको छ । राजमार्ग तथा भित्रि सडकहरुमा पहिरोका कारण आइरहेको अवरोध हटाउन तत्काल कदम चाल्नुपर्छ । वर्षात्को समयमा आवातजावत गर्ने सर्वसाधारणले भोग्नुपरिरहेको सास्तीमा सरकारको ध्यान जाओस् ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
दलहरुमा संयमताको खाँचो
दलहरुमा संयमताको खाँचो शुक्रबार, असोज ३, २०८२
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP