Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • “ मैले सकेसम्म राम्रो गरेँ” :  अमेरिकी राष्ट्रपति जो बाइडेन
“ मैले सकेसम्म राम्रो गरेँ” :  अमेरिकी राष्ट्रपति जो बाइडेन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ४, २०८१

एएफपी -   अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । 

बिदाइको क्षणमा उनले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको निर्वाचनका लागि शुभेक्षा प्रकट गरेका  थिए ।“अमेरिका, अमेरिका, मैले तिम्रा लागि सक्दो योगदान गरेँ”, ८१ वर्षीय बाइडेनले करिब एक घण्टा लामो सम्बोधनका क्रममा देशभक्तिपूर्ण एक कवितांश उद्धृत गर्दै भने । उनले नोभेम्बरमा डोनाल्ड ट्रम्पविरुद्ध उपराष्ट्रपतिलाई व्यापक समर्थन गर्न मतदातासँग आग्रह पनि गरे । 

सन् २०२४ को ह्वाइट हाउसको दौडबाट बाहिरिने बाइडेनको आश्चर्यजनक निर्णयलाई सम्मेलनमा भेला भएका शुभचिन्तकको भीडले बाइडेनलाई तालीको गडगडाहतसहित भब्य स्वागत गरेको थियो । 

बाइडेनले डोनाल्ड ट्रम्पलाई सङ्केत गर्दै ‘आफूलाई पद छोड्ने कुराले कुनै समस्या नपारेको’ बताएका थिए । सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा तत्कालिन राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै पदबाट जाने समयमा देखाएको व्यवहारलाई लिएर कतिपय अमेरिकी रिपब्लिकन पार्टीका नेताहरू पनि खुशी थिएनन् ।  

Hardik health

बाइडेनको कमजोर प्रस्तुतीका कारण डेमोक्र्याटिक पार्टीको निर्वाचनप्रति चिन्ता व्यक्त गरेका डेमोक्र्याटहरूको चासोलाई सम्बोधन गर्न र पार्टीलाई पुनः सक्रिय पार्न ह्यारिस सफल भएको छ ।  पाँच दशकलामो राजनीतिक जीवनको आसन्न अन्त्यबारे सोचिरहेका बेला उनले ट्रम्प प्रशासन ओभल अफिसमा नफर्कियोस् भनेर आफूले जे सोचेका थिए, त्यही गरेको बताए  । 

“मलाई राजनीति मन पर्छ तर म मेरो देशलाई बढी माया गर्छु,” बाइडेनले राष्ट्रपतीय उम्मेदवारबाट गरेको त्याग अमेरिकाको हितका लागि भएको जोड दिँदै भने । उनले राजिनामा माग्ने डेमोक्र्याट्सको भावनालाई सम्बोधन गर्दै भने, “म मेरो पार्टी र देशको चिन्ता गर्ने र नेतृत्व गलत व्यक्तिमा नजाओस भन्ने सबैप्रति रिसाउने होइन आभारी हुनुपर्छ भनेकाे  थिए  । 

प्रथम महिला जिल बाइडेन र छोरी एश्लेको परिचयपछि बाइडेन र ह्यारिस मञ्चमा प्रवेश गर्दा आउँदा चार मिनेटको लामो तालीको गडगडाहटले स्वागत गरिएको थियो भने प्रतिक्रियामा बाइडेन र ह्यारिस दुवैले आँसु पुछेका थिए ।‘हायर लभ’ बोलको गीतमा स्टेजबाट बाहिरिनुअघि बाइडेनले बिदाइ भाषण गर्दा दर्शक दिर्घामा रहेका धेरै जनाको गहभरी आँशु भरिएको देखिन्थ्यो । 

ह्यारिसले यसअघि डेमोक्र्याटिक पार्टीका उम्मेदवारहरू अधिवेशनको अन्तिम दिनसम्म नबोल्ने भन्दै आफ्ना अग्रज नेताप्रति सम्मानभाव व्यक्त गरेका थिए ।“म हाम्रा स्वविवेकी राष्ट्रपति जो बाइडेनलाई पार्टी नेताको रूपमा भब्य कार्यक्रमसाथ विदाई गरेर अभियानको थालनी गरेको घोषणा गर्दछु ।” “हामी तपाईंप्रति सधैं आभारी छौं,” उनले भने ।

यो निःसन्देह बाइडेनको लागि एक कठिन विदाइ थियो तर उनले ह्यारिसको अभियानको लागि ‘सर्वश्रेष्ठ स्वयंसेवक’ हुने प्रण गर्दै आफ्नो विरासतले अमेरिकामा सुशासन कायम राख्नेमा विश्वास व्यक्त गरेे । बाइडेनले ट्रम्पको कार्यकाल र जनवरी ६, २०२१ को क्यापिटोल दङ्गापछि ‘अमेरिकाको आत्मा’ लाई निको पार्ने कार्य, अर्थतन्त्र र स्वास्थ्य सेवालगायत आफ्नो गौरवपूर्ण उपलब्धीको सूची प्रस्तुत गरेका  थिए ।  

आफ्नो कम लोकप्रियता रेटिङ र ट्रम्पविरुद्धको बहसको पराजयका बावजुद बाइडेनले आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्  । राष्ट्रपति बाइडेनले भने, “मैले आफ्नो करियरमा धेरै गल्ती गरेको हुनसक्छु तर मैले तपाईंहरूलाई आफ्नो सर्वश्रेष्ठ सेवा दिएको छु ।” 

कार्यक्रममा सन् २०१६ मा अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्ने होडमा ट्रम्पसँग पराजित भएकी हिलारी क्लिन्टनले ह्यारिसलाई ‘सिसाको छानो तोड्न समर्थन गरेको’ बताएका थिए । “अमेरिकामा केही भइरहेको छ, तपाईं यसलाई महसुस गर्न सक्नुहुन्छ, यो कुराका लागि हामीले लामो समयदेखि काम गरेका छौं र सपना देखेका छौं,” पूर्व विदेशमन्त्री तथा प्रथम महिलाले क्लिन्टनले अमेरिकामा महिला नेतृत्वलाई सफल बनाउन आफ्नो दल लागेको सङ्केत गर्दै भने । 

यसअघि गाजामा इजरायलको युद्धको विरोधमा भएको प्रदर्शनले सम्मेलनको उद्घाटनलाई छायाँमा पारेको थियो । यसले वामपन्थी र अरब अमेरिकीहरूबीच डेमोक्र्याटहरूका लागि सम्भावित मत बाट्ने कुरालाई जोड दिएको थियो ।हजारौं मानिसहरूको ठूलो विरोध प्रदर्शनबाट अलग भएपछि प्रदर्शनकारीहरूको एक समूहले अधिवेशनको बाहिरी सुरक्षा घेरा तोडेको थियो ।निलो हेल्मेट, ढाल र कालो डण्डा बोकेका प्रहरीले उनीहरूलाई भित्री घेरामा जानबाट रोकेका थिए ।

यसैबीच, डेमोक्र्याटिक पार्टीको शीर्ष स्थानमा अचानक भएको परिवर्तनका कारण ट्रम्प विवादमा तानिएका छन् ।डेमोक्र्याटहरू शिकागोमा रहँदा रिपब्लिकनहरूले एक हप्ता लामो देश दौडाहा गरिरहेका छन् ।


प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:५९
#जो बाइडेन
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP