Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कोशीमा कांग्रेस, गण्डकीमा एमाले सत्ताबाहिर
प्रदेशमा संयुक्त सरकार बनाउन सकस कोशीमा कांग्रेस, गण्डकीमा एमाले सत्ताबाहिर
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, भदौ ४, २०८१

Gopal-Tamang-1724129516.jpg
काठमाडौंमा मिल्यो भने यहाँ मिलिहाल्छ, त्यतै नमिलेर यहाँ समस्या भयो । मिलाउनका लागि हामीले दबाब दिएका छौं । 
गोपाल तामाङ
प्रमुख सचेतक, कांग्रेस कोशी प्रदेश संसदीय दल

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा केन्द्रीय सत्ता गठबन्धन बनेको महिना दिन बित्दासम्म दुईवटा प्रदेश कोशी र गण्डकीमा संयुक्त सरकार गठन हुन सकेको छैन । गठबन्धनमा दरार पैदा हुन थालेको आशंकालाई बल पुग्नेगरी दुवै प्रदेशमा सरकार गठन हुन नसकेको हो ।

कांग्रेस कोशीमा सरकार बाहिर छ । गण्डकीमा एमाले सरकार बाहिर छ । अन्य प्रदेशहरूमा भने यसअघि नै संयुक्त सरकार गठन भइसकेका छन् ।कोशी र गण्डकीको सरकार गठनमा जटिलता भने केही भिन्न छन् । कोशीमा हिक्मत कार्की मुख्यमन्त्री रहेको एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुन नसक्नुमा आन्तरिक किचलो मुख्य कारक देखिएको छ । त्यहाँ कांग्रेसका तीन गुटले सरकारमा भागबण्डा खोजिरहेका छन् । संस्थापन (देउवा समूह), डा. शेखर कोइराला समूह र नेता कृष्णप्रसाद सिटौला समूह छन् । संस्थापन समूहसँग दुईवटा समूहले सरकारमा जान मन्त्रीको सर्त राखेका छन् । यसपछि सरकार गठनमा मुख्यमन्त्री कार्कीलाई सकस परेको छ ।

कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङका अनुसार केन्द्रमा नेताहरूबीच समझदारी नहुञ्जेलसम्म सरकारमा सहभागिता निश्चित छैन । ‘काठमाडौंमा मिल्यो भने यहाँ मिलिहाल्छ, त्यतै नमिलेर यहाँ समस्या भयो,’ प्रमुख सचेतक तामाङले प्रभावसँग ठट्यौली शैलीमा भने, ‘मिलाउनका लागि हामीले दबाब दिएका छौं । तर, मिलेजस्तो लागेन । किनभने यहाँ मिलेको छैन ।’ संघीय सरकारमा ठूला दलहरू कांग्रेस र एमालेले सहकार्य गर्दा अघिल्ला गठबन्धनबाट बनेका प्रदेश सरकारहरू संघको अनुकूलमा बने । तीमध्येमा कोशी र गण्डकीमा पुरानो गठबन्धन (एमाले–माओवादी)को गठबन्धन रहँदाकै मुख्यमन्त्री कायम रहने भए । हाल कोशीमा एमालेका कार्की र गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री कायम छन् । दुवैले विश्वासको मत पाइसकेका छन् । 

Hardik health

तर, दुवै प्रदेशमा दुवै दलको संयुक्त सरकार छैन । गण्डकीमा एमालेलाई सरकारमा सहभागी नगराइनुको कारण मुख्यमन्त्री पाण्डेलाई स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ र माओवादी संसदीय दलमा रहेका फणिन्द्र देवकोटालाई सरकारबाट हटाउन पाण्डे अनिच्छुक भएर हो ।केन्द्रीय गठबन्धन बनेको ३० असारमै हो । कांग्रेस–एमालेबीच सरकार गठनका लागि समझदारी भएको १७ असारको मध्यरातमा हो । सोही सहमतिका आधारमा संसद्को पहिलो र दोस्रो दलबीच सत्ता गठबन्धन बन्यो । यद्यपि, दुई प्रदेशमा संयुक्त सरकार गठनमा भएको बिलम्वले गठबन्धन कतै धराशायी त भएको छैन ? प्रश्न उब्जेको छ ।

गण्डकीमा मन्त्रालय भागबण्डा र संख्यामै समझदारी हुन बाँकी छ । त्यहाँ एमाले कूल मन्त्रालयको ठीक आधा पाउनुपर्ने पक्षमा छ । आधा संख्याका मन्त्रालय भने कांग्रेससहित अन्य दल र तिनका सांसदलाई दिनुपर्ने एमालेको मत छ ।  ‘मुख्यमन्त्रीलाई कठिन अवस्थामा साथ दिने माननीयज्यूलाई पनि सरकारमा समेट्ने भन्दै कांग्रेसको कुरा आएको छ, त्यो मानिँदैन,’ एमाले गण्डकी प्रदेश संसदीय दलकी सचेतक देवका पहारी त्रिपाठीले भनिन्, ‘यदि त्यसो हो कांग्रेसको भागमा जति मन्त्रालय छ, त्यति बाँड्दा भयो ।’

उसो त सर्वोच्च अदालतबाट तोक लगाएर मुख्यमन्त्री बनेका पाण्डेसँग एमालेविना नै बहुमत छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री पाण्डेसँग कांग्रेसका २७ जना, राप्रपाका दुई जना, नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव (दीपक मनाङे) को समर्थन छ । सर्वोच्च अदालतले एमालेका खगराज अधिकारीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश री गरेपछि देवकोटा र गुरुङले पाण्डे नेतृत्वको सरकारको काँध थापेका थिए । 

devika-pahari-tripathi-1724129515.jpg
मुख्यमन्त्रीलाई कठिन अवस्थामा साथ दिने माननीयज्यूलाई पनि सरकारमा समेट्ने भन्दै कांग्रेसको कुरा आएको छ, त्यो मानिँदैन ।
देवका पहारी त्रिपाठी
सचेतक, एमाले गण्डकी प्रदेश संसदीय दल

अप्ठेरो अवस्थामा पदको जोखिम मोलेर सरकार जोगाउन काँध थापेका माओवादीका देवकोटा र मनाङेलाई नहटाउने अडानमा मुख्यमन्त्री पाण्डे छन् । आफ्नै सरकार ढलाएर पाण्डेलाई साथ दिने मनाङे र फणिन्द्रलाई सकेसम्म मन्त्रिपरिषद्मा नराख्ने चाहना खासमा  एमाले नेता खगराज अधिकारीको छ । तर, धेरैलाई व्यवस्थापन गर्नुपर्ने भएकाले मन्त्रालय बढाउने पक्षमा कांग्रेस छ । ११ वटासम्म मन्त्रालय बनाउन कांग्रेसको प्रस्ताव छ । तर, एमालेले भने मन्त्रिपरिषद् ठूलो बनाउन नहुने र भइरहेका मन्त्री तथा मन्त्रालयमा पनि समझदारी हुनुपर्ने अडान राखेकाले प्रदेशमा कुरा मिल्न सकेको छैन ।

यसअघि कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री हुँदा त्यहाँ मन्त्रालय फुटाएर १२ वटा पु¥याएका थिए । तर, खगराम मुख्यमन्त्री हुँदा घटाएर सातवटा बनाइएको थियो । हाल भने मन्त्रिपरिषद् ठूलो बनाउने पक्षमा मुख्यमन्त्री पाण्डे देखिएका छन् । यहीबीच दुवै दलले यसअघि नै सरकार विस्तार र साझा कार्यक्रमबारे समझदारी गर्न, मन्त्रालयको संख्या र भागबण्डा टुंग्याउन कार्यदल बनाएका थिए । कार्यदलले टुंगो लगाउन नसकेपछि दलका शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ । एमालेबाट मन्त्री हुने दौडमा रहेकाहरूलाई लिएर एमालेका उपमहासचिव तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ र खगराज गुटका सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका थिए । प्रदेशमा मन्त्री गुरुङ र खगराजको राजनीतिक टकराव छ । 

उता कोशीमा भने चार÷चार मन्त्रालय बाँडफाँट गर्ने, मुख्यमन्त्री आलोपालो हुने सहमति गरेको छ । तीन गुटले दुई–दुई मन्त्रालय माग गरेका छन् । दाबी मन्त्रालय छ र पाउने मन्त्रालय चार भएपछि कांग्रेसमा कुरा मिल्न सकेको छैन । मधेस प्रदेश र बागमतीमा पनि शेखर समूहलाई मागेजति मन्त्रालय नदिएका देउवा दबाबमा छन् । मधेस प्रदेशमा शेखर समूहबाट भागबण्डा दिनलाई देउवाले राज्यमन्त्री बनाउन सिफारिस गरेका थिए । अहिले राज्यमन्त्री हटाइएपछि थप दबाब छ । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ
उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ बिहीबार, माघ १५, २०८२
एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै
एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव संकलन गर्दै बिहीबार, माघ १५, २०८२
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा
स्थानीय जनताका बीचमा रहेर विकास निर्माणमा समर्पित हुनेछुः सभापति थापा बुधबार, माघ १४, २०८२
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन बुधबार, माघ १४, २०८२
पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह
पूर्वमाओवादी धारलाई एकतामा आउन दाहालको आग्रह बुधबार, माघ १४, २०८२
उम्मेदवार घरदैलोमा, नेतृत्व घोषणापत्र लेख्दै 
उम्मेदवार घरदैलोमा, नेतृत्व घोषणापत्र लेख्दै  बुधबार, माघ १४, २०८२
चुनावी अभियानमा बालेन सुदूरपश्चिमकाे भ्रमणमा
चुनावी अभियानमा बालेन सुदूरपश्चिमकाे भ्रमणमा मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP