Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सरकारलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले खबरदारी गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ३२, २०८१

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बी सुब्बा गुरुङले सरकारलाई जनउत्तरदायी र जिम्मेवार बनाउन सञ्चार माध्यमले निरन्तर खबरदारी गरिरहनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा स्थापना गरिएको ‘रासस मिडिया सङ्ग्रहालय’को आज शुभारम्भ गर्दै उनले सरकारलाई जनताप्रति जिम्मेवार बनाउन पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
 
“सरकार र जिम्मेवार पदाधिकारीको गलत कामको कटु आलोचना गर्नुपर्छ”, सञ्चारमाध्यमका भूमिकाबारे स्पष्ट पार्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, “तर एक पक्षीयरुपमा विरोध मात्रै गर्नु निश्पक्ष पत्रकारिता होइन, सञ्चारमाध्यम र स्वयम् पत्रकार पनि रचनात्मक हुनुपर्छ ।” उनले सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको विश्वव्यापी सिद्धान्त भए पनि पछिल्लो समय स्वतन्त्र पत्रकारिता व्यक्ति केन्द्रित आलोचनामा सीमित भएकामा चिन्ता व्यक्त गरे  ।

पत्रकारिता क्षेत्रले वस्तुनिष्ठ र अनुशासित भएर आफ्नो भूमिका निर्वाह गरे मात्रै सरकार उत्तरदायी र जिम्मेवार हुने उल्लेख गर्दै मन्त्री गुरुङले भने, “सञ्चारमाध्यमको भूमिका प्रतिपक्षी हुनुपर्छ, गलत काममाथि प्रश्न उठाउनुपर्छ, सही र गलत छुट्टयाउन सक्नुपर्छ, सरकार र समाजलाई सभ्य बनाउन केन्द्रित हुनुपर्छ ।”

जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन पनि सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्नु अपरिहार्य रहेको मन्त्री गुरुङको भनाइ थियो । “वर्तमान सरकार जनताप्रति बढी उत्तरदायी र जवाफदेही हुन खोजिरहेको छ, यसतर्फ सञ्चार जगत्को रचनात्मक सहयोग आवश्यक छ”, उनले भने । उनले अमर्यादित अभ्यासले सिङ्गो पत्रकारिता क्षेत्रमाथि नै प्रश्न उठिरहेको सन्दर्भमा पत्रकारितालाई व्यवस्थित, मर्यादित तथा रचनात्मक बनाउन सबै पक्ष सजग र सचेत हुनुपर्ने धारणा राखे । 

वर्तमान सरकारले अनावश्यक प्रचार नखोजेको उल्लेख गर्दै प्रवक्ता गुरुङले सरकारका जनपक्षीय कामलाई जनतासमक्ष पुर्या‍उन भने मिडियाले सहयोग गर्नुपर्छ भने । ‘मिडिया कन्टेन्ट’ उत्पादन केन्द्रका रुपमा रहेको राससले आफूलाई व्यवस्थित, सिर्जनशील र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको अभिभावकको भूमिका निर्वाह गर्न निर्देशन दिए । राससले स्थापना गरेको मिडिया सङ्ग्रहालयबाट सञ्चार क्षेत्रको विकासको अध्ययन गर्न महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले पछिल्लो पुस्ताका लागि महान् काम भएको उल्लेख गरे। 

Hardik health

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले रासस लामो इतिहास भएको संस्थाका रुपमा रहिआएको उल्लेख गर्दै यसले गरेका कामलाई समय क्रमसँगै हेर्ने हो भने मिडिया विकासको जीवन्त अवस्था चित्रण हुने बताए । व्यवस्थापकीय मात्र नभई सिर्जनशील काममा पनि केन्द्रित हुन रासस व्यवस्थापनलाई निर्देशन दिँदै उनले समाचारका विषयवस्तुको विविधीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । सचिव अर्यालले राससको स्थापनाकालदेखि हालसम्मका बाटोलाई सङ्ग्रहालयले दृश्यात्मक रुपमा प्रस्तुत गरेको उल्लेख गरे  ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले नेपालको मिडिया विकासको इतिहासलाई जीवन्त बनाउन सङ्ग्रहालयको अवधारणा कार्यान्वयनमा लैजानु रासस व्यवस्थापनको सकारात्मक पहल भएको बताए । उनले सञ्चार उपकरणसँगै उत्पादित समाचारका विषयवस्तु पनि प्रदर्शनीमा राख्नु उपयुक्त हुने सुझाव दिए ।  “सङ्ग्रहालयमा सुरुआतदेखि वर्तमानसम्मको स्पष्ट प्रस्तुति हुनुपर्छ, राससको बुलेटिन, भाषा, शैली पुस्तिकासमेत समेट्नुपर्छ”, वरिष्ठ पत्रकार दाहालले भने ।

वरिष्ठ पत्रकार एवं प्राध्यापक रामकृष्ण रेग्मीले मिडिया सङ्ग्रहालय स्थापना गरेर राससले ऐतिहासिक काम गरेको उल्लेख गरे । सङ्ग्रहालयमा मिडिया उपकरणसँगै ‘मिडिया कन्टेन्ट’लाई पनि समेट्न सुझाव दिँदै उनले ऐतिहासिक सामग्रीको संकलन, संरक्षण र त्यसको उचित प्रस्तुतीकरणसहित प्रदर्शनीमा राख्नु उचित हुने बताए ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले राससको सङ्ग्रहालयले ऐतिहासिक सामग्री सङ्ग्रहको संस्कृतिलाई बढवा दिएको दिएको बताए । “पूराना सामग्रीको ‘आर्काइभ’मा समस्या छ, मिडियाका सामग्रीको सङ्ग्रहमा सबैले ध्यान दिनुपर्छ, संस्कृति र स्मृतिलाई जीवन्त राख्ने काम गरौँ”, उनले भने ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सङ्ग्रहालयले नेपालको मिडिया विकासका सम्बन्धमा अध्ययन गर्न नयाँ पुस्तालाई सहयोग गर्ने विश्वास व्यक्त गरे । मिडिया प्रविधिमा आएका तीव्र परिवर्तनका कारण पनि ती उपकरण संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको उनको भनाइ छ ।

राससले सेवा विस्तार र विविधीकरण गर्दै गइरहेको उल्लेख गर्दै कार्यकारी अध्यक्ष  झाले आगामी भदौ महिनादेखि २४सै घन्टा समाचार सम्प्रेषणको तयारी गरिरहेको जानकारी दिए । राससका महाप्रबन्धक सिद्धराज राईले राससले ६३ वर्षको अवधिमा प्रयोग गरेका ४६ प्रकारका सामग्री सङ्ग्रहालयमा राखिएको बताए । उनले मिडिया सङ्ग्रहालय नेपालको मिडिया विकासक्रमको विषयमा अध्ययन, अनुसन्धान गर्ने अनुसन्धानकर्ताका लागि उपयोगी हुने विश्वास व्यक्त गरे ।

रासस सञ्चालक समिति सदस्य शंकर खरेलले नयाँ पुस्ताका लागि मिडिया विकासको अध्ययन गर्न सङ्ग्रहालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय मुद्रा सङ्ग्रहालय छाउनीका प्रमुख सुवास डङ्गोलले पूराना ऐतिहासिक सामग्रीको सङ्गह गर्नु सकारात्मक काम भएको बताए । राससका नायब महाप्रबन्धक राजु शाक्यले सङ्ग्रहालयमा राससले स्थापनाकालदेखि उपयोगमा ल्याएका ऐतिहासिक सामग्री राखिएको बताए ।


प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस
प्रयोगविहीन करोडौँ मूल्यका नगरबस शुक्रबार, कात्तिक २८, २०८२
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे
संसद् पुर्नस्थापना नै संवैधानिक समाधानः सभामुख घिमिरे शुक्रबार, कात्तिक २८, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत
प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत शुक्रबार, कात्तिक २८, २०८२
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित
केन्या संसदद्वारा  वाणिज्यदूत चन्द्र टण्डन सम्मानित शुक्रबार, कात्तिक २८, २०८२
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले  बुझाए सम्पत्ति विवरण
प्रधानमन्त्रीसहित ७ जना मन्त्रीले बुझाए सम्पत्ति विवरण शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
हिमालय आसपासका देशहरुका सञ्चार विज्ञ काठमाडौंमा, हिमालय सञ्चार सामाजिक विकासका विषयमा बहस
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP