Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्मा ‘पानीमाथिको ओभानो’ बन्दै सभापति पोखरेल
डेडिकेटेड–ट्रंकलाइन महसुल विवाद  संसद्मा ‘पानीमाथिको ओभानो’ बन्दै सभापति पोखरेल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, साउन ३०, २०८१
  • उद्योगीलाई महसुल बक्यौतामा छुट दिने कदममा सरिक सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल उद्योगीको अनुकूल निर्णय गराउने चलखेलमा
  • पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले उद्योगीलाई १६ अर्ब रुपैयाँ छुट दिएको र त्यो समेत २२ अर्ब नै बक्यौता उठाउने पक्षमा रहेको दाबी 
  • माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीद्वारा बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार ‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’ महसुल प्रकरणमा उद्योगीअनुकूल निर्णय गराउन प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले खोजेको कागजात नै बाहिरिएपछि उनी आलोचित भएका छन् । नेकपा एमालेका सांसद एवं समिति सभापति पोखरेललाई उद्योगीअनुकूल निर्णय गराउन प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रोकेका थिए । उद्योगीसँग भेटेर उनीहरूले नै तयार गरेको निर्णय बोकेर समिति बैठकमा जाँदा आलोचित बनेका पोखरेलले मंगलबार भने संसद् बैठकमा आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयास गरे । 

पोखरेलले आफू महालेखापरीक्षकको कार्यालयले औंल्याएअनुसार २२ अर्ब रुपैयाँ बक्यौता उठाउनुपर्ने पक्षमा रहेको दाबी गरे । डेडिकेटेड र ट्रंकलाइनको सुविधा दिन थालेको मिति २०७२ साउनदेखि २०७७ सम्म प्राधिकरणले गरेको बिलिङअनुसारको रकमलाई महालेखाले बेरुजुका रुपमा औंल्याएको थियो । तर, ओली यसअघि प्रधानमन्त्री हुँदा तत्कालीन ऊर्जासचिव दिनेश घिमिरेको संयोजकत्वमा गठित समिति र गत पुस २४ मा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगले २०७२ पुससम्म प्रिमियम शुल्क नै निर्धारण नभएको र २०७५ जेठदेखि लोडसेडिङ अन्त्य भएकाले २०७२ माघदेखि २०७५ वैशाखसम्मको मात्र महसुल लिन सिफारिस गरेका थिए । तर, पोखरेलले बक्यौता विवाद समाधानका लागि लाल आयोग सेटिङमा बनाइएको दाबीसमेत गरे ।

उनले संसद् बैठकमा भने, ‘माननीयहरू भन्नुहुन्छ, प्राधिकरण, व्यवसायी र सरकारको सेटिङमा आयोग निर्माण भयो र त्यसले १६ अर्ब छुट दियो । म के भाग्नु ? म सभापति, माननीयले उठाएका कुरालाई छलफल गरौंला भन्नु परेन ? १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने म भ्रष्टाचारी ?’प्रधानमन्त्री ओलीको इशारामा चल्ने पोखरेल २२ अर्ब त के छ अर्ब महसुल बक्यौता पनि उद्योगीबाट उठाउन नदिने षड्यन्त्रमा छन् । उनले बिलिङबिनै उद्योगीलाई हचुवा तालमा महसुल उठाउन विद्युत् प्राधिकरणले खोजेको भन्दै उद्योगीको भाषाशैलीमा बोल्ने गरेको आरोपकोसमेत सामना गर्दै आएका छन् । तर, पाखरेलले यसको खण्डन गर्दै आफ्नो भनाइ असत्य प्रमाणित ठहरिए टुँडिखेलमा झुण्डिनका लागि तयार रहेको भन्न भ्याए । ‘मेरा भनाइ असत्य प्रमाणित गरिदिनुस् । टुँडिखेलमा झुण्डिन पनि तयार छु,’ सभापति पोखरेलले भने ।

Hardik health

आफू सही भएको दाबी गर्ने क्रममा उनी प्राधिकरणका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि पनि खनिए । प्राधिकरणले व्यवसायीसँगको मिलेमतोमा बिल बनाउने गरेका कारण यो विषय पेचिलो बन्न पुगेको र यो विवाद समाधानका लागि संसदीय समितिले दिएको निर्देशन अख्तियारले कार्यान्वयन गर्न अटेरी गरेको आरोप लगाए ।‘प्राधिकरणले व्यवसायीसँगको मिलेमतोमा बिल बनाउने गरेका कारण यो विषय अहिलेसम्म नसल्टिएको हो । प्राधिकरणले आफूलाई आवश्यक नै नपर्ने सामग्री किनेको छ । ती सामग्रीमाथि घाँस उम्रिएको तपाईं हामी सबैले देखेका छौं,’ उनले भने, ‘अख्तियारमाथि पनि प्रश्न उठेको छ । समितिले २०७६ मा दिएको निर्देशन अख्तियारले कार्यान्वयन गरेन ।’

पोखरेलले यसक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई लाञ्छित गरे । उनले १६ अर्ब रुपैयाँ उद्योगीलाई महसुल बक्यौतामा छुट दिएको आरोप लगाए । मन्त्रिपरिषद्बाटै विवादास्पद निर्णय गराएको बताए । त्यसमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मुख्य भूमिका रहेको दाबी गरे । जबकि, प्रधानमन्त्री ओली र उनी उद्योगी व्यवसायीलाई बक्यौता रकममा अझै छुट दिने पक्षमा छन् । त्यसका लागि पोखरेलको उद्योगीसँग उठ्बस हुँदै आएको आरोप छ ।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुलीको विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानबिनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने बताएका हुन् । सांसद शाहीले कोभिडका बेलामा घाटामा गएका उद्योगहरूलाई विशेष छुट दिनुपर्ने कारण भए पनि अन्य अवस्थामा छुट दिने कुरा मान्य नहुने पनि बताए । 

‘विद्युत् महसुल तिर्ने कि नतिर्ने भन्ने विषयमा पनि संसद्मा उठेको छ । यसमा धेरै बहसको जरुरी नै छैन । यसको निराकरण के हो ? यसको खोजी गरौं । यसका लागि हाम्रो एउटा परम्पराको विकास पनि भएको छ । केही सामान्य विषय उठ्नेबित्तिकै संसदीय छानबिन समिति भन्ने चलन छ । यत्रो विषय उठिसकेपछि एउटा संसदीय छानबिन समिति बनाऔं,’ उनले भने ।बैठकमा कांग्रेस सांसद गगन थापाले पनि बिजुलीको बक्यौता रकम एक रुपैयाँ पनि छुट दिन नसकिने बताएका छन् । उनले जो कोही उद्योगी व्यवसायीबाट राज्यले असुल गर्नुपर्ने बक्यौता रकम उठाएरै छाड्नुपर्ने बताए । यस्तै, रास्वपा सांसद हरि ढकालले बक्यौता रकम उठाउन सरकारलाई निर्देशन दिन सभामुख देवराज घिमिरेसँग आग्रह गरे । 

 


प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP