Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रहरीमा तत्कालै ३० वर्षे हटाउनू, सशस्त्रमा १५ वर्षपछि 
उमेर हद पुनरावलोकन प्रतिवेदन प्रहरीमा तत्कालै ३० वर्षे हटाउनू, सशस्त्रमा १५ वर्षपछि 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, साउन २९, २०८१
  • नेपाल प्रहरीमा ३० वर्षे उमेर हद हटाउन सुझाव
  • उमेर हद हटाउँदा मर्का पर्नेलाई विशेष पद सिर्जना गर्ने र नभए ‘गोल्डेन ह्यान्डसेक’ दिन सुझाव
  • आइजी, एआइजी, डिआइजीदेखि कार्यालय सहयोगीलाई समेत उमेर हद प्रक्रियामा सहभागी गराउन सुझाव
  • एउटै पदमा आठ वर्ष काम गरिसकेपछि एक तह बढुवा दिने व्यवस्था


काठमाडौं– नेपाल प्रहरीमा ३० वर्षे उमेर हद तत्कालै हटाउनुपर्ने ‘अवकाश उमेर पुनरावलोकन गर्न’ गठित समितिले सुझाव दिएको छ । गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको समितिले त्यसरी उमेर हद हटाउँदा मर्का पर्ने प्रहरी अधिकारीलाई भने विशेष पद सिर्जना गरेर बढुवा गर्न सकिने विकल्प सुझाएको छ ।

यदि त्यसो नभए ‘गोल्डेन ह्यान्डसेक’ दिएर पनि बिदा गर्न सकिने विकल्प अघि सारेको छ । तर, ३० वर्षे उमेर हद हटाउँदा एकैपटक नभई हरेक आर्थिक वर्षमा छ महिनाका दरले थप्दै जानुपर्ने सुझाव कार्यदलको छ । यसै वर्ष लागू भए अवकाश हुन लागेका अधिकारीहरूको सेवा अवधि छ महिना थप हुने छ । अर्कोे वर्ष अवकाश हुने अधिकारीहरूको जागिर अवधि एक वर्ष लम्बिने छ ।

समितिकाअनुसार त्यसरी बढाउँदै लैजाँदा नेतृत्वमा पुग्न लागेका अधिकारीहरूलाई मर्का पर्दैन । यसका अतिरिक्त समितिले कार्यअवधि संशोधन गर्न पनि सरकारलाई सुझाएको छ । कार्यदल संयोजक आचार्यले प्रहरी महानिरीक्षक (आइजी)को उमेर हद ६० वर्षे बनाउन सुझाएको बताए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायव महानिरीक्षक (डिआइजी)को ५९ वर्ष कायम गर्न सिफारिस गरेको छ ।

कार्यअवधि आइजिपीको तीन वर्षे नै कायम गर्न तर एआइजीको चार वर्षे र डिआइजीको पाँच वर्षेे बनाउन सुझाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को कार्यअवधि आठ वर्ष र उमेर ५८ वर्ष कायम गर्न भनिएको छ । यसरी नै समितिले कार्यालय सहयोगीसम्मको अवकाशको व्यवस्था परिवर्तन गर्न सुझाव दिएको छ ।अन्तर्राष्ट्रिय अभ्यास, निजामती कानुन र अन्य सेवाको कानुनी व्यवस्थासमेत हेरेर यस्तो सिफारिस गरेको समितिले जनाएको छ ।

Hardik health

समितिले एउटै पदमा आठ वर्ष काम गरिसकेपछि एक तह बढुवा दिने व्यवस्था नेपाल प्रहरीमा पनि हुनुपर्ने राय पनि दिएको छ । कार्यक्षमता देखाउन नसक्ने, संगठनमा कमजोर रहेकालाई गोल्डेन ह्यान्डसेक दिएर बिदा गर्न सकिने समितिले विकल्प दिएको छ । तर, ३० वर्षे हटाइसकेपछि पनि प्रत्येक व्याचबाट नेतृत्वमा पुग्ने सुनिश्चितता गर्नुपर्ने भनिएको छ ।यही १६ भदौदेखि नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरीका एसएसपीसहितका अधिकारीहरू अवकाश हुन लागेका छन् । उनीहरूले नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको अघिल्लो सरकारलाई तत्काल अवकाशको अवधिमा पुनरावलोकन गर्न दबाब दिइरहेका थिए ।

यसपछि दाहाल सरकारले आचार्यको नेतृत्वमा समिति गठन गरेको हो । त्यससम्बन्धी एजेन्डालाई बजेट भाषणमै घोषणा गरिएको थियो । सोही कार्यदलले प्रतिवेदन बुझाको हो । प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयन गर्न गृह मन्त्रालयले नयाँ प्रहरी ऐन ल्याउन लागेको छ । गृहप्रवक्ता नारायणप्रसाद भट्टराईले छिट्टै ऐन ल्याउने बताए ।‘प्रतिवेदन पाएका छौं । त्यसलाई कार्यान्वयन गर्नु हाम्रो दायित्व हो । त्यसका लागि छिट्टै प्रहरी ऐन ल्याउँछौं,’ उनले प्रभावसँग भने । 

गृहले जति हतार गरे पनि भदौ १६ गते अवकाश हुने अधिकारीहरूको जागिर अवधि लम्बिने सम्भावना भने कम देखिएको छ । किनभने ऐन पारित हुन समय लाग्छ । जसले गर्दा अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूलाई रोक्न समस्या हुने देखिएको छ । 



सशस्त्रको उमेर हद तत्काल नहटाउनू
आचार्य नेतृत्वको समितिले सशस्त्र प्रहरीमा नेपाल प्रहरीमा जसरी उमेर हद हटाउन सुझाएको छैन । जबकि समितिको गठनचाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरीमा अवकाश उमेर हदबारे एकरुपता कायम गर्न सुझाव दिने कार्यादेशसहित भएको थियो । तर, समितिले एकरुपता हुनेगरी सुझाव दिएको छैन । जस्तो, प्रहरीमा तत्कालै ३० वर्षे हटाउनुपर्ने भनेको समितिले सशस्त्र प्रहरीमा भने अझै १५ वर्ष हटाउन नहुने सुझाव दिएको छ । समितिले २०९५ सालपछि मात्रै सशस्त्र प्रहरीमा ३० वर्षे हटाउनु उपयुक्त हुने जनाएको छ । पछिल्लो समय दुई संगठनमा एकै खालको नियम बनाउने कसरत भइरहे पनि कार्यदलले भने निकै फरक सुझाव दिएको हो । 

सशस्त्र प्रहरीमा अहिले नै ३० वर्षे हटाउँदा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएकाहरू सोही पदबाट अवकाश हुने अवस्था आउने भएकाले पर्खिन समितिले सुझाएको छ । सशस्त्र प्रहरीको हकमा समितिले ‘गोल्डेन ह्यान्डसेक’को विषयलाई अघि सारेन । नेपाल प्रहरीमा मात्रै त्यस्तो व्यवस्था गर्न भनिएको छ । यी विवरणहरूले दुई सुरक्षा निकायको भूमिकालाई थप अलग पार्न खोजेको टिप्पणी भइरहेको छ । सरकारले भने एकरुपतामा जोड दिएको थियो । तर, आचार्यको प्रतिवेदन त्यस्तो आएन । जसले गर्दा दुई सुरक्षा संगठनको एकीकरण तत्काल नहुने देखिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:५४
#नेपाल_प्रहरी #सशस्त्र_प्रहरी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP