Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • आन्तरिक पर्यटककाे आकर्षणमा सिप्टिचौर पाटन
आन्तरिक पर्यटककाे आकर्षणमा सिप्टिचौर पाटन
दान बहादुर बुढा
दान बहादुर बुढा सोमबार, साउन २८, २०८१

मुगु -  सिप्टिचौर पाटन हिजो आज आन्तरिक पर्यटकहरुको भिड बढ्न थालेकाे  छ। हिउँदमा हिँउमा रमाउन र बर्खामा बनस्पतिहरुसँग रमाउनको लागि सिप्टिचौर पाटनले आन्तरिक पर्यटकहरुको मन तान्दै गएको छ ।  सिप्टीचौर पाटन जुम्लाको कनका सुन्दरी वडा नम्बर १ र मुगुस्थित छायानाथ रारा नगरपालिका वडा नं‌ ७को सिमानामा  पर्दछ । 

कर्णाली राजमार्गको नाग्म गमगढीको भुलभुले देखी अलिमार्थि कर्णाली राजमार्गले छाेएकाे छ । देशकै ठूलो पर्यटकीय गन्तब्य रहेको ताल राराताल पुग्‍न यहि सिप्टिचौर पाटन भएर आउनुपर्ने भएकाले पर्यटकहरु यो पाटनमा गाढी,बस,मोटरबाईक लगाएतका सवारी साधनबाट ओर्लेर फोटो -भिडियाे खिच्‍ने ,टिकटक बनाउने गर्दछन् । 

पाटनमा फुल्ने विभिन्न प्रजातिका फुल,बनस्पति,विभिन्न फरक फरक डाँडाकाडाहरुको दृश्य अवलोकन गर्न पाउँदा अप्ठयाराे बाटो हुँदै आएका सबै कष्ट र दुखहरु बिर्सिन्छन् । 

वरिपरि घना सल्ला,धुपी,ठुगो,भाुज पत्र,लालिगुँरास,लगाएतका बनजङगलले घेरेको र बिच पाटनमा चरिरहेका गाँई,घोडा ,भेडाबाख्रा,भैसी वस्तुभाउ,चराचुरुङ्गीहरुको चिरचिराट अनि हरियो गलैँचा बिच्छाएजस्तो पाटन छेउ मै सेतो सडक। यस्तो दृश्य देखे कस्को मन नलोभिएला र ? रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछी रमाइलो गर्न र व्यक्तिगत तथा सामुहिक फोटाहरु खिच्न मन लागि हाल्ने गरेको पाइन्छ  ।

Hardik health

छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५का मिन बहादुर रावलले आन्तरिक पर्यटकहरुले यस्ताे माैका गुमाउन चाहन्दैनन् र धेरै घुम्न आउने बताएका छन् । सुर्खेत,नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकहरुलाई यहि सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रन्जन शर्माले बताए ।

उनीसँगै बाइकमा सवार बर्दियाकै निकल बस्नेतले भने, 'कर्णालीको विजोक सडक,दुर्गमतामा जटिल यात्रा गर्दै आउदा यहि सिप्टिचौरले सबै कष्ट,दुख्ख भुलाउदो रहेछ । यहाँ पुग्दा लाग्यो बेग्लै संसारमा छौँ । '

सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सय दुई सय जना आन्तरिक पर्यटकहरु पुग्ने गरेको कनका सुन्दरी गाँउपालिका वडा न १ भुलबुलेका होटल ब्यावसाय  देबीलाल भण्डारीले बताए  । उनले भने , 'भुलभुले होटल पसल रहेको स्थानबाट हिँडेर २० मिनेट र सवारी साधनबाट पाँच मिनेटसम्म समय लाग्‍ने गरेको छ भर्ने बर्खाको सिजनमा यो पाटनमा गाई ,भैंसिका खर्कसमेत हुने भएकाले यो पाटन भएर आउने पर्यटकहरुले प्राकृतिक सुन्दरतामा रमाउनुका साथै दहि,दूध,घिउ खानका साथै किनेर लाने गरेका छन् ।'
 
पछिन्ल्लो समय रारा पुग्ने पर्यटकहरुको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ती, कार्यालय तथा संघ सस्थाहरुले वार्षिक,जन्म ,उत्सव,पिक्नीक खार्ने,सुटिङ्ग,भिडियो डकुमेन्टी बनाउर्ने,लगाएतका कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन् । यो पाटनबाट सवारीसाधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने  र विहान १-२ घण्टा सिप्टीचौरमा रमाउने त्यस पछि छाँयानाथ रारा नगरपालिका पिना,ढोटु,झ्यारी,टोना,सल्यारी हुँदै रारा पुग्ने गरेका छन् ।

यस सिप्टिचौरमा दिनानुदिन पर्यटकहरुकाे संख्या बढ्दै गएकाे छ । पर्यटकमैत्री भौतिक,विश्रामस्थल, गोलघर,पार्किङलगाएतका  पुर्वाधारको कुनै पनि विकासमा कुनै चासाे देखाइएकाे पाइएकाे छैन  । अहिले जे छ त्यो प्राकृतिकले दिएकाे वरदान मात्र छन् । यहाँ पर्यटकहरुलाइ भुलाउने अन्य पूर्वधारका संरचनाहरु बनाउन सकिएमा पर्यटकहरुको बसाइ लम्ब्यान सकिने छ ।

हिरिसडेक नेपाल नामक गैर सरकारी सस्थाले  शनिबार यही सिप्टिचौर पाटनमा पर्यटन प्रवर्दनको लागि सिप्टिचौरको थप प्रचार प्रचार गर्न संस्थाको १७ औ वार्षीक साधारण सभा तथा ५ औँ जिल्ला अधिवेशन यही सिप्टिचौरमा आयोजना गरीको हिरिसडके नेपाल सस्थाका अध्क्षय मुकुन्द्र राववले बताएका छन ।
 
सिप्टिचौर रारा राष्ट्रिय निकुन्ज अन्तरगत मध्यवर्ती क्षेत्रमा पर्ने भएको हुनाले यहाँ पुग्ने पर्यटकहरुले भने निकुन्जको नीतिनियम भित्र रहेर कार्यक्रम गर्न र मनाेरञ्न लिन रारा राष्ट्रिय निकुञ्ज कार्यलयका निमित्त वरिष्ट संरक्षण अधिकृत राजु घिमिरेले  आग्रह गरेका छन् । 


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १४:३२
#सिप्टिचौर _पाटन
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै बिहीबार, साउन १४, २०८३
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल आइतबार, साउन १०, २०८३
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक
हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक शुक्रबार, साउन ८, २०८३
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण मंगलबार, साउन ५, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व संकलन आइतबार, साउन ३, २०८३
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न  प्रधानमन्त्रीकाे आग्रह
पर्यटन प्रवर्द्धनमा व्यवसायीहरुलाई चिन्ता नगर्न प्रधानमन्त्रीकाे आग्रह बुधबार, असार ३१, २०८३
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त बुधबार, असार ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP