Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • रचना, शान्ति श्री, करिष्मा र ज्योतिकोसाथमा ‘अब नाच्छ अमेरिका’
रचना, शान्ति श्री, करिष्मा र ज्योतिकोसाथमा ‘अब नाच्छ अमेरिका’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २७, २०८१

काठमाडौं -  गायिक रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् ।

‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक आयोजक फ्लाइ नेपाले अमेरिकाको बोस्टनबाट अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित  शनिबार तीज लक्षित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको सुरु गरेकाे  हाे । 

‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिका ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएका छन् । बोस्टनका ५ सय बढी दर्शकलाई करिष्मा, रचना, शािन्त श्री र ज्योति मगरले तीन घन्टा भरपुर मनोरञ्जन दिएका थिए ।

प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् । करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकी थिइन् । उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएर दर्शक नचाएकी थिइन् । 

Hardik health

रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायतका दर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकी थिइन् । तर ‘बोल माया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकी उनले हलमा उपस्थित दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन् ।

कार्यक्रमको बिट मार्ने गरी मञ्चमा आएकी ज्योति मगरले पनि आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’ ‘उही मुलाको सिन्की’ पस्किएकी थिइन् ।

आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अन्त्यन्त सफल रहेको प्रतिक्रिया दिए । ‘देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ । जसको सुरुवात बोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’आयोजक विनोदले भने, ‘यो चाडबाडको समयमा दर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुन पहिलो कार्यक्रमले नै पूरा गरेको छ ।’


आयोजकका विनोदका अनुसार गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदि ठाउँमा कार्यक्रम गर्नेछ । अमेरिकाका कुल २१ सहरमा कार्यक्रमको टुंगो लागिसकेको उनले जानकारी दिएका छन् ।करिब २ महिना चल्ने कार्यक्रम सकेर टोली सेप्टेम्बर ३० मा नेपाल फर्कनेछ ।  

 


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा बिहीबार, माघ १, २०८२
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न बुधबार, पुस ३०, २०८२
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड मंगलबार, पुस २९, २०८२
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि सोमबार, पुस २८, २०८२
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक सोमबार, पुस २८, २०८२
अल्पायुमै अस्ताए प्रशान्त...
अल्पायुमै अस्ताए प्रशान्त... सोमबार, पुस २८, २०८२
 म्युजिक भिडियो 'चु ल्हुई' सार्वजनिक
 म्युजिक भिडियो 'चु ल्हुई' सार्वजनिक सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP