Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
साहित्य
  • Home
  • साहित्य
  • र्‍यान्डम रिडर्समा बोराको चर्चा
र्‍यान्डम रिडर्समा बोराको चर्चा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २७, २०८१

पोखरा - र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ को परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा युवा लेखक राजिन पनेरूले कृतिको परिचर्चा गरेका थिए ।

‘नाट्यसमालोचना’ का रूपमा अवधारणापत्र प्रस्तुत गर्दै पनेरूले आमाप्रति उच्च सम्मान व्यक्त गर्ने र आमालाई हेला गर्ने सबैले पढ्नैपर्ने उपन्यासका रूपमा बोराको चर्चा गरे । “यो ममत्वको कथा हो, मातृत्वले भरिएको आमाको आरोह–अवरोहको कथा हो” पनेरूले भने, “यो धर्तीरूपी आमाले दिने महान् क्षमा र करुणाको कथा हो ।”

बोरालाई उनले आदर्शोन्मुख सामाजिक यथार्थवादी धाराको उत्तरवर्ती चरणको महŒवपूर्ण कृतिका रूपमा चिनाए । पुस्तकमा समावेश गरिएका सूक्तिमय वाक्यहरूले कृतिलाई मर्मस्पर्शी र वैचारिक दृष्टिले समेत बलियो बनाएका पनेरूको भनाइ थियो । पद्मकन्या क्याम्पसका उपाप्राध्यापकसमेत रहेका समालोचक पनेरूले कथा संरचना, पुस्तकीय सूक्ति, बोरा संवेदना, तुलना, अतिशयोक्ति, तथ्य गडबडी, नियति, लाचार प्रवृत्ति र मानवता पात्र राखेर कृतिको परिचर्चा गरेका थिए ।

Hardik health

पत्रकार तथा उपन्यासकार अखण्ड भण्डारीले आफूले रिपोर्टिङका क्रममा भेटिएको यथार्थ घटनालाई आधार मानेर उपन्यास लेखेको बताए । पाठकहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले उपन्यासमा आएका कतिपय पात्रहरूको चरित्रमा नाटकीय परिवर्तन देखिएको स्विकारे । परिस्थितिले असल मानिसलाई खराब र खराबलाई असल बनाउन सक्ने यथार्थविमुख हुन नसकिने  उनको धारणा थियो । उनले उपन्यासप्रति पाठकले दिएको मायाले आफू उत्साहित भएको अनुभव सुनाए । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक रहेका भण्डारीको यसअघि मलाया एक्सप्रेस (उपन्यास) र समाचारको भाषा कृति प्रकाशित छन् ।

कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, गनेस पौडेल, ईशा शाह, कृष्णमुरारी पौडेल, भरतमणि भट्टराईलगायतले टिप्पणी गरेका थिए । सोसाइटीका सचिव नेपालप्रकाश अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस सञ्चालन गर्दै आएको छ । बोराको परिचर्चा सोसाइटीको १०८ औँ शृङ्खला हो ।


प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP