Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • हवाई सुरक्षामा गम्भीर चुनौती
हवाई सुरक्षामा गम्भीर चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २५, २०८१

बुधबार डाइनेस्टी एयरको हेलिकप्टर दुर्घटना भएसँगै मुलुकको हवाई सुरक्षामा गम्भीर प्रश्न उब्जाएको छ । नेपाली आकाश असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको सन्दर्भमा पछिल्लो दुर्घटनाले सुरक्षाको विषयलाई थप चुनौतीपूर्ण बनाएको हो । बुधबार भएको हेलिकप्टर दुर्घटना दुई साताभित्र भएको दोस्रो दुर्घटना हो । यही साउन १० गते सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । पोखराका लागि उडेको उक्त विमान जमिन छाडेको केही सेकेण्डभित्रै दुर्घटनामा परेको थियो । उक्त घटना सेलाउन नपाउँदै बुधबार हेलिकप्टर दुर्घटना भएको छ ।

भक्तपुरको नलिनचोकबाट चारजना चिनियाँ पर्यटक लिएर रसुवाको स्याफ्रुबेसीका लागि उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौर जंगलमा दुर्घटना भएको हो । दुर्घटनामा परी पाइलटसहित चारजना चिनियाँ पर्यटकको ज्यान गएको छ । यो दुर्घटनाले जनधनको क्षति पु¥यायो । यो दुःखदायी पाटो छँदै छ, थप गम्भीर विषय भनेको अन्तर्राष्ट्रियस्तरमा पुनः नराम्रो सन्देश प्रवाह भएको छ । 

उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन सरकार, नियमकारी तथा अन्य सरोकारवाला निकाय र स्वयं एयरलाइन्स सञ्चालकहरुको लापारवाही प्रस्ट देखिन्छ । पटक–पटक यो लापारवाही दोहोरिइरहेको छ । सरकारले प्रत्येक दुर्घटनामा जाँचबुझ आयोग गठन गरेर प्रतिवेदन लिनेबाहेक हवाई क्षेत्रलाई सुरक्षित बनाउन प्रभावकारी कदम चाल्न सकेको छैन । जुन पछिल्ला घटनाहरुले नै पुष्टि गरेको छ । यस्ता आयोगहरुको काम औपचारिकतामा मात्रै सीमित बन्नु मुलुकको उड्डयन र पर्यटन क्षेत्रकै लागि घातक बनिरहेको छ । 

Hardik health

यहीबीच प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको समग्र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न विज्ञहरु सम्मिलित एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको अवस्थाबारे १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

पछिल्लो समय निरन्तर भइरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे छानबिन समिति बन्ने गरे पनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन् कमजोर बन्दै गएको समितिको निष्कर्ष छ । हवाई सुरक्षा मापदण्ड कार्यान्वयनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यासअनुरुप कार्यान्वयनको अवस्थाबारे छानबिन गर्न निर्देशन दिइएको छ । 

संसदीय समितिको यो निर्णयलाई कार्यान्वयन गर्ने हो भने फेरि एक छानबिन समिति बन्ने देखिन्छ । विज्ञहरुको समितिले सुझाव दिने तर कार्यान्वयन नगर्ने प्रवृत्ति दोहो¥याउने हो भने यस्तो समिति गठन गर्नुको औचित्य रहँदैन । हालसम्मका आयोग÷समितिहरुले दिएकै सुझावहरुको अक्षरश कार्यान्वयन गर्ने हो भने हवाई दुर्घटना न्यूनीकरण हुने थियो कि ?
 


प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP