Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सहमति कार्यान्वयनमा इमानदार बन
सहमति कार्यान्वयनमा इमानदार बन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन २४, २०८१

झण्डै दुई दशकदेखि अल्झिएको शान्ति प्रक्रियाको मुख्य काम अब भने टुंगोमा पुग्ने आशा जागेको छ । द्वन्द्वकालीन मानवअधिकार उल्लंघनका घटनाको न्याय निरुपण गर्ने विषयमा शीर्ष दलहरुबीच सहमति जुटेसँगै शान्ति प्रक्रियाका बाँकी काम टुंगिने आशा बढाएको हो । दलहरुबीचको असहमतिका कारण संसदीय समितिमा रोकिएको बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको (टिआरसी) विधेयक अघि बढाउन दलहरु अग्रसर बनेका हुन् ।

विवादित विषयमा सहमति जुटाउन बनाइएको कार्यदलले बुधबार शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिवेदनअनुसार टिआरसी विधेयक अघि बढाउने प्रतिबद्धता जनाए ।

प्रतिवेदन बुझेपछि प्रधानमन्त्री ओलीले संसद्को जारी अधिवेशनमै टिआरसी विधेयक पारित गर्ने बताए । यसबारे थप छलफल गर्न नपर्ने उनको भनाइ छ । उनले आयोगहरूको पूर्णता र कानुनको कार्यान्वयन पनि तीव्रताका साथ हुने दाबी गरे । प्रमुख प्रतिपक्षी दल तथा द्वन्द्वका सरोकारवालापक्ष माओवादी केन्द्रका अध्यक्ष दाहालले रपनि शान्ति र स्थिरताका लागि यो विधेयकलाई पास गर्नेतिर अघि बढ्नु जरुरी भएको बताए । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि नेपालले अब यसलाई टुंगोमा पु¥याएर संसारकै लागि अनुकरणीय उदाहरण पेस गर्नुपर्नेमा जोड दिए । 

Hardik health

शीर्ष नेतृत्वलाई विधेयक बुझाएसँगै अब कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक आज (बिहीबार) बस्ने तय भएको छ । २९ भदौको संसद् बैठकबाट विधेयक पारित गर्ने तयारी सरकारको देखिएको छ । विधेयक २५ फागुन २०७९ संसद्मा दर्ता भएको थियो । नेताहरुको प्रतिबद्धता साँच्चै व्यवहारमा देखियो भने अब केही समयमै शान्ति प्रक्रिया टुंग्याउने मार्गप्रशस्त हुने देखिन्छ ।

तर, नेताहरुको बोली र प्रतिबद्धतामा अझै विश्वस्त हुने ठाउँ छैन । यसलाई पुनः अल्झाउने चलखेलमा लागे शान्तिप्रक्रिया संकटमा पर्ने निश्चित छ । विशेषगरी द्वन्द्वमा राज्य र विद्रोही दुवैपक्षबाट पीडित बनेकाहरुले छिटो न्याय निरुपणको प्रतीक्षा गरिरहेका छन् । यो विषय राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय चासोको विषय बन्दै आएको छ ।

त्यसैले अब टिआरसी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाएर पास गर्न अग्रसर हुनुपर्छ । कुनै बहानाबाजी र अड्को थापेर अल्झाउने काम कुनै पनि दलले गर्नु हुन्न । यद्यपि, आफ्नो प्रतिबद्धता र सहमति कार्यान्वयनमा दल र शीर्ष नेताहरु इमानदार बनेमात्र यो सम्भव हुने छ ।
 


प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP