Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विश्वास गर्न नसकिने प्रतिबद्धता
विश्वास गर्न नसकिने प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २३, २०८१

भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता नयाँ होइन । यसअघि तीनपटक प्रधानमन्त्री बन्दासमेत उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा प्रतिबद्धता जनाएका थिए । ‘भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहारै हेर्दिनँ’ भन्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धतापूर्ण नाराले सबैको ध्यान तानेको थियो । तर, व्यवहारमा भने उनले ठीक उल्टो कार्यान्वयन गरे । आफ्नो प्रतिबद्धता बिर्से । उनकै पालामा विभिन्न भ्रष्टाचारका काण्डहरु भए । जसकारण उनीप्रति विश्वास गर्ने अवस्था रहेन । 

जनताले त विश्वास गर्न छाडिसके । संघीय संसद्का सांसदहरु पनि प्रधानमन्त्री ओलीको बोलीमा विश्वस्त नरहेको पाइयो । मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले यही कुरा उठाए । प्रतिबद्धतामा कडा देखिएका प्रधानमन्त्री ओली व्यवहारमा किन उल्टो गरिरहेका छन् ? सांसदहरुको प्रश्न थियो । प्रतिपक्षी दलका सांसदहरुले त स्वाभाविक रुपमा ओलीमाथि आलोचना गर्ने नै भए, तर सत्तारुढ दलकै सांसदहरुले पनि उनीमाथि प्रश्न उठाए । प्रधानमन्त्रीसँग कार्ययोजना मागे । 
प्रधानमन्त्री ओलीले भने पुरानै प्रतिबद्धता दोहोर्‍याए । भ्रष्टाचार नियन्त्रणमा कसैप्रति पूर्वाग्राही नबन्ने बताए । भ्रष्टाचार गरेको भए जोसुकैलाई कारबाहीको दायरामा ल्याउन आफ्नो सरकार दृढ रहेको उल्लेख गरे । तर, सांसदहरु विश्वस्त देखिएनन् । ओली ती नेता हुन्, जो यसअघि दोस्रो र तेस्रोपटक प्रधानमन्त्री भएका बेला काण्डैकाण्ड बाहिरिएको थियो । सुरक्षण मुद्रण प्रकरण, यतीकाण्ड, ओम्नीकाण्ड, टेरामक्सकाण्डलगायत काण्ड ओली प्रधानमन्त्री भएका बेला भएका थिए । गिरिबन्धु टि–स्टेटको जग्गा सट्टाभर्नासम्बन्धी विवादित निर्णय उनकै पालामा भएको थियो ।

यस्तै प्रकरणहरुले गर्दा जनतादेखि सांसदसम्म ओली सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नेमा ढुक्क छैनन् । ओली नेतृत्वको वर्तमान सरकारमा ती विभिन्न प्रकरणमा मुछिएका नेताहरु नै मन्त्री छन् । जसले गर्दा पनि ओलीप्रतिको अविश्वास बढको हो । सांसदहरुले भ्रष्टाचारले मुलुक आक्रान्त बनेकोले बंगलादेशमा जस्तै जनआक्रोश सडकमा पोखिनसक्नेतर्फ सरकारलाई सचेत गराए । बंगलादेशको पछिल्लो घटनाक्रमसँगै नेपाल पनि त्यही अवस्थामा पुग्ने हो कि भन्ने आमजनचासो बढिरहेको सन्दर्भमा सांसदहरुले त्यो आशंकालाई थप उजागर गरेका छन् ।

Hardik health

ओलीमात्रै होइन, जोसुकै प्रधानमन्त्री बने पनि भ्रष्टाचार नियन्त्रण कार्य नारामै सीमित बन्दै आएको छ । अहिले ओलीलाई काम गरेर देखाउने अवसर छ । किनकि, दुईतिहाइको सरकार नेतृत्व गर्न पाएका छन् । सवल पक्ष भनेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ पाएको छ । त्यसैले अब पनि गफमा मात्रै सीमित हुने छुट ओलीलाई छैन ।
 


प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP