Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
विश्व
  • Home
  • विश्व
  • हिरोसिमामा  बम आक्रमणको ७९औँ वर्ष पुरा
हिरोसिमामा  बम आक्रमणको ७९औँ वर्ष पुरा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१

एएफपी- जापानको हिरोसिमा सहरमा भएको परमाणु बम आक्रमणको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित सम्मेलनमा युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको हिरोसिमाका मेयरले मङ्गलबार बताएका छन् । 

काजुमी मात्सुईले सन् १९४५ अगस्ट ६ मा जापानी सहर हिरोसिमामा लगभग १ लाख ४० हजाको ज्यान जाने गरी भएको अमेरिकी परमाणु बम आक्रमण पीडितहरूको सम्झनामा आयोजित स्मृति कार्यक्रममा शोकपूर्ण भाषण दिएका हुन् ।  “युक्रेनमा रुसको आक्रमण र इजरायल र प्यालेस्टाइनबिचको बिग्रँदै गएको अवस्थाले अनगिन्ती निर्दोष मानिसहरूको ज्यान लिइरहेको छ र सामान्य मानिसको जीवनलाई ध्वस्त पारेको छ”, उनले भने । 

“यी विश्वव्यापी त्रासदीले राष्ट्रहरूबिच अविश्वास र डरलाई गहिरो बनाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय समस्या समाधान गर्न हामी सैन्य शक्तिमा भर पर्नुपर्छ भन्ने धारणालाई बलियो बनाउँछ ।” सन् १९४५ मा हिरोसिमामा आक्रमण गरेको केही दिनपछि अमेरिकीले दक्षिणपश्चिम जापानको नागासाकीमा दोस्रो परमाणु बम प्रहार गरेको थियो जसमा करिब ७४ हजार मानिसहरुको ज्यान गएको थियो ।  

Hardik health

 यी दुई बम आक्रमणपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । युद्धमा परमाणु बम प्रयोग गरिएको यो पहिलो घटना हो ।मङ्गलबार आयोजित समारोहमा प्रधानमन्त्री फुमियो किशिदासहित अन्य व्यक्तीहरुले पीडितको सम्झनामा हिरोसिमा स्मारकमा रहेको शिलालेखमा माल्यार्पण गरे  ।

युक्रेन सङ्कटका कारण लगातार तेस्रो वर्ष रुस र बेलारुसलाई समारोहमा आमन्त्रित गरिएको थिएन । प्यालेस्टिनी लडाकु समूह हमासले देशमा गरेको आक्रमणपछि गत वर्ष इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेपछि यो जापानी सहरमा आयोजित पहिलो शान्ति स्मारक हो । 

समारोहमा सधैँजसो इजरायली राजदूतको उपस्थिति थियो तर हिरोशिमाले प्यालेस्टिनी प्रतिनिधिलाई आमन्त्रित नगरेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । सहरका एक अधिकारीले बताएअनुसार हिरोशिमाले इजरायललाई दिएको निमन्त्रणा पत्रमा “सकेसम्म चाँडो युद्धविराम र वार्ताको माध्यमबाट समाधान” को आह्वान गरेको थियो । 


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
बेलायत- भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
बेलायत- भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै शुक्रबार, माघ १६, २०८२
दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित
दक्षिण कोरियाको औद्योगिक उत्पादन वृद्धि ०.५ प्रतिशतमा सीमित शुक्रबार, माघ १६, २०८२
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१% गिरावट, वार्षिक आधारमा वृद्धि शुक्रबार, माघ १६, २०८२
संवाद र दबाबको दोधारमा अमेरिका-इरान सम्बन्ध
संवाद र दबाबको दोधारमा अमेरिका-इरान सम्बन्ध शुक्रबार, माघ १६, २०८२
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की
क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की शुक्रबार, माघ १६, २०८२
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच आतंकवादी मारिए
पाकिस्तानमा सुरक्षा कारबाही : पाँच आतंकवादी मारिए शुक्रबार, माघ १६, २०८२
चुनावलाई आसियानले मान्यता दिएन
चुनावलाई आसियानले मान्यता दिएन शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP