Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संकटोन्मुख सामुदायिक विद्यालय
संकटोन्मुख सामुदायिक विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २१, २०८१

सरकारले सामुदायिक (सरकारी) विद्यालयको सुधारका लागि भन्दै बर्सेनि ठूलो रकम खर्च गर्दै आएको छ । गैरसरकारी क्षेत्रबाट पनि पहल भइरहेकै छ । तर, नतिजा ठीक उल्टो आइरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दै गएको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।

यद्यपि, शैक्षिक गुणस्तरका कारण मात्रै विद्यार्थी संख्या घटेको नभई अन्य कारणले पनि यसमा प्रभाव पारेको देखिन्छ । घट्दो जनसंख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको प्रभावले पनि सामुदायिक विद्यालयको विद्यार्थी संख्या घटाउँदै लगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शैक्षिक सूचना, २०८० मा उल्लेख गरिएको छ ।

यो प्रतिवेदनअनुसार मुलुकका ५० प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी हुन पुगेका छन् । प्रतिवेदनमा १०० भन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या १५ हजार ९६५ रहेको उल्लेख छ । उक्त संख्या कूल सामुदायिक विद्यालयको संख्या (२७ हजार ९९०) को ५७.०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा १०० भन्दा कम भएका सामुदायिक विद्यालयको संख्या १४ हजार रहेकामा विद्यालय समायोजन (मर्ज) को नीतिसमेत सञ्चालन भएको स्थितिमा हाल कम विद्यार्थी भएका विद्यालयको संख्या झन् बढेको देखिएको छ ।

Hardik health

सयदेखि ५०० सम्म विद्यार्थी भएका सामुदायिक विद्यालय नौ हजार ७०४, ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार ६३६, एक हजार एकदेखि १५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय ४०९, एक हजार ५०१ देखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय १३६ र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको संख्या मात्र १०० रहेको छ । हाल २७ हजार ९९० सामुदायिक र सात हजार ८८६ संस्थागत (निजी) गरी कूल ३५ हजार ८७६ विद्यालय (आधारभूत तहदेखि कक्षा १२ सम्म) छन् । वि.सं. २०७९ मा सामुदायिक, संस्थागत र धार्मिक विद्यालय गरी ३६ हजार ५०२ विद्यालय रहेका थिए ।

शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रको आँकडाअनुसार २०८० सालमा सामुदायिक र संस्थागत दुवैमा गरी आधारभूत तह कक्षा ५ सम्म १७ हजार ६१७, आधारभूत तह कक्षा ८ सम्म छ हजार ७६७, माध्यमिक तह कक्षा १० सम्म छ हजार ६७२ र माध्यमिक तह कक्षा १२ सम्म चार हजार ८२० विद्यालय रहेका छन् । सामुदायिक विद्यालयको यो अवस्थालाई गम्भीररुपमा लिन जरुरी छ । सरकारको शैक्षिक नीति प्रभावकारी बन्न नसकेको यो तथ्यांकले प्रस्ट देखाउँछ । सामुदायिक विद्यालयलाई यो संकटबाट बचाउन तत्काल आवश्यक कदम चालियोस् । 


प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी सोमबार, मंसिर २९, २०८२
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP