Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #हायात_प्लेस
  • #मुग्लिन–पोखरा सडक
  • #राष्ट्रिय अपांग महिला संघ
  • #एमालेको महाधिवेशन
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #विप्रेषण
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’
‘उपचार गर्न काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २०, २०८१

भक्तपुर - बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् । 

नेकपा एमाले सूर्यविनायक नगरपालिका–७ वडा कमिटीले आज गुण्डूमा आयोजना गरेको सम्मान र विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भमा बोल्दै उहाँले सहज उपचारको व्यवस्था गर्ने बताएका हुन् ।

“क्यान्सर पीडितलाई एकलाख रुपैयाँ अनुदान दिने मन्त्रीपरिषद्को पहिलो बैठकमै निर्णय गराइसकेको छु, आम नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार औषधि नपाएर ज्यान गुमाउनु नपरोस् भनेर मैले बागमती प्रदेशका सबै जिल्ला अस्पतालमा निर्देशन दिइसकेको छु”, प्रदेशमन्त्री थापाले भने, “त्यहीअनुसार जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्नेछु ।”

Hardik health

अब भक्तपुर र पूर्वका जनताले गुणस्तरीय उपचार खोज्दै मनोहरा खोला काटेर काठमाडौँ छिर्न नपरोस् भनेर महत्वपूर्ण योजनाका साथ काम अगाडि बढाएको उनको भनाइ छ । प्रदेशका ११ वटा अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउने उहाँले जानकारी दिए  ।  नागरिकले उपचार नपाउने अवस्था अस्पतालले सृजना गराए कानुनी कारबाही गर्ने बताउँदै उनले काठमाडौँका दुई स्थानमा पानीका कारण देखिएको हैजा नियन्त्रण गर्न विज्ञ टोली खटाइएको बताए  । 

उनले भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा विकास गरेर जनताको विश्वासलाई कायम राख्ने धारणा राखे । विगतमा काम गरिरहेका करारका कर्मचारीको एक वर्षको म्याद थप्ने प्रकृया अगाडि बढिसकेको बताउँदै उनले निजी तथा सरकारी अस्पताललाई बागमती प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा कुनै कमी नगर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेकपा एमालेका नेता महेश बस्नेत, नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले एमालेको नेतृत्व, कार्यकर्ता र विकासलाई जोडेर सँगसँगै लैजानुपर्नेमा जोड दिए । जिल्ला समन्यव समितिका प्रमुख ईश्वरबहादुर थापा, वडाध्यक्ष रविन्द्र सापकोटा, किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापालगायतले विकासमा विभेद नगरी भक्तपुरलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु शुक्रबार, मंसिर १९, २०८२
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, मंसिर १९, २०८२
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की शुक्रबार, मंसिर १९, २०८२
छ जना राजदूतले दिए राजीनामा
छ जना राजदूतले दिए राजीनामा शुक्रबार, मंसिर १९, २०८२
‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’
‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’ शुक्रबार, मंसिर १९, २०८२
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै शुक्रबार, मंसिर १९, २०८२
बिमाका लागि पशुको नामसारी अनिवार्य
बिमाका लागि पशुको नामसारी अनिवार्य शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP