Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • प्राध्यापक हत्याका आरोपी रञ्जन १७ वर्षपछि पक्राउ
प्राध्यापक हत्याका आरोपी रञ्जन १७ वर्षपछि पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १७, २०८१
  • प्राध्यापक धर्मराज विष्टको हत्या आरोपी रञ्जन खड्का १७ वर्षपछि पक्राउ
  • दिदी शोभिता थापालाई ‘मन पराउँछु’ भन्दा विष्टको हत्या
  • घटनाको मुख्य योजनाकार शोभिता

काठमाडौं– काठमाडौंको शंखमुलमा २६ असार २०६४ मा प्राध्यापक धर्मराज विष्टको हत्या भयो । उनी मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा प्राध्यापन गर्थे । उनको हत्यापछि संलग्न किटान गरिएको रञ्जन खड्का फरार थिए । उनै खड्का १७ वर्षपछि पक्राउ परेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सार्वजनिक गर्‍यो ।

उनको घर काठमाडौं–३२ स्थित कोटेश्वर हो । हत्यालगत्तै फरार रहका उनी करिब १७ वर्ष भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बसेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पक्राउ गरेको हो । फूपूको छोरा धादिङ गंगाजमुना गाउँपालिका–७ घर भएका विनोद थापाको आग्रहमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए । रञ्जन विनोदको मामाका छोरा हुन् ।  

विनोदकी दिदी सविता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला नेपाल कमर्स क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भन्दै पटक–पटक फोन गर्ने गरेको कुरा शोभिताले भाइलाई बताएकी थिइन् । लगत्तै विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् ।शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजीव पाण्डेले रड र इँटा प्रहार गरे । कुटपिटबाट प्राध्यापकको मृत्यु भएको कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बताए ।

Hardik health

शोभिता २०८० चैतमा पक्राउ परेर धरौटीमा छुटेकी छन् ।विनोद जेल सजाय काटेर ३ असोज २०७९ मा रिहा भएका छन् । लागुऔषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौंमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई ३० पुस २०७१ मा जन्मकैदको फैसला गरेको थियो ।अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् । रञ्जनको मुद्दाचाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तवीमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । 

प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार सोभिता हुन् । उनकै योजनामा प्राध्यापक विष्टको हत्या भएको निष्कर्ष प्रहरीको छ । उनी ललितपुरको ढोलाहिटीकी हुन् । उनी घटनाको १६ वर्षपछि पक्राउ परेकी थिइन् । प्रहरीले घटनालाई योजनाबद्ध भनेको छ । काठमाडौंजस्तो सुरक्षा व्यवस्था चुस्त भनिएकै ठाउँमा आपराधिक घटना घटाएर शोभितासहित घटनामा संलग्नहरू उम्किन सफल भएका थिए । घटनामा संलग्नहरूको खोजीमा प्रहरी लामो समयदेखि क्रियाशील थियो । तर, प्रहरीलाई आरोपीहरू भएको ठाउँबारे सुराक पाउन वर्षौं लाग्यो । अन्ततः घटनामा संलग्न रञ्जन, विनोदसँगै मुख्य योजनाकार शोभिता पक्राउ परे ।
 


प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालेनद्वारा रास्वपामा पदबहाली
बालेनद्वारा रास्वपामा पदबहाली आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल
प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै
निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै आइतबार, माघ ४, २०८२
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन आइतबार, माघ ४, २०८२
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP