Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • बोनम्यारो रोगबाट ग्रसित कुमार तामाङले गरे सहयोगका लागि अपिल
बोनम्यारो रोगबाट ग्रसित कुमार तामाङले गरे सहयोगका लागि अपिल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १५, २०८१

शैलुङ-शैलुङ गाउँपालिका वडा नं. २ (साबिक भुसाफेदा–५) निवासी कुमार तामाङ बोनम्यारो रोगबाट बिरामी भएका छन् ।

तामाङ विगत दुई महिनादेखि बोनम्यारो रोगबाट थला परेको उनकी दिदी छिरिङ तामाङले जानकारी दिइन् । काठमाडौँ सिभिल अस्पतालमा उपचाररत तामाङको आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारमा समस्या भएको उनकी आमा चिनीमाया तामाङले बताइन् ।

‘अहिलेसम्म जेजति सकियो उपचार गरिरहेको छ,’ आमा चिनीमायाले भनिन्, ‘भएको सबै सम्पत्ति सकियो, बल्ल रोग पत्त लागेको छ ।’३१ वर्षीय तामाङलाई Aplastic anemia लागेको छ । उनलाई छिटोभन्दा छिटो बोन म्यारो ट्रान्सप्लान्टको उपचार आवश्यक छ ।

Hardik health

तामाङको उपचारमा संलग्न चिकित्सकका अनुसार– ‘बोनम्यारो रोगलाई लापरबाही गर्नु हुँदैन । बिरामीमा प्राय रोगसँग लड्ने प्रतिरक्षा प्रणाली कमजोर भएको हुन्छ र बिरामीमा सङ्क्रमण हुने जोखिम धेरै हुन्छ । त्यसैले बिरामीलाई विभिन्न खाले इन्फेक्सनहरू हुन नदिन छिटो उपचारमा जानुपर्ने हुन्छ ।’

तामाङको बोनम्यारो ट्रान्सप्लान्टका लागि नेपालमा ३० देखि ३५ लाख माथि खर्च हुने र भारतमा गरेमा ५० लाख भारु लाग्ने बताइएको छ । नेपालमा काठमाडौँ सिभिल अस्पतालमा मात्र बोनम्यारो ट्रान्सप्लान्टको उपचार सेवा उपलब्ध छ र अस्पतालमा ५० जनाभन्दा बढी बिरामीहरू ट्रान्सप्लान्ट सेवा लिनका लागि क्युमा छन् । अस्पताल स्रोतका अनुसार तामाङले नेपालमा उपचार सेवा लिन करिब दुई वर्ष कुर्नुपर्छ ।

तामाङलाई बोनम्यारो दिनका लागि उनको भाइ तयार छन् । मेडिकल परीक्षणमा शतप्रतिशत म्याचिङ पनि भएको छ । तर, लागत खर्च अभावका कारण तत्काल ट्रान्सप्लान्ट गर्न सकिने अवस्था छैन ।

खेतीपातीमा आधारित तामाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । बुबा वैदेशिक रोजगारीमा साउदी अरब जाँदा उतै बितेका तामाङ परिवारका उनी जेठा छोरा हुन् । दिदीहरू बिहे भइसकेका छन् । भाइको खासै रोजगारी छैन । खेतीपाती अनि ज्याला मजदुरी गरेर तामाङले नै तीन सदस्यीय घरपरिवार चलाउँदै आएका थिए । घरपरिवार र खेतीपातीमा सीमित आमाको आयस्रोत हुने कुरै भएन ।

तामाङ परिवारले जुटाउन सक्ने जति खर्च प्रारम्भिक उपचारमै सकिसकेको छ । कुमारको थप उपचारका लागि आर्थिक कठिनाइ बेहोरिरहेका तामाङ परिवारले देश विदेशमा रहेका सबैसमक्ष सहयोगका लागि अपिल गरेका छन् । तामाङको स्वास्थ्य लाभका लागि सहयोग गर्न चाहने सबैले ९८०७२२२७०९ नम्बरमा सम्पर्क गरी कुमार तामाङ, सिद्धार्थ बैकको खाता नं. ०२४२०३०२८४०, चाबहिल शाखा काठमाडौँ नेपालमा सिधा सहयोग गर्न सक्नेछन् ।


प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP