Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजगारीका नाममा ठगी गर्ने गिरोहबाट बचौं
रोजगारीका नाममा ठगी गर्ने गिरोहबाट बचौं
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ८, २०८१

वैदेशिक रोजगार क्षेत्रमा ठगीका घटना नौलो होइन । विभिन्न प्रलोभनमा देखाएर ठगी गर्दै आएका घटनाहरु हरेक दिन सार्वजनिक भइरहेका हुन्छन् । प्रहरीले यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेका समाचारहरु पनि प्रायः दैनिकरुपमा नै आइरहेका हुन्छन् । तर, वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र मानव तस्करीका घटनामा कमी आउन सकेको छैन । यस्तो कार्य नियन्त्रणमा राज्य पूर्णतः असफल बन्दै आएको छ । 

पछिल्लो समय सरकारले इजरायलमा केयर गिभर पठाउने भन्दै आवेदन आह्वान गरेको थियो । त्यसपछि फेरि ठगीका गिरोह सक्रिय बनेको पाइएको छ । वैदेशिक रोजगार विभागले आइतबार विज्ञप्ति नै जारी गरेर इजरायलमा केयर गिभर पठाउन आवेदन आह्वान गरेसँगै ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत गराएको छ । इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरुले अनधिकृतरुपमा रकम असुली गरेको भन्ने जानकारी प्राप्त भएको विभागले उल्लेख गरेको छ । 

इजरायलमा म्यानपावर वा अन्य निजी क्षेत्रबाट कामदार पठाउने होइन । जिटुजी (सरकार–सरकारबीच) सम्झौताका आधारमा कामदार छनोट गरी पठाइन्छ । तर, सरकारले आवेदन आह्वान गरेको मौका छोपेर अनधिकृतरुपमा रकम असुल गरी सोझा व्यक्तिहरुलाई फसाउने गिरोह सक्रिय भएको बुझिन्छ । यो अत्यन्त खेदजनका कार्य हो । सरकारले यस्ता गतिविधि पूर्ण नियन्त्रण गर्ने र यसमा संलग्नहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउन प्रभावकारी कदम चाल्न आवश्यक छ । यसका लागि राज्यका सबै निकायहरुलाई परिचालन गर्नुपर्छ ।

Hardik health

मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरु विदेशिन बाध्य छन् । हजारौं युवाहरु राम्रो अवसरको खोजीमा रहेका छन् । इजरायल नेपालीहरुका लागि आकर्षक रोजगारीको गन्तव्य हो । किनभने त्यहाँ जाने कामदारले आकर्षक तलब पाउँछन् । त्यसैले इजरायल जान इच्छुक युवाहरु हजारौं छन् । यद्यपि, यही अवसरलाई उपयोग गर्न दलालीहरु सक्रिय बन्ने गरेका छन् ।

सरकारी प्रक्रियाबाट लैजाने कामदारलाई अनेक बहाना बनाएर पैसा असुल्ने दाउमा लागेकाहरुबाट इजरायल जान इच्छुक व्यक्तिहरु स्वयं पनि सचेत बन्न जरुरी छ । अन्यथा त्यस्ता गिरोहबाट ठगीमा पर्न सक्छ । पैसा त डुब्छ नै, रोजगारीका लागि इजरायल जानसमेत पाइँदैन । त्यसकारण सरकारले जारी गरेको आधिकारिक सूचनालाई मात्र आधार मान्नुपर्छ । सरकार तथा सरोकारवाला सबैले यसतर्फ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई सचेत गराउनुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी सोमबार, मंसिर २९, २०८२
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP