Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • विवादित रथी सिग्देललाई जोगाउँदै जंगी अड्डा
विवादित रथी सिग्देललाई जोगाउँदै जंगी अड्डा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन ४, २०८१
नेपाली सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसी (बाँया) र उमेर विवादमा परेका रथी अशोकराज सिग्देल ।
  • प्रधानसेनापतिको रोलक्रममा रहेका रथी अशोकराज सिग्देलको जन्ममिति तीनवटा
  • नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको जंगी अड्डाको दाबी
  • उमेर विवादमा तानिएका सैनिक अधिकारीमाथि छानबिन गरी कारबाही गर्ने परम्परा तोड्दै सेना 


काठमाडौं– प्रधानसेनापतिको रोलक्रममा रहेका नेपाली सेनाका रथी अशोकराज सिग्देलको उमेर गडबड रहेको प्रमाण बाहिर आइसकेको छ । उमेरका कारण विवादित बनेका उनीमाथि छानबिन गर्नुपर्ने आवाज सर्वत्र उठिरहेको छ । तर, नेपाली सेना भने उनलाई जोगाउनेतर्फ अग्रसर देखिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा नै उनलाई बचाउन लागिपरेका छन् । किनकि, शर्माले आफ्नो उत्तराधिकारी उनै विवादित रथी सिग्देललाई बनाउन चाहेका छन् । 

नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन नै गरेर रथी सिग्देलको उमेर विवाद सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सेनाको मुख्यालय जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मितिसम्बन्धी विवरणमा आशंका गर्ने ठाउँ नरहेको दाबी गरे । रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलोपटक लिएको नागरिकता र ‘प्रथम प्रतिलिपि’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको उनले स्पष्ट पारे । 

यद्यपि, प्रमाणहरुले केसीको दाबीलाई पुष्टि गर्ने देखिँदैन । गत १८ मंसिरमा सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गरेको थियो । २७ मंसिरमा उनलाई रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले ग¥यो । बढुवा सिफारिस गर्ने प्रधानसेनापति शर्मा नै हुन् । जसआधारमा सिग्देलको प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार सिग्देल उपरथी पदमा कार्यरत रहँदा एक वर्षअघि नै ५७ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश गइसक्नुपर्ने थियो । किनभने उनको हाल क्रियाशील नागरिकताअनुसारको जन्म मिति २०२३ साउन २९ गते हो । यो नागरिकतालाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ जेठ २०८१ मा प्रतिलिपि प्रमाणित गरेको हो । उक्त नागरिकताको जारी मिति २०४० साउन २९ हो । त्यहाँ जन्ममिति १७ वर्ष प्रमाणित गरिएको छ । 

Hardik health

वास्तविक जन्ममिति १९ चैत २०२१ भएका सिग्देलको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२३ रहेको जंगी अड्डा स्रोतले जनाएको छ । उनीविरुद्ध जंगी अड्का र रक्षा मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ ।उजुरीमा २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा सिग्देलको जन्ममिति १९ चैत २०२१ रहेको उल्लेख छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ९ असोज २०४० मा लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । 

उनले ८ जेठ २०५८ मा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिँदा किर्ते गरेको स्रोतको दाबी छ । तर, त्रिभुवन विश्वविद्यालयको चलानी नम्बर १४६७ मा भने सिग्देलले निवेदन दिएपछि ३१ साउन २०४३ मा  जन्ममिति परिवर्तन गरिएको भनिएको छ । र, ३० साउन २०७६ मा भने त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति १९ चैत २०२१ लाई केरमेट गरी १९ माघ २०२३ लेखिएको यसअघि नै सार्वजनिक भइसकेको छ । 

प्रधानसेनापति शर्मा २४ भदौपछि अनिवार्य अवकाशमा जाने छन् । सैनिक कानुनअनुसार एक महिनाअघि बिदा बस्नुपर्ने प्रचलन छ । त्यस आधारमा शर्मा २४ साउनदेखि बिदामा बस्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा विवादित रथी सिग्देललाई नै कायममुकायम प्रधानसेनापति बनाउने संकेत सेनाले गरेको छ । जबकि उनीविरुद्ध प्रतिनिधिसभामासमेत प्रश्न उठिसकेको छ । 

तर, हालसम्म सिग्देलमाथि छानबिन भएकै छैन । जबकि, यसअघि नागरिकताको प्रमाणपत्र किर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले गत वर्षको २४ कात्तिकमा पदबाट राजीनामा दिएका थिए । उसो त पाण्डेको पनि जन्ममिति विवादमा आउँदा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति जारी गरेको थियो । यद्यपि, पाण्डे आफैंले विवादित भएपछि राजीनामा दिएका थिए । 

रथी सिग्देल वास्तविक जन्म मितिका आधारमा उपरथीबाट पाँच महिनाअघि नै अनिवार्य अवकाश पाइसक्नुपर्ने सैन्य अधिकारी हुन् । पछिल्लो नागरिकताको रेकर्डअनुसार उनी यही २९ साउनमा ५८ वर्ष पूरा भई ५९ वर्षमा प्रवेश गर्ने छन् । रथीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष हो । यस आधारमा रथी सिग्देलले साउन २९ गतेपछि अनिवार्य अवकाश पाउनुपर्ने भएता पनि भावी प्रधानसेनापतिको उम्मेदवार भनेर प्रचारबाजी गरिएको छ । 

यस्तो भएमा के गर्ने भन्नेबारे सैनिक सेवा नियमावली २०६९ ले प्रस्ट व्यवस्था गरेको छ । जहाँ सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइने छ, भनिएको छ । नियमावलीले कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो जन्ममितिहरूको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ । तर, पनि रथी सिग्देलको हकमा यो नियमवालीअनुसार गणना भएको पाइएको छैन । 

नागरिकता र शैक्षिक प्रमाणपत्रमा उजुरी परेको भन्दै नेपाली सेनाले महासेनानी दिरेन्द्रकुमार मल्ललाई जेठको तेस्रो साता कस्टडीमा राखेकोमा सैनिक अदालतले दोषी ठहर गर्दै पदबाट बर्खास्त गरिसकेको छ । उनलाई ५ असारमा अदालतले बर्खास्त गरेको हो ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार पदमा कार्यरत मल्ललाई प्रधानसेनापति शर्माको निर्देशनमा नागरिकता र शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रश्न उठेको भन्दै नेपाल फिर्ता बोलाइएको थियो । अन्ततः उनी दोषी ठहरिएर बर्खास्त भइसकेका छन् ।

तर, नागरिकतामै प्रश्न उठ्दा पनि रथी सिग्देललाई भने प्रधानसेनापति शर्माले उन्मुक्ति दिएका छन् । उनलाई कस्टडीमा राखेर सैनिक अदालतमा मुद्दा चलाउन शर्माले चाहेका छैनन् । यस आधारमा सिग्देललाई प्रधानसेनापति शर्माकै ‘इन्ट्रेस्ट’मा नागरिकताको सवालमा विवादित छँदाछँदै पनि प्रधानसेनापतिको रोलक्रममा ल्याइएको टिप्पणी हुने गरेको छ ।



 


प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै
बिमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गरिँदै शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने
बजेट २०८३/८४: नेप्सेको पुनर्संरचना अघि बढाइने शुक्रबार, जेठ १५, २०८३
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन
अनुसन्धान तथा नवप्रवर्तनका लागि पुँजीगत खर्चको एक प्रतिशत विनियोजन शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य
बजेट २०८३/८४ : एक हजार किलोमिटर सडक कालोपत्र तथा २७५ वटा सडक पुल निर्माणको लक्ष्य शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने
बजेट २०८३/८४: मुग्लिन आँबुखैरेनी सडक निर्माण सुरु गरिने शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
बजेट २०८३/८४: मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र निर्माण र सञ्चालनको जिम्मा निजी क्षेत्रलाई शुक्रबार, जेठ १५, २०८३
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम
बजेट २०८३/८४ : मध्य-मधेसमा कृषि र उद्योग केन्द्रित चतुर्भुज विकास कार्यक्रम शुक्रबार, जेठ १५, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP