Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, साउन २, २०८१

राँझा -  मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गरेका छन् । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याएका हुन् ।  नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उनले बताए । 

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताए । “यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ”, राहीले भने, “अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।”

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आएका छन् । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए । 

Hardik health

बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।     

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बता‌ए । उनले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए । 

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताए ।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिए । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया (इमाम हसन र हुसैनको समाधिको प्रतीक) राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ । 

गए राति घरघरमा  राखिएकोे ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिए। हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ । 


प्रकाशित मिति: बुधबार, साउन २, २०८१  ११:०७
#मोहर्रम_पर्व
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP