काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दूरदर्शिता आफूले गत महिना संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने क्रममा नै देखेको बताएका छन्।
हाल भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन्।
प्रधानमन्त्री शाहले गत सेप्टेबरमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई गरेको सम्बोधनको प्रसङ्ग भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका हुन्।
विश्वका कान्छो उमेरका प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री शाहले गरेको सो सम्बोधनबाट आफूले प्रधानमन्त्री शाहको दुरदर्शिता देखेको भारतीय प्रधानमन्त्री मोदीको भनाई थियो।
साथै प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई भारतमा स्वागत गर्न पाउँदा खुसी लागेको धारणा राख्दै नेपाली जनताले विश्वास गरेर ऐतिहासिक जनादेश दिएका प्रधानमन्त्री शाहको कार्यकालमा पनि भारत नेपाल सम्बन्ध उस्तै प्रगाढ र ऐतिहासिक रहने विश्वास व्यक्त गरे।
सो सम्बोधनका क्रममा उनले भारत नेपाल सम्बन्ध केबल छिमेकीको सम्बन्धमा मात्र सीमित राख्न नमिल्ने भन्दै यो सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृति लगायतको रहेको पनि स्पष्ट गरे।
उनले दुई देशबीचको सम्बन्ध भगवान राम र सीताप्रतिको आस्थासँग जोडिएको प्रसङ्ग उल्लेख गर्दै भने, “भारतको अयोध्याधाम या भगवान राम नेपाल र नेपाली नागरिकबिना अधुरो नै रहन्छन्। त्यसैले पनि हाम्रो सम्बन्ध अतुलनीय र महत्वपूर्ण रही आएको छ।”