Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपालमा पहिलाे युएसएड यात्रा काठमाडौंका दुई ठाँउमा हालै सम्पन्न
नेपालमा पहिलाे युएसएड यात्रा काठमाडौंका दुई ठाँउमा हालै सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ३१, २०८१

काठमाडौं–नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको यात्रा शनिबार काठमाडौंका दुई ठाँउमा सम्पन्न गरेकाे छ ।

शनिबार बिहान ९ बजे जावलाखेल र दिउँसो ३ बजे भृकुटीमण्डपमा राजनराज शिवाकोटी, रिमा विश्वकर्माकाे साथमा विभिन्न खेल तथा मनोरञ्जनका साथै जानकारीमूलक साे कार्यक्रम युएसएडले सम्पन्न गरेकाे हाे । यसैगरी आज पनि  किर्तिपुर नगरपालिकाकाे  पाँगामा  विभिन्न खेल तथा मनोरञ्जनका साथमा युएसएड यात्रा हुने भएको छ । 

युएसएडले पहिलोपटक याे यात्रा लुम्बिनी प्रदेशबाट सुरु गरेकाे छ ।  युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु हुँदै बुटवल, दाङको लमही, कोहलपुर, नेपालगन्जमा सम्पन्न गरेकाे छ ।  युएसएडले नेपालमा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।

Hardik health

संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ । र, युएसएडले विगत ६३ वर्षभन्दा लामो  समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्‍यायो भने  ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । सन्  २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर (१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ । 

नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६) मा  युएसएडको  आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको थियाे । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएको हाे । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

त्यस्तै कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता पनि युएसएडले प्रदान गरेको थियो । युएसएडको सहयोगबाट मुख्यगरी  कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन,  बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ । 

 


प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना सोमबार, फागुन २५, २०८२
रास्वपाका सुदन गुरुङको जित निश्चित
रास्वपाका सुदन गुरुङको जित निश्चित सोमबार, फागुन २५, २०८२
नगर प्रमुखदेखि सांसदसम्मको यात्रा : हर्क साम्पाङ
नगर प्रमुखदेखि सांसदसम्मको यात्रा : हर्क साम्पाङ सोमबार, फागुन २५, २०८२
संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट
संसद्मा वर्चश्व गुमाउँदै कम्युनिस्ट सोमबार, फागुन २५, २०८२
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल
रास्वपालाई स्पष्ट बहुमत, कांग्रेस प्रमुख प्रतिपक्षी दल सोमबार, फागुन २५, २०८२
जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म  : आरेन राई
जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म : आरेन राई सोमबार, फागुन २५, २०८२
भोजपुरमा बदर मत न्यून
भोजपुरमा बदर मत न्यून सोमबार, फागुन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
भोट के मा ? 
भोट के मा ? 
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP