Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १७, २०८१

काठमाडौं - ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गरिएसँगै त्यस क्षेत्रको अर्थतन्त्र चलायमान भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग पर्यटन बोर्डको संयुक्त आयोजनामा नयाँ वर्ष २०८१ का दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबारमार्ग २४सै घण्टा खुला रहने घोषणा गरिएको थियो ।
 
जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न आचारसंहिता बनाइ कार्यान्वयनमा ल्याएको हो । कार्यान्वयनमा आएसँगै ठमेलभित्रका होटल, रेष्टुरेन्ट, क्लब, दोहोरी, कफी सप, बर्गर हाउस, मार्ट, किराना पसल, मदिरा पसल, फलफूल पसल २४ सै घण्टा खुल्न थालेका थिए ।
 
ठमेलमा फलफूल पसल सञ्चालन गर्दै आएका राज जयसवाल रात्रिकालीन समयमा फलफूल र जुसको राम्रो व्यापार हुने बताए । “दिनको तुलनामा रातको समय दोब्बर बिक्री हुँदै आएको छ,” उनले भने । ठमेलमा मदिरा सञ्चालन गर्दै आएका राजेन्द्र श्रेष्ठले पनि आफ्नो आम्दानी विगतभन्दा दोब्बरले वृद्धि भएको बताए । रातको समयमा भोक लागेका व्यक्ति होस् या चिया कफीको पारखी हुन् ठमेल र दरबारमार्गमा सहजै भोक र प्यास मेटाउन सक्ने व्यवसायी बताउँछन् ।
 
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा ठमेलको रात्रिकालीन व्यवसायले विस्तारै लय लिएको बताए । “सुरुको समयमा ठमेलमा व्यापार व्यवसाय गर्न निश्चित समय तोकिएको थियो, २४ सै घण्टा सञ्चालन भएसँगै व्यवसायी निर्धक्क भएर व्यवसाय गर्न पाएका छन्,” उनले भने ।

अध्यक्ष शर्माले अर्को सिजनमा ठमेलका अधिकाशं रात्रिकालीन सपिङ सेन्टरहरु खुल्ने र राती दुई बजेसम्म ठमेल ‘बिजनेश हब’का रुपमा चलायमान हुने बताए । ठमेलभित्र १० हजारभन्दा बढी व्यवसायी तथा घरबेटी छन् । यस क्षेत्रले झण्डै एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल (रेवान) का अध्यक्ष सङ्घर्ष विष्ट ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्नु सकारात्मक भएको बताए । “ठमेल र दरबारमार्गभित्रको अर्थतन्त्रलाई चलायमान बनाउन यस किसिमका गतिविधिले सहयोग पुग्नेछ,” उनले भने । रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बार अर्को पर्यटकीय सिजनबाट २४सै घण्टा सञ्चालन गर्ने अध्यक्ष विष्टको भनाइ छ । जिल्ला प्रशासनले ठमेल र दरबारमार्ग क्षेत्रलाई रात्रिकालीन समयमासमेत सुरक्षा व्यवस्था मजबुद बनाएको छ ।

Hardik health

ठमेल र दरबारमार्ग क्षेत्र सञ्चालन गर्न तयार गरिएको विशेष सुरक्षा योजनाभित्र पर्यटक प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाइने उल्लेख छ । ठमेलभित्र व्यवसायी मात्रै नभइ स्थानीय बासिन्दाको पनि बसोबास भएकाले कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरे ठमेल र दरबारमार्गको सुरक्षा अवस्थालाई मजबुद बनाइएको बताए । “रात्रिकालीन व्यवसायको सिलसिलामा हुनसक्ने आपराधिक गतिविधि रोक्न सादा पोशाकमा प्रहरी परिचालन गरेका छौँ,” उनले भने ।


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ सोमबार, माघ ५, २०८२
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP