Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा–ओली भेटले ल्याएको तरंग
देउवा–ओली भेटले ल्याएको तरंग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असार १७, २०८१

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले तरिका मिले पाँचै वर्ष प्रधानमन्त्री हुने भनेको हप्ता दिन हुँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताले सत्ता गठबन्धनमा संशय पैदा गराएको छ ।

दुवै दलका दोस्रो तहका नेताहरू कांग्रेस–एमाले सत्ता सहकार्यका लागि लामो समयदेखि गृहकार्य गरिरहेका छन् । यहीबेला देउवा–ओलीको तीन घण्टा लामो संवाद शनिबार भयो । यसले प्रधानमन्त्री दाहालसँगै गठबन्धनका अन्य नेताहरू झस्किएका छन् । दाहाल नेतृत्वको सरकारको आयु कति ? अड्कलबाजी हुन थालेको छ । 

अहिलेको निर्वाचन प्रणालीले कुनै दलको एकल बहुमत आउँदैन । त्यही भएर मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्षमात्रै राख्न कांग्रेस–एमाले नमिली सुखै छैन ।
प्रदीप पौडेल
नेता, नेपाली कांग्रेस  

कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूले सार्वजनिकरूपमा सत्ता सहकार्यको पक्षमा बारम्बार बोल्दै आएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता प्रदीप पौडेलका अनुसार संविधान संशोधन र सरकारको स्थायित्वका लागि भए पनि कांग्रेस–एमाले एक ठाउँमा आउनुपर्ने बताए ।‘अहिलेको निर्वाचन प्रणालीले कुनै दलको एकल बहुमत आउँदैन । जसले सरकार अस्थिर बनाइराख्यो,’ उनले प्रभावसँग भने, ‘त्यही भएर अहिलेको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्षमात्रै राख्न कांग्रेस–एमाले नमिली सुखै छैन ।’

प्रधानमन्त्री दाहालले आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । उनीसँग भन्दा पहिले एमाले अध्यक्ष ओलीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । छलफलपछि अध्यक्ष ओलीले सबैसँग छलफल भइराखेको प्रतिक्रिया पत्रकारहरूलाई दिएका छन् । उता कांग्रेस सभापति देउवाले आन्तरिक छलफल तीव्र पारेका छन् । उनले प्रमुख सचेतक रमेश लेखकलाई आइतबार बिहान बूढानीलकण्ठ बोलाएका थिए ।

उनले देउवासँग भेटपछि भनेका छन्, ‘समसामयिक राजनीतिका विषयमा छलफल भएको हो । मुलुकको बृहत्तर हितका लागि दुई जना (ओली र देउवा)बीच संवाद भएको हो । यो स्वाभाविक समसामयिक निरन्तर भइरहने भेट हो ।’एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देउवा र ओलीको भेटवार्ता सामान्य राजनीतिक संवाद भएको बताए । ‘दुई नेता संवादमा बस्दैमा आशंका गरिहाल्नु हुँदैन,’ उनले भने, ‘समसामयिक विषयमा सामान्य छलफल भएको हो ।’

कांग्रेसका एक पदाधिकारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा अगाडि सारेर जान सकिने परिस्थिति बन्ने बताएका छन् । ‘आजको भोलि नै सत्ता समीकरणमा फेरबदल ल्याउने गरी छलफल भएको छैन तर संवादका लागि ढोका खुलेको छ,’ ती नेताले भने । 
ओलीसँग आधा–आधा कार्यकाल प्रधानमन्त्रीमा आलो–पालो गर्न देउवा तयार देखिएका छन् । ‘सभापतिजीले मिलेर जान गरेको प्रस्तावमा ओलीजी सकारात्मक हुनुहुन्छ । अब दोस्रो तहका नेताबीच प्राविधिक कुरा मिलाउन संवाद अगाडि बढेपछि निष्कर्षमा पुगिन्छ,’ ती नेता भन्छन् ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले ओली–देउवा भेटवार्तालाई ‘आइसब्रेक’ भएको बताए । ‘दुईवटा मुख्य राजनीतिक दलका सभापतिहरूको भेट स्वाभाविक कुरा हो । उहाँहरू (देउवा र ओली)बीच संवाद नै नभइरहेको देखिन्थ्यो । शनिबारको भेट एउटा आइसब्रेक जस्तो भयो ।’

दुई नेता संवादमा बस्दैमा आशंका गरिहाल्नु हुँदैन । समसामयिक विषयमा सामान्य छलफल भएको हो ।
प्रदीप ज्ञवाली
उपमहासचिव, एमाले

कांग्रेसको संस्थापनइतर पक्षले बारम्बार कांग्रेस–एमाले सरकारको पक्षमा संवाद गरेको थियो । जसका लागि नेता शेखर कोइराला–गगन थापा समूह कांग्रेस–एमाले सत्ता सहकार्यका लागि बल गरिरहेको थियो । महामन्त्री थापा, मिनेन्द्र रिजाल, गोविन्द पोखरेललगायतका नेताहरू कांग्रेस–एमाले सत्ता सहकार्यका कांग्रेसबाट सूत्रधार हुन् ।

उनीहरूले एमाले अध्यक्ष ओलीका साथै दोस्रो तहका नेतासँग पनि संवाद गरिरहेका छन् । मिल्नुपर्ने कारणचाहिँ निर्वाचन प्रणाली मिश्रित (समानुपातिक) हटाउनका लागि दुईतिहाइ बहुमत कांग्रेस र एमाले मिले पुग्ने भनिएको छ । अर्कोतिर सरकारको स्थायित्वसँगै उपराष्ट्रपतिलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउन पनि संविधान संशोधनकै लागि दुई दलबीच सहकार्य हुनुपर्नेमा नेताहरूको जोडबल छ । एमालेको तर्फबाट दुई दलबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरू खटिँदै आएका छन् । 

यसअघि पनि कांग्रेस–एमाले पटक–पटक सरकार सञ्चालनको सन्दर्भमा एक ठाउँमा आएका छन् । पहिलोपटक २०५५ सालमा दुई दलबीच सत्ता सहकार्य भएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा एमाले सहभागी भएको थियो ।  त्यतिबेला कांग्रेस र एमालेको सत्ता सहकार्य भएको थियो । त्यसपछि २०६१ जेठमा देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक र एमाले एक ठाउँमा उभिए । दुई वर्षपछि ११ वैशाख २०६३ मा जनआन्दोलन सफल भएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेस, एमालेलगायतका दलहरू सहभागी भए । विद्रोही माओवादी शान्ति वार्तामा आएर सोही सरकारमा सहभागी भएको थियो ।

गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका दाहालले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटुवाल प्रकरणमा राजीनामा दिएपछि २०६७ जेठमा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको थियो । नेपाल नेतृत्वको सरकारलाई कांग्रेससहित २२ दलको समर्थन थियो । त्यसबेला दुई दलबीच १८ महिना सत्ता सहकार्य भएको थियो । 

त्यसपछि पनि यी दुई दलबीच सहकार्य भएको थियो । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा कांग्रेस र एमालेको सहकार्य भएको थियो । २०७० माघमा गठन भएको कोइराला नेतृत्वको कांग्रेस–एमाले सम्मिलित सरकारका पालामा २०७२ असोजमा नेपालको संविधान जारी भयो । त्यसयता यी दुई दलबीच सहकार्य हुन सकेको छैन । तर, हालैका दिनमा सत्ता सहकार्यको वातावरण बन्दै गएको बताइएको छ । यदि, सत्ता सहकार्य संघीय सरकारमा भए स्वतः प्रदेश सरकारहरूमा पनि सहकार्य गर्न सक्ने देखिएको छ । दुई दल मिलेको अवस्थामा हरेक प्रदेशमा सरकार गठन गर्न सकिने अवस्था छ ।


प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी
भूमि विधेयकको मस्यौदामा मन्त्रालयको बदमासी सोमबार, साउन २६, २०८२
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै
सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्दै आइतबार, साउन २५, २०८२
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप
कमजोर सुरक्षा व्यवस्थाले कैलाली कारागारमा हिंसात्मक झडप आइतबार, साउन २५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP