Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
विश्व
  • Home
  • विश्व
  • उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित
उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १६, २०८१

इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ ।  संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन् । हमास र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन् ।

इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ ।

Hardik health

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ । इजरायलले उत्तरमा हमास लडाकूको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाईंको पुनरुत्थान भएको हो ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको ‘तीव्र चरण’ करिब नौ महिनापछि अन्त्य हुन लागेको बताउनुभएको थियो ।  गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ । यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ । लडाकूले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ । हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ । 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
आन्ध्र प्रदेशमा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध बिहीबार, माघ १५, २०८२
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड बिहीबार, माघ १५, २०८२
दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक
दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक बिहीबार, माघ १५, २०८२
दम्पतीलाई सार्वजनिक रूपमा १४० पटक लाठी प्रहार
दम्पतीलाई सार्वजनिक रूपमा १४० पटक लाठी प्रहार बिहीबार, माघ १५, २०८२
थाइल्यान्डमा सैन्य विमान दुर्घटनाहुदाँ दुई पाइलटको मृत्यु
थाइल्यान्डमा सैन्य विमान दुर्घटनाहुदाँ दुई पाइलटको मृत्यु बिहीबार, माघ १५, २०८२
रूसद्वारा क्युबामाथि लगाएको कडा प्रतिबन्धको विरुद्धमा वासिङ्टनलाई चेतावनी
रूसद्वारा क्युबामाथि लगाएको कडा प्रतिबन्धको विरुद्धमा वासिङ्टनलाई चेतावनी बिहीबार, माघ १५, २०८२
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना
निर्वासनबाट हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना बिहीबार, माघ १५, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP