Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रथी सिग्देलको उमेर विवादमा उन्मुक्ति दिने खेल
रथी सिग्देलको उमेर विवादमा उन्मुक्ति दिने खेल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असार १६, २०८१

 

  •  प्रधानसेनापतिको रोलक्रममा रहेका रथी अशोकराज सिग्देलको जन्ममिति तीनवटा
  •  सिग्देलको उमेर विवादबारे संसद्, जंगी अड्डा, रक्षा र अख्तियारमा उजुरी, तर भएन छानबिन
  •  उमेर विवादमा उन्मुक्ति पाए सिग्देल देशको ४५औं प्रधानसेनापति बन्ने


काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारीको रुपमा रहेका रथी अशोकराज सिग्देल उमेर विवादमा मुछिएका छन् । उनको उमेर विवादमा यदि सरकारले आँखा चिम्लियो भने उनी मुलुकको ४५औं प्रधानसेनापति हुने छन् ।

बहालवाला प्रधानसेनापति शर्मा २४ भदौपछि अनिवार्य अवकाशमा जाने छन् । सैनिक कानुनअनुसार एक महिनाअघि बिदा बस्नुपर्ने प्रचलन छ । त्यस आधारमा शर्मा २४ साउनदेखि बिदामा बस्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा विवादित रथी सिग्देललाई कायममुकायम प्रधानसेनापति बनाउँछ कि बनाउँदैन ? भन्ने आमचासोको विषय बनेको छ । यदि कायममुकाम प्रधानसेनापति बनाए उनलाई २५ भदौपछि प्रधानसेनापति बनाउनसक्ने टिप्पणी हुँदै आएको छ ।

जबकि उनीविरुद्ध प्रतिनिधिसभामासमेत प्रश्न उठिसकेको छ । आम जनता पार्टीका अध्यक्षसमेत रहेका सांसद प्रभु साहले रथी सिग्देलको उमेर विवादको सम्बन्धमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्मासँग जवाफ मागेका छन् । उनले नेपाली सेनाको छवि निष्कलंकित, निर्विवादित र उदाहरणीय हुनुपर्ने भए पनि रथीको उमेर विवादले नेपाली सेनाको छविमाथि आँच पु¥याएको बताए । यसरी रथीमाथि प्रश्न उठ्दा प्रधानसेनापति शर्मा र रक्षामन्त्री उप्रेती चुप लागेर बस्न नमिल्ने पनि बताए ।

Hardik health

‘हामी जान्न चाहन्छौं । माननीय रक्षामन्त्रीको जवाफ चाहन्छौं । यसरी देशको सम्मानित संस्थाको नेतृत्वमाथि यसरी प्रश्न उठिराख्दा तपाईं चुप लाग्न मिल्दैन,’ उनले शुक्रबार संसद् बैठकमा भने, ‘समाचारको कुरा सुन्ने हो भने प्रधानसेनापतिले अशोकराज सिग्देलको बारेमा संसदीय समितिको सुनुवाइमा उहाँले जो कुरा बोलिराख्नुभएको थियो आज पत्रपत्रिकाले पूरै प्रमाणसहित खण्डन गरिराख्दा सेनापतिजीले केही बोल्नुपर्छ कि पर्दैन ? सेनापतिको नैतिक जिम्मेवारी हुनुपर्छ कि पर्दैन ?’

गत १८ मंसिरमा सिग्देललाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गरेको थियो । २७ मंसिरमा उनलाई रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले ग¥यो । बढुवा सिफारिस गर्ने प्रधानसेनापति शर्मा नै हुन् । जसआधारमा सिग्देलको प्रधानसेनापति बन्ने बाटो खुलेको हो ।

नेपाली सेनाका एक उच्चअधिकारीका अनुसार सिग्देल उपरथी पदमा कार्यरत रहँदा एक वर्षअघि नै ५७ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश गइसक्नुपर्ने थियो । किनभने उनको हाल क्रियाशील नागरिकताअनुसारको जन्म मिति २०२३ साउन २९ गते हो । यो नागरिकतालाई जिल्ला प्रशासन कार्यालय जाजरकोटले ३ जेठ २०८१ मा प्रतिलिपि प्रमाणित गरेको हो । उक्त नागरिकताको जारी मिति २०४० साउन २९ हो । त्यहाँ जन्ममिति १७ वर्ष प्रमाणित गरिएको छ । 

वास्तविक जन्ममिति १९ चैत २०२१ भएका सिग्देलको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९ माघ २०२३ रहेको जंगी अड्डा स्रोतले जनाएको छ । उनीविरुद्ध जंगी अड्का र रक्षा मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ ।उजुरीमा २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा सिग्देलको जन्ममिति १९ चैत २०२१ रहेको उल्लेख छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ९ असोज २०४० मा लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । 

उनले ८ जेठ २०५८ मा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिँदा किर्ते गरेको स्रोतको दाबी छ । तर, त्रिभुवन विश्वविद्यालयको चलानी नम्बर १४६७ मा भने सिग्देलले निवेदन दिएपछि ३१ साउन २०४३ मा  जन्ममिति परिवर्तन गरिएको भनिएको छ ।र, ३० साउन २०७६ मा भने त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति १९ चैत २०२१ लाई केरमेट गरी १९ माघ २०२३ लेखिएको यसअघि नै सार्वजनिक भइसकेको छ । 

तर, हालसम्म सिग्देलमाथि छानबिन भएकै छैन । जबकि, यसअघि नागरिकताको प्रमाणपत्र किर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले गत वर्षको २४ कात्तिकमा पदबाट राजीनामा दिएका थिए । उसो त पाण्डेको पनि जन्ममिति विवादमा आउँदा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति जारी गरेको थियो । यद्यपि, पाण्डे आफैंले विवादित भएपछि राजीनामा दिएका थिए । 

अहिले रथी रहेका सिग्देल भने मौन छन् । वास्तविक जन्म मितिका आधारमा भने उनी उपरथीबाट चार महिनाअघि नै अनिवार्य अवकाश पाइसक्नुपर्ने सैन्य अधिकारी हुन् । पछिल्लो नागरिकताको रेकर्डअनुसार उनी आउने २९ साउनमा ५८ वर्ष पूरा भई ५९ वर्षमा प्रवेश गर्ने छन् । रथीको अनिवार्य अवकाशको उमेर हद ५८ वर्ष हो । यस आधारमा रथी सिग्देलले आउँदो साउन २९ गतेपछि अनिवार्य अवकाश पाउनुपर्ने भएता पनि भावी प्रधानसेनापतिको उम्मेदवार भनेर प्रचारबाजी गरिएको छ । 

यसरी रथी सिग्देलको उमेर विवाद गञ्जागोलपूर्ण छ । तर, यस्तो भएमा के गर्ने भन्नेबारे सैनिक सेवा नियमावली २०६९ ले प्रस्ट व्यवस्था छ । जहाँ सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइने छ, भनिएको छ । 

नियमावलीले कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो जन्ममितिहरूको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ । तर, पनि रथी सिग्देलको हकमा यो नियमवालीअनुसार गणना भएको पाइएको छैन । यहीबीच सिग्देलको नागरिकतामा उमेर विवादबारे ४ पुस २०८० मा बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रसंग उप्केको थियो । 

जुन बैठकमा प्रधानसेनापति शर्माले रथी सिग्देलले आफ्नो उमेर नागरिकता, शैक्षिक प्रमाणपत्रका बारेमा भविष्यमा कुनै विवाद आएमा आफैं जिम्मेवारी लिने भनी स्वघोषणा गरेको पत्र प्रदर्शन गरेका थिए । यसपछि सिग्देलको उमेर विवादबारे छानबिन नै भएको छैन । सिग्देलको उमेर विवादबारे ललितपुरको छम्पी बस्ने नागेश्वर चौधरीको नामबाट गत ९ जेठमा उजुरी पनि परेको छ । उजुरीलाई पनि गुपचुपमा राखिएको छ ।


नागरिकता प्रकरणमै कर्णेल बर्खास्त 
नागरिकता र शैक्षिक प्रमाणपत्रमा उजुरी परेको भन्दै नेपाली सेनाले महासेनानी दिरेन्द्रकुमार मल्ललाई जेठको तेस्रो साता कस्टडीमा राखेकोमा सैनिक अदालतले दोषी ठहर गर्दै पदबाट बर्खास्त गरिसकेको छ । उनलाई ५ असारमा अदालतले बर्खास्त गरेको हो ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार पदमा कार्यरत मल्ललाई प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा नागरिकता र शैक्षिक प्रमाणपत्रसम्बन्धी प्रश्न उठेको भन्दै नेपाल फिर्ता बोलाइएको थियो । अन्ततः उनी दोषी ठहरिएर बर्खास्त भइसकेका छन् ।

तर, नागरिकतामै प्रश्न उठ्दा पनि रथी सिग्देललाई भने प्रधानसेनापति शर्माले उन्मुक्ति दिएका छन् । उनलाई कस्टडीमा राखेर सैनिक अदालतमा मुद्दा चलाउन शर्माले चाहेका छैनन् । यस आधारमा सिग्देललाई प्रधानसेनापति शर्माकै इन्ट्रेटमा नागरिकताको सवालमा विवादित छँदाछँदै पनि प्रधानसेनापतिको रोलक्रममा ल्याइएको टिप्पणी हुने गरेको छ ।
 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP