Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
अर्थ समाचार
  • Home
  • अर्थ समाचार
  • टोखा नगरपालिकाकाे  बजेट १ अर्ब ७० करोड रकम विनियोजन
टोखा नगरपालिकाकाे  बजेट १ अर्ब ७० करोड रकम विनियोजन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १४, २०८१

काठमाडौं - टोखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि रु. १ अर्ब ७० करोड रकम बजेट विनियोजन गरेको छ । नगरसभाको पन्ध्रौ अधिवेशन अन्तर्गत दोश्रो बैठकमा नगर उपप्रमुख मुरारी तामाङले संविधानको धारा २३० वमोजिम साेमबार सो बजेट प्रस्तुत गरेका हुन्  ।

नगरपालिकाको सभाहलमा सभाध्यक्ष नगर प्रमुख प्रकाश अधिकारी ,प्रशासकीय अधिकृत शेर बहादुर बि सी र नगरसभा सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा उपप्रमुख तामाङले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बजेट प्रस्तुत गरेका थिए ।

नगरपालिकाको कूल विनियोजित बजेट रु. १ अर्व ७० करोड मध्ये चालु तर्फ रु ६६ करोड २७ लाख ६0 हजार  (३८.९९ प्रतिशत) र पुजीगत तर्फ रु १ अर्ब ३ करोड ७२ लाख ४० हजार ( ६१.०१ प्रतिशत) रकम विनियोजन गरेको  छ ।

Hardik health

नगरपालिकाले आगामी आर्थिक बर्षको लागि संघीय सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. ५८ करोड ६७ लाख ६ हजार, प्रदेश सरकारवाट प्राप्त हुने वित्तीय हस्तान्तरण तथा राजस्व बाँडफाँडवाट रु. १२ करोड ५८ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २३ करोड ,आन्तरिक एवं अन्य आयवाट रु. ३२ करोड ८८ लाख २१ हजार, जनसहभागिताबाट ७५ लाख र चालु आर्थिक बर्ष बाट अल्या हुने रकम रु. ४२ करोडलाइ खर्च गर्ने योजना बनाएको छ ।

उद्यम विकास, संस्कृति परम्पराको जगेर्ना तथा पर्यटन प्रवर्द्धन,करको दरमा पुनरावलोकन तथा दायरा विस्तार मार्फत आन्तरिक राजस्व परिचालनमा बृद्धि,लक्षित बर्गको सशक्तिकरणमार्फत आर्थिक, सामाजिकस्तरमा परिवर्तन,शिक्षा,स्वास्थ्य,सामाजिक सुरक्षा, सूचना प्रविधि मैत्री सार्वजनिक सेवा प्रवाह तथा सुशासन प्रवर्द्धन ,द्वीगो पूर्वाधार निर्माण जस्ता बिषयहरु माथि आर्थिक बर्ष ०८१/८२ को बजेटमा प्राथमिकता दिइएको छ ।

आर्थिक वर्ष ०८१/८२ मा  उपमेयरसँग बालबालिका, मेयर उज्यालो कार्यक्रम , जनता सुरक्षा कार्यक्रम जस्ता कार्यक्रमहरु लाई निरन्तरता दिएको र यसै वर्ष संघीय सरकार र प्रदेश सरकारवाट प्राप्त हुने अनुदानमा निर्भर रहेको राजस्व संरचनालाई परिवर्तन गरी आन्तरिक राजस्वको हिस्सा वढाउने र राजस्वको दायरा विस्तार गर्ने लक्ष्य नगरपालिकाले लिएको आज बजेट प्रस्तुत गर्दै जानकारी दिइएको छ ।

पन्ध्रौ अधिवेशन अन्तर्गतको दोश्रो बैठकमामा नगर उप-प्रमुख तामाङले आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य, टोखा नगरपालिकाको विनियोजन विधेयक २०८१, आर्थिक विदेयक २०८१ आदि प्रस्तुत गरेका  थिए ।  सार्वजनिक जग्गा संरक्षण समितिको प्रगति  प्रतिवेदन पनि  प्रस्तुत भएको थियो । नगरपालिकाले गत असार ७ गते पन्ध्रौ अधिवेशन अन्तर्गतको पहिलो  बैठक गर्दै  आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:३०
#टोखा_नगरपालिका
प्रतिक्रिया दिनुहोस्
थप अर्थ समाचार
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपत्र बुधबार, चैत १८, २०८२
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई
देशको अर्थतन्त्र सुधार्ने जिम्मा अर्थशास्त्री डा वाग्लेलाई शुक्रबार, चैत १३, २०८२
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता
ट्रक यातायात व्यवसायी महासंघको नयाँ नेतृत्वलाई सिप्रदीको सम्मान, सहकार्य सुदृढ गर्ने प्रतिबद्धता मंगलबार, चैत १०, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट  
बागमती प्रदेशका मुख्यमन्त्री बानियासँग नाडाकाे भेट   मंगलबार, चैत १०, २०८२
नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन
नाडा नेपालमा २९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन सोमबार, चैत ९, २०८२
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी
अमेरिकी व्यापार घाटा अपेक्षा गरिएभन्दा बढी शुक्रबार, फागुन २९, २०८२
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च
निर्वाचन नजिकिँदै गर्दा आर्थिक चलायमान : दैनिक उपभोग्य वस्तुको माग उच्च आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP