Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • एसइई नतिजा निराशाजनक
एसइई नतिजा निराशाजनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असार १४, २०८१

विगतमा कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसएलसीलाई फलामे ढोकाको रुपमा मानिन्थ्यो । एसएलसी उत्तीर्णपछि माध्यमिक तहको पढाइ पार गरेर उच्च शिक्षामा प्रवेश गरिने हुँदा त्यस्तो चित्रण गरिएको थियो । तर अहिले कक्षा १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । कक्षा १० को एलसएलसी परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई)को रुपमा सञ्चालन गरिँदै आएको छ ।

विगतमा एलएलसी परीक्षालाई जति गाह्रो रुपमा लिइन्थ्यो अहिलेको एसइईलाई त्यहीरुपमा लिइँदैन । परीक्षा प्रणाली पनि बदलिएको छ । जसकारण एलएलसीकै जस्तो उत्साह र चासोको विषय हुने गरेको पाइँदैन । यद्यपि एसइई परीक्षाको महŒव र सान्दर्भिकता फरकरुपमा स्थापित हुँदै गएको छ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्ष (२०८०) को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । बाँकी ५२.१४ प्रतिशत परीक्षार्थीले ‘ननग्रेड’ (एनजी) प्राप्त गरेका छन् । उत्तीर्ण भएकामध्ये १८६ जनाले चार जिपिए ल्याएका छन् । परीक्षामा सहभागी २२१ जनाको भने परीक्षा रद्द भएको छ ।

Hardik health

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा  सहभागी भएका चार लाख ६४ हजार ७८५ जनामध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । उनीहरु कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेड ल्याएका विद्यार्थीको संख्या दुई लाख ४२ हजार ३१३ रहेको छ । जसमध्ये दुई विषयमा ननग्रेड भएकाले मात्र ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् । दुई विषयमा ननग्रेड हुने विद्यार्थीको संख्या एक लाख १५ हजार ८३४ रहेको छ । दुईभन्दा बढी विषयमा ननग्रेड ल्याएका विद्यार्थीहरु भने आगामी वर्षको वार्षिक परीक्षामा सहभागी हुनुपर्ने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । ५२ प्रतिशतभन्दा बढी विद्यार्थी ननग्रेड भएको नतिजालाई सुखद् मान्न सकिन्न । पक्कै पनि यसले विद्यालय तहको शैक्षिक अवस्था अझै कमजोर रहेको देखाउँछ । यो नतिजा सन्तोषजनक हुँदै होइन । सरकारले अझै विद्यालय शिक्षामा सुधार गर्नुपर्ने आवश्यकता यो नतिजाले प्रस्ट देखाएको छ ।

यद्यपि, नतिजा जे जस्तो आए पनि विद्यार्थीहरुले आत्मसात् गर्नुको विकल्प छैन । उत्तीर्ण भएका विद्यार्थीहरुले आफ्नो रुचिको विषय रोजेर कक्षा ११ तर्फ अगाडि बढ्नुपर्छ । विषय छनोट र कस्तो संस्थामा पढ्ने भन्ने निर्णय लिन अभिभावकको साथ र सल्लाह महत्वपूर्ण हुन्छ । अर्कोतर्फ ननग्रेड भएका विद्यार्थीहरुलाई पनि निराश नभई नयाँ लक्ष्यका साथ अगाडि बढ्न प्रेरित गर्नुपर्छ ।
 


प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP