Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्ष र महासचिवमा माथापच्ची
एकीकृत समाजवादीमा महाधिवेशनको चटारो अध्यक्ष र महासचिवमा माथापच्ची
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, असार १२, २०८१
  • अध्यक्षमा दोहोरिन माधव नेपालको जोडबल
  • झलनाथ खनाल र घनश्याम भुसाल पनि अध्यक्षको दौडमा 
  • महासचिवमा पौडेल, तुलाधर, ज्वाला, खतिवडा, झाँक्री र राई अघि बढ्ने
  • खनालपक्षले भुसालपक्षलाई समर्थन गर्ने संकेत

काठमाडौं– नेकपा एकीकृत समाजवादीमा अध्यक्ष र महासचिवका लागि दाबेदारहरू अधिक देखिएका छन् । पार्टी विधानअनुसार यी दुवै पद कार्यकारी हुन् । कार्यकारी पद प्राप्तिका लागि आकांक्षीहरू यतिबेला लबिइङमा व्यस्त छन् ।

हाल अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल आकांक्षी देखिएका छन् । यी तीनमध्ये दुई जना उम्मेदवार हुने निश्चितजस्तै छ । खनाल र भुसालमध्ये एक जना अध्यक्षका उम्मेदवार हुने भएका छन् । पार्टीमा यी दुई नेता एकै गुटमा छन् । स्रोतका अनुसार खनालले भुसाललाई अध्यक्षमा अघि सार्ने सम्भावना बढी छ ।

‘खनालभन्दा भुसालको पक्षमा युवा, विद्यार्थीसहितका जनसंगठनहरू लागेका छन् । महाधिवेशनका धेरै प्रतिनिधिहरूको मनोविज्ञान पनि भुसाललाई नै अघि सार्नुपर्ने भन्ने छ,’ खनालनिकट एक नेताले प्रभावलाई भने, ‘एक÷दुई दिनमै खनालले भुसाललाई अध्यक्षमा अघि बढाउने घोषणा गर्न सक्छन् ।’

पार्टीमा अध्यक्ष नेपालसँग खनाल र भुसालले एक्लाएक्लै प्रतिस्पर्धा गरे चुनाव हार्न सक्ने यी दुई नेताको विश्लेषण छ । त्यही भएर एकताबद्ध भएर नेपालसँग चुनाव लड्दा जित्न सकिने बुझाइ छ । खनालले सैद्धान्तिकरुपमा पार्टीलाई नेतृत्व गर्दै अन्ततः वाम धुव्रीकरणको पक्षमा लान पार्टी अध्यक्ष हुन चाहेको बताउने गरेका छन् । भुसालले राजनीतिक, सैद्धान्तिक र वैचारिक ढंगले पार्टी नेतृत्व गर्न अध्यक्ष हुनुपर्ने तर्क गर्दै आएका छन् । अध्यक्ष नेपालले भने एमालेसँग विद्रोहको नेतृत्व गरेको र पार्टीलाई बलियो बनाउन फेरि अवसर पाउनुपर्ने बताउँदै आएका छन् ।

Hardik health

नेपालनिकट केन्द्रीय कमिटी सदस्य सुदेश पराजुलीले आसन्न महाधिवेशनबाट अध्यक्षमा नेपाल निर्विकल्प भएको बताए । एमालेसँग विद्रोहको नेतृत्व नेपालले गरेको र विद्रोहको नेतृत्वकर्ता नेपाललाई महाधिवेशनले अनुमोदन गर्ने बताए । ‘झलनाथ कमरेड विद्रोहको नेता होइनन् । समर्थनमात्रै गरेका हुन् । नेता माधव नेपाल हुन् । उनी नेतृत्वको विद्रोहलाई अबको महाधिवेशनले अनुमोदन गर्ने हो । मतलव नेपाललाई नेतृत्वमा फेरि अनुमोदन गर्छ,’ पराजुलीले भने, ‘जेएन कमरेड सल्लाहकार बस्नुपर्छ । घनश्याम कमरेड अहिल्यै अध्यक्षका हकदार होइनन् ।’

पार्टीमा अध्यक्ष पदका लागि यी तीन नेताको दौडधुप छ । मतदाता भने एक हजार ८४९ जना छन् । उनीहरूबाट को अध्यक्ष हुन्छन् ? आगामी सातासम्ममा प्रस्ट हुने छ ।अध्यक्षबाहेक अर्को पद महासचिवमा झन् धेरै नेताको दाबेदारी छ । पार्टीका चार उपमहासचिवहरू डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडाको दाबेदारी छ । दुई जना पार्टी सचिव राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री पनि महासचिव पदका दाबेदार हुन् । पौडेल, तुलाधर र ज्वाला भित्रभित्रै तयारीमा व्यस्त छन् । खतिवडाले प्रभावसँग भने, ‘जसले जे जसरी तयारी गरे पनि माधव नेपालको महासचिव मै हुँ ।’

एकीकृत समाजवादीको संगठनमा पौडेल, तुलाधर र ज्वाला प्रभावशाली हुन् । सचिव झाँक्री पार्टीभित्र र बाहिर चर्चित छिन् । देशमा गणतन्त्र स्थापना खातिर भएको दोस्रो जनआन्दोलनको अग्रमोर्चामा खटिएकी उनकै भरोसामा नेपालले एमालेबाट विद्रोह गर्ने आँट गरेको बताइन्छ । तर, उनी पछिल्लो अढाइ वर्षयता निष्क्रियजस्तै छिन् । पार्टी बैठकमा पनि उनको सहभागिता निकै कम हुने गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा आफूलाई थाहै नदिई मन्त्रीबाट फिर्ता बोलाएको र पार्टीमा भूमिका खुम्च्याइएको भन्दै रुष्ट छिन् । त्यही भएर उनी पार्टीमा निष्क्रिय छिन् । महाधिवेशनको चटारोबीच उनी सहाना प्रधान पुरुष महिला भलिबल प्रतियोगितामा व्यस्त छिन् । तर, पनि उनले महासचिवमा दाबेदारी रहने बताउने गरेकी छन् ।

युवामाझ चर्चित नेता राजेन्द्र राईको पनि महासचिवमा तयारी छ । कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईलाई पनि महासचिव पदका बलियो उम्मेदवार मानिन्छ । महाधिवेशन यही असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । तर, महाधिवेशनअघि नै पार्टीमा नयाँ धु्रवीकरण सुरु भएको छ । 

को कति बलिया ? 
एकीकृत समाजवादीमा २० जनाको पदाधिकारी छ । केन्द्रीय कमिटी ३५९ जनाको छ । पदाधिकारी तीन जनामध्ये सबैभन्दा बढी अध्यक्ष माधव नेपालको पक्षमा देखिएका छन् । दोस्रोमा महासचिव घनश्याम भुसाल र तेस्रोमा झलनाथ खनाल छन् । 

पदाधिकारीमा नेपालको पक्षमा उपाध्यक्षहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, उपमहासचिवहरू गंगालाल तुलाधर र जगन्नाथ खतिवडा, सचिवहरू रामकुमारी झाँक्री, राजेन्द्र राई र नागेन्द्र चौधरी देखिएका छन् । खनाल पक्षमा भने पदाधिकारीमा रहेका उपाध्यक्ष जयन्तीदेवी राई र सचिव गरिमा शाह देखिएका छन् । महासचिव भुसालपक्षमा उपाध्यक्षहरू घनेन्द्र बस्नेत, धर्मनाथ शाह, उपमहासचिवहरू प्रकाश ज्वाला, विजय पौडेल, सचिवहरू जीवनराम श्रेष्ठ र हरि पराजुली देखिएका छन् । 

यस्तै, देशभरबाट आउने एक हजार ८४९ जना प्रतिनिधि (त्यसमध्ये ३५९ केन्द्रीय कमिटी र १०४ जना तीनवटा आयोग सदस्य)मध्ये भने तीन नेताले आ–आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् । नेपाल पक्षले कोशी र बागमतीबाहेक अन्य पाँच प्रदेशमा आफ्नो पक्षको बहुमत प्रतिनिधि रहेको दाबी गर्दै आएको छ । खनालपक्षले कोशीमा अगाडि र अन्यमा मिश्रित प्रतिनिधि आएको दाबी गरेको छ । भुसालपक्षले कोशीबाहेक सबै प्रदेशमा आफ्ना बहुमत प्रतिनिधि आएको दाबी गर्दै आएको छ ।
 


प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP