Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्मै च्यातियो बजेट पुस्तिका
बजेटमा असन्तुष्टि संसद्मै च्यातियो बजेट पुस्तिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ५, २०८१
  • भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले बजेट गृहजिल्ला धनुषामा केन्द्रित गरेपछि संसद्मा आक्रोश
  • करिब एक अर्ब ५० करोड रुपैयाँको बजेट धनुषा र मन्त्री महासेठको चुनाव क्षेत्रमा केन्द्रित
  • राप्रपाका अध्यक्ष लिङ्देनले भौतिक मन्त्रालयको बजेट पुस्तिका नै संसद्को रोस्ट्रममै च्याते

काठमाडौं– प्रतिनिधिसभामा मंगलबार विनियोजन विधेयकमाथि छलफलको क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित बजेटबारे सर्वाधिक असन्तुष्टि सुनियो । भौतिक पूर्वाधारमन्त्री हाल नेकपा एमालेका नेता रघुवीर महासेठ छन् । उनले मन्त्रालयको अधिकांश बजेट गृहजिल्ला धनुषा र उनकै दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा खन्याएको भन्दै सांसदहरूले आक्रोश पोखे ।

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले त भौतिक मन्त्रालयको बजेट पुस्तिका नै संसद्को रोस्ट्रममा च्यातचुत पारे । असंसदीय गतिविधि हुने भन्दै धन्न च्यातचुत पारेको बजेट पुस्तिका भने फालेनन् । ‘जबदेखि भौतिक पूर्वाधार मन्त्रालयको यो पुस्तक हातमा प¥यो, त्यो दिनदेखि म यसरी तातिएको छु कि यो यसरी च्यातेर हु¥याउने मन छ,’ दुई टुक्रा बनाएको रातो किताब पोडियममा राख्दै उनले भने, ‘संसदीय मर्यादाविपरीत हुन्छ भनेर कहाँ हु¥याउनुपर्ने हो, त्यहाँ नहु¥याएर यहाँ राख्छु ।’

सांसद लिङ्देनले मन्त्रालयको बजेट पुस्तिका च्यातचुत पार्दा भौतिक पूर्वाधारमन्त्री महासेठ संसद् बैठकमै थिए । एकोहोरिएर लिङ्देनको व्यक्त आक्रोश र गतिविधि नियालिरहे । लिङ्देनले मन्त्री महासेठलाई बजेट कसैको बाउको सम्पत्ति नभएको पनि भन्न भ्याए । उनले भौतिक मन्त्रालयको बजेटलाई लिएर आक्रोश पोखिरहँदा विपक्षी बेञ्चमा रहेका सांसदहरूले ढ्याप ढ्याप पार्दै समर्थन गरे । सत्तापक्षका सांसदहरू भने मौन रहे ।

Sonam Lhosar
Hardik health

उनीभन्दा अघि बोलेका राप्रपाकै प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले झापा र धनुषामा भौतिक मन्त्रालयको बजेट केन्द्रित गरेको भन्दै मन्त्री महासेठको आलोचना गरे । उनले कर्णालीलाई भौतिक मन्त्रालयको बजेटमा विभेद गरेको गुनासो गरे । यस्तै विभेद भइरहन्छ भने कर्णालीलाई नेपालबाट अलग पार्नेसम्मको अभिव्यक्ति दिए । उनको देशलाई खण्डित पार्नेसम्मको चेतावनीयुक्त अभिव्यक्तिमा पनि सांसदहरूले ढ्याप ढ्याप गरेका थिए ।

यी दुई सांसदभन्दा अघि–पछि बोलेका अधिकांश सांसदले पनि मन्त्री महासेठको विरोध गरे । बजेटको असन्तुलित वितरण भएको भन्दै मन्त्रीले आफ्नो चुनाव क्षेत्र मात्र नभई सिंगो देशको समानुपातिक ढंगको विकास गर्नेगरी बजेट वितरण गर्नुपर्ने बताए । तर, त्यस्तो नभएको भन्दै महासेठमाथि सांसदहरू खनिए । त्यस क्रममा कांग्रेस सांसद रामहरि खतिवडाले अन्य ठाउँको बजेट मन्त्री महासेठकै क्षेत्रमा हाल्न आग्रह गरे । ‘उहाँलाई पुग्दैन भने रु ५ थप्ने प्रस्ताव ल्याएको छ । यो पनि उहाँकै क्षेत्रमा हालियोस्,’ उनले पाँच रुपैयाँको नोट पोडियमै छाडे ।

अर्का कांग्रेस सांसद कान्छाराम तामाङले बजेट माग गर्दै आफूले दिएको निवेदन फिर्ता मात्र मागेनन्, लेटर प्याड छाप्दा लागेको खर्चसमेत फिर्ता मागे । कांग्रेसकै सांसद दिलेन्द्रप्रसाद बडुले दार्चुलाको खलंगा–तिंकर क्षेत्रको सडकमा बजेट नराखेको विरोधमा रोष्ट्रममै एक मिनेट मौनधारण गरे । एमालेका सांसद सूर्यबहादुर थापाले भालुवाङ–प्युठानको सडकमा बजेट नहालेको भन्दै स्वर्गद्वारी भ्रमणको निम्तो दिए ।

भौतिकमन्त्री महासेठले आगामी आर्थिक वर्ष २०८१÷८२ मा भौतिक पूर्वाधारका धेरै आयोजना गृहजिल्ला धनुषामा केन्द्रित गरेका छन् । उनले नियमितरुपमा रातो किताबमा परेर जानेबाहेक करिब एक अर्ब ५० करोड रुपैयाँको बजेट धनुषा र आफ्नो चुनाव क्षेत्रमा केन्द्रित गरेका हुन् । वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमका दुई हजार ८२० आयोजनामध्ये ५५ भन्दा बढी धनुषामै राखेका छन् र ८५ करोडभन्दा बढी बजेट विनियोजन गरेका छन् । 

एक करोडका मात्रै ३४ आयोजना छन् । एक करोड ७१ लाख दरले १३ वटा आयोजनामा बजेट छ । एक करोड ६२ लाखका दरले पाँच वटा आयोजनाले पैसा पाएका छन् । स्थानीय सडक पुल कार्यक्रमका कूल ६५५ मध्ये ५६ वटा सडक पुलरपुलेसा धनुषामा निर्माण गर्न बजेट राखिएको छ । यसका लागि ३५ करोड आठ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । रणनीतिक सडक पुल निर्माण तथा पुलेसा संरक्षण कार्यक्रमका २० वटा योजनामा लागि १८ करोड ६० लाख रुपैयाँ बजेट धनुषामै केन्द्रित गरेका छन् । 
 


प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचन आचारसंहिताबारे छलफल
निर्वाचन आचारसंहिताबारे छलफल आइतबार, माघ ४, २०८२
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह
चुनावी घोषणापत्रमा आर्थिक विषयलाई प्राथमिकता दिन परिसङ्घको आग्रह आइतबार, माघ ४, २०८२
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई
कार्यबाहक प्रमुखको जिम्मेवारी महानगरपालिकाकाे उपमेयर डंगोललाई आइतबार, माघ ४, २०८२
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा आइतबार, माघ ४, २०८२
निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड आइतबार, माघ ४, २०८२
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP