Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उपभोक्तालाई सास्ती दिनेलाई कारबाही गर
उपभोक्तालाई सास्ती दिनेलाई कारबाही गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ४, २०८१

पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तुको सूचीमा छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार उक्त सूचीमा रहेका वस्तुको ढुवानी रोक्नु वा अवरोध गर्नु हुँदैन । कानुनीरुपमा रहेको यो व्यवस्था सबैले पालना गर्नु अनिवार्य हुन्छ । तर पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तु ढुवानी रोकेर उपभोक्तालाई सास्ती दिने काम भएको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालक र सहचालक ढुवानी रोकेर आन्दोलनमा उत्रिएपछि सोमबार काठमाडौं उपत्काका उपभोक्ताले सास्ती बेहोर्नुप¥यो । निजी पेट्रोलपम्पहरु बन्द रहे । प्रहरी र सेनाको पम्पमा लामो लाइन लागेर इन्धन भर्न बाध्य भए उपभोक्ता ।

ढुवानीकर्ताहरुले नेपाल आयल निगमसमक्ष राखेका मागहरु जायज होलान् । तर आफ्नो माग पूरा गराउन ढुवानी नै ठप्प पारेर उपभोक्तालाई समस्यामा पार्नु सीधा कानुनको उल्लंघन हो । यो कारबाहीयोग्य छ । तर, सरकारले उनीहरुमाथि कारबाही गर्न सकेको छैन । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारको होे । श्रम ऐन २०७४ अनुसार चालक र सहचालकलाई तलब, जोखिम भत्तालगायत सातबुँदे माग राखेर आइतबार थानकोट डिपोबाट इन्धन उठाएनन् । जसले गर्दा काठमाडौं उपत्यकामा सोमबार पेट्रोलियम पदार्थ बिक्रीवितरण ठप्प भयो ।

आयल निगमले शनिबार मूल्य घटाउने भएपछि शुक्रबार पम्पले थोरै मात्रामा इन्धन उठाएका थिए । शनिबार सार्वजनिक बिदा भएकाले ढुवानी भएन । तर, आइतबार पनि ढुवानी हुन सकेन । यसले बजारमा पेट्रोलियम पदार्थको थप हाहाकार मच्चिएको हो । कानुनतः अत्यावश्यक वस्तुमा हडताल गर्न पटक्कै पाइँदैन । अत्यावश्यक वस्तु तथा सेवाबाट नागरिकलाई वञ्चित गराउनै मिल्दैन । जसले नागरिकको मौलिक हक हनन् गर्दछ । 

Hardik health

कानुनविपरीतको यस्तो कार्य गर्ने कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने अधिकार दिएको छ । अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार अत्यावश्यक सेवाको ढुवानीमा अवरोध गरेमा वा त्यसमा भाग लिएमा वा लिइरहेमा निजलाई छ महिनासम्म कैद वा २०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । हडताल गर्न वा त्यसमा भाग लिन वा भाग लिइराख्न कुनै व्यक्तिले अरूलाई दुरुत्साहन गरे उसलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने पनि ऐनमा उल्लेख छ ।

यस्तै निषेध गरिएको हडतालमा कुनै व्यक्तिले जानीजानी आर्थिक सहयोग गरेमा पनि निजलाई एक वर्षसम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा छ । ऐनमा भएको यो व्यवस्थाबमोजिम पेट्रोलियम पदार्थ ढुवानी र बिक्रीवितरण नगर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी
ओलीलाई युवराज र अष्टलक्ष्मीको कुरीकुरी सोमबार, मंसिर २९, २०८२
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन
सरकारबाटै खतरामा पछिल्लो परिवर्तन आइतबार, मंसिर २८, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP