Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्षमा तीन नेता आकांक्षी
एकीकृत समाजवादीको महाधिवेशन अध्यक्षमा तीन नेता आकांक्षी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, असार ४, २०८१
  • वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्षको आकांक्षी
  • खनालले सम्पर्क कार्यालय खोल्दा नेपाल र भुसालले खोलेका छैनन्
  • प्यानल बनाएर चुनाव लड्न भने रोक


काठमाडौं– नेकपा एमालेबाट तीन वर्षअघि अलग भएका नेताहरूले गठन गरेको दल नेकपा एकीकृत समाजवादी पार्टी १०औं राष्ट्रिय महाधिवेशनको सम्मुखमा छ । महाधिवेशनबाट अध्यक्ष हुन वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको तीव्र तयारी चलिरहेको छ । प्यानल बनाएर चुनाव लड्न भने महाधिवेशनमा नपाइने भएको छ ।

शुक्रबार जारी अन्तरपार्टी निर्देशन (अपानी)मै भनिएको छ, ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर चुनाव लड्न पाइने छैन ।’ प्यानल बनाएर चुनाव लडेको अवस्थामा पार्टी फुट्ने भय अध्यक्ष नेपाल र खनालको छ । यी दुवै नेता चार दशकयता पटक–पटक पार्टी र सरकारको नेतृत्व तहमा रहिसकेका छन् । अझै शक्तिमै रहने तीव्र चाहना दुवै नेतामा देखिएको छ ।

यसअघि नेपाल पूर्ववर्ती दल नेकपा एमालेको तीनपटक गरी १५ वर्ष महासचिव भए । २०६६ सालमा प्रधानमन्त्री नै भए । २०७८ यता एकीकृत समाजवादीको अध्यक्ष छन् ।खनाल पञ्चायतकाल छँदै २०३९ मा नेकपा मालेको महासचिव भएका थिए । त्यसपछि उनी २०६५ मा एमाले अध्यक्षात्मक प्रणालीमा गएपछि अध्यक्ष भए । २०६७ मा प्रधानमन्त्री बने । यसरी पञ्चायतकालदेखिका शक्तिमा रहँदै आएका यी दुई नेताको अध्यक्ष पदका लागि हुने चुनावी भिडन्तमा सरिक हुने देखिएको छ । महासचिव भुसाल पनि अध्यक्ष पदको आकांक्षी थपिएकाले महाधिवेशनमा चुनाव थप रोचक हुने देखिएको छ । 

तर, औपचारिकरुपमा कुनै नेताले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छैनन् । निकटस्थ नेता कार्यकर्ता र प्रतिनिधिहरूलाई भने अध्यक्षमा चुनाव लड्ने भन्दै सन्देश पठाइरहेका छन् । सम्पर्क कार्यालय खोलेर अध्यक्ष पदमा चुनाव लड्ने तयारी गरिरहेका छन् । 

Hardik health

सम्मानित नेता खनालले मध्यबानेश्वरमा सम्पर्क कार्यालय खोलिसकेका छन् । यही असार १६ देखि २० गतेसम्म १०औं महाधिवेशन हुने भएपछि खनालले आफूनिकटहरूसँग भेटघाट छलफल गर्न सम्पर्क कार्यालय खोलेका हुन् । तर, सम्पर्क कार्यालयलाई लिएर विरोध भयो । यसपछि अहिले खनालले इलाम–काठमाडौं सम्पर्क कार्यालय बनाएका छन् । उनले अध्यक्ष पदमा चुनाव लड्न सक्रियता बढाएका छन् ।केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठका अनुसार सम्मानित नेता खनालले पार्टीलाई सैद्धान्तिकरुपले नेतृत्व गर्ने र सबै कम्युनिस्टलाई एकताबद्ध बनाउन भूमिका खेल्नेगरी अध्यक्ष हुन चाहेका छन् । 

‘माधव कमरेड, जेएन (झलनाथ) कमरेड र घनश्याम भुसाल कमरेड तयारीमा हुनुहुन्छ । जेएनले खासगरी पार्टीलाई सैद्धान्तिकरूपमा नेतृत्व गर्छु, सबै कम्युनिस्टलाई एक गराउँछुु र त्यसका लागि अध्यक्ष सर्वसहमतिबाटै बनाउनुप¥यो भन्दै हुनुहुन्छ,’ उनले प्रभावसँग भने । अध्यक्ष नेपालले भने एमालेसँग विद्रोह गरेर पार्टी गठन गर्ने आँट गरेको र अझ सशक्त दलको रुपमा स्थापित गर्ने चाहना रहेकाले अब एकपटक पार्टी अध्यक्षमा अवसर माग्दै आएका छन् । उनी पछिल्ला दिनमा पार्टीको कार्यदिशा जनताको बहुदलीय जनवाद हुने बताउने नेता पनि हुन् । नेता नेपालले खनालले जसरी सम्पर्क कार्यालय खोलेका भने छैनन् । तर, नेता कार्यकर्तालाई भने फेरि अध्यक्षमा लड्ने र त्यसको लागि सहयोग गर्न आग्रह गर्दै आएको नेता मेटमणि चौधरी बताउँछन् । 

‘एउटा कठिन परिस्थितिमा एमालेमा विद्रोह गरेर आउनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धार समातेको दल बनाउनुभयो,’ उनले भने, ‘यसले गर्दा पार्टीलाई अझ सशक्त र सबल बनाउन चाहनुभएको छ । त्यसले गर्दा उहाँको दाबीलाई अध्यक्षमा स्वाभाविक मान्न सकिन्छ ।’नेपाल र खनाललगायत नेताले गठन गरेको एकीकृत समाजवादीमा पछि जोडिएका महासचिव भुसालले पार्टीको वैचारिक, सैद्धान्तिक र राजनीतिक धारको नेतृत्व गर्न अध्यक्ष हुन चाहेको बताउँदै आएका छन् ।

केही समय पहिलासम्म भने उनी महासचिवमा नै दोहोरिने तयारी थिए । तर, पार्टीमा दुई नेता नेपाल र खनालबीच चुनावमा लफडा हुने देखिएपछि युवाले हस्तक्षेप गर्नुपर्ने आवाज उठ्न थालेसँगै भुसालको तयारी अध्यक्षतिर मोडिएको हो । उनका लागि युवा विद्यार्थीहरूले भुसाल अध्यक्ष हुनुपर्ने भन्दै लबिइङ सुरु गरेका छन् । ‘उहाँ (भुसाल)ले पनि भित्रभित्र तयारी गर्नुभएको छ । टिम बनाउनुभएको छ । उहाँको पक्षमा युवा विद्यार्थी बढी देखिएका छन्,’ एक नेताले भने, ‘प्रतिनिधि चयन भएपछि प्रस्ट हुने छ । तर, अध्यक्षको तयारी महासचिव कमरेडले पनि गर्नुभएको छ ।’

उक्त पार्टीको महाधिवेशन यही असारको १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदै छ । महाधिवेशनमा एक हजार ८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् । भूगोलको संघीय निर्वाचन क्षेत्रबाट एक हजार १५७ जना, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३ जना, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२ जना, भारत प्रवास क्षेत्रबाट आठ जना, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

केन्द्रीय सल्लाहकार परिषद्बाट पाँच जना, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट पाँच जना, विभिन्न महासंघहरूबाट ८५ जना र जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहने छन् ।केन्द्रीय कमिटीबाट ३४६ जना, केन्द्रीय आयोगहरूबाट १०४ जना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुने छन् ।
 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP