Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • राम्री बन्न सेवन गरेको हर्मोनले विपिनको ज्यान लियाे
राम्री बन्न सेवन गरेको हर्मोनले विपिनको ज्यान लियाे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ३२, २०८१

काठमाडौं -  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका तेस्रो लिङ्गी महिला विपिन धिमालको निधन भएको छ । राम्री देखिन बारम्बार हर्मोन सेवन गरेकी तेस्रो लिङ्गी महिला बिहीबार उपचारकै क्रममा  विपिन धिमालको निधन भएको स्राेतले जनाएकाे हाे ।

विपिन धिमालले केही दिनअघि सामाजिक सञ्जालमा लेखे, ‘म अहिले केएमसी अस्पतालमा गम्भीर अवस्थामा मृत्यु र जीवनसँग लड्दै छु। म थाइराइडको अन्तिम चरणमा छु। मेरो परिवारको वित्तीय अवस्था कमजोर भएको कारण वायुसञ्चारमा बसेर हजुरहरूलाई सानो, सक्दो सहयोगका लागि बिन्ती गर्दछु।’ सामाजिक सञ्जालमार्फत गरेको यो अनुनयले विपिनलाई बचाउन सकेन।

‘दुई महिना अघि मात्रै उनले अब म बाँच्दिन होला भनेका थिए,’उनका साथी तेस्रो लिङ्गीले  भने,’हर्मोन लिनुहुँदैन भनेर सल्लाह दिने कोही भएनन्,उक्साउने मात्रै भए।’

उनले अहिले हर्मोन लिइरहेको र केही समय पछि लिङ्ग परिवर्तन गरेर केटी बन्ने समेत बताएको उनका तेस्रो लिङ्गी साथीहरूले बताए। ‘हर्मोन सेवन गर्दा थाइराइड भएर एक जना साथी गुमाउनु पर्‍यो,’तेस्रो लिङ्गीहरूले भने,’ज्यानै लिने हर्मोनकै प्रचार गर्नेहरूले किन नसोचेका होलान्?’

Hardik health

गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटी, एफएसजिएमएन, क्रुजएड्स नेपालले दातृ निकायको सहयोगमा गर्ने कार्यक्रममा विपिनलाई बोलाउने गर्थे। यी संस्थाले हर्मोन सेवन गर्न उक्साउने र समस्या परे ‘हामी छौँ नि’ भन्ने गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका  एक सदस्यले बताएका छन्।

अस्पताल भर्ना भएको चार दिनमै निधन भएका विपिन जीविकोपार्जनका लागि सडकमा उभिन विवश थिए। ‘लिङ्ग परिवर्तनका लागि उक्साउनेहरूका कारण उनी प्रेसरमा रहेछन्,’उनका तेस्रो लिङ्गी साथीहरूले भने,’शरीरमा भएका कपाल झार्ने औषधी समेत खाएको सुनाएका थिए।’

पहिचानले भनेकेाे छ ,'व्यक्तिलाई जे हो, त्यही पहिचानमा अधिकार दिलाउन लाग्नुको सट्टा हर्मोन थेरापी र लिङ्ग परिवर्तन गर्न उक्साइरहेका छन् ब्लु डायमन्डसहितका संस्था। हर्मोन थेरापीमा रहेका र यौन अङ्ग शल्यक्रिया गरेका दुई जनाको गत वर्ष मृत्यु भएको छ। आत्महत्या गर्नेको यकिन तथ्याङ्क समेत छैन।'

उनीहरू हर्मोन थेरापी र लिङ्ग परिवर्तनलाई वैधानिकता दिन लागेका छन्। ‘पहिला खाऊ भनेर उक्साउने, पछि त्यसैलाई समस्या भनेर डोनरबाट फन्ड ल्याउने गर्छन्,’समुदायका एक सदस्यले भने,’उनीहरूलाई कोही मरोस् कि बाचोस् मतलब छैन।’

दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह दर्ताका गरेका सुरेन्द्र पाण्डेले हर्मोन थेरापी, लिङ्ग परिवर्तन जस्ता कुरा गम्भीर विषय भएको बताएका छन्। पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा ‘यसका राम्रा नराम्रा पक्ष दुवै छन्। राम्रो कुरा मात्र गरेर हुन्न, गम्भीर साइड इफेक्टहरुको बारेमा पनि जिम्मेवार संस्थाहरूले खुलेर कुरा गर्नु पर्छ’,लेखेका छन्।

उनले २७ वर्षको कलिलो उमेरमा थप एक जनाको ज्यान गएको लेखेका छन्। ‘उसको परिवार र हाम्रो समुदायले पनि एक व्यक्ति गुमाउनु पर्‍यो,उनले लेखेका छन्,ट्रान्सफोबिक भनेर गाली गर्ने २,४ जना निस्किने छन् फेरी, तर त्यसरी समाधान निस्किँदैन। सबैको सल्लाह र समझदारीबाट समाधान निस्कन सक्छ।’

 


प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP