Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भ्रष्टाचारमा डुबेको कांग्रेस, पतनोन्मुख एमाले र कमिसनतन्त्रमा लिप्त माओवादी
प्रमुख दलहरुप्रति जसपा नेपालको विश्लेषण भ्रष्टाचारमा डुबेको कांग्रेस, पतनोन्मुख एमाले र कमिसनतन्त्रमा लिप्त माओवादी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, जेठ ३०, २०८१

 

  • कांग्रेस सहभागितामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरूद्धमा उभिने गरेको टिप्पणी
  • आगामी केही वर्ष वा दशकभित्र एमालेसहितका कम्युनिस्ट पार्टीहरू फेरि उठ्न नसक्नेगरी पतनको दिशामा उन्मुख
  • माओवादी केन्द्र चिन्तन र व्यवहारमा ढुलमुले, अवसरवादी चरित्र हाबी भएको दाबी
  • लोसपा मित्र र जनमत शत्रु शक्ति, रविको दल रास्वपाबारे मौन

काठमाडौं– पहिलो एकता महाधिवेशनमा व्यस्त जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक व्यवस्था, एजेण्डा र वैचारिक धारमा केन्द्रित रहेर सत्तारुढ र विपक्षी दलहरूप्रति मसिनो गरी विश्लेषण गरेको छ । जनकपुरमा जारी महाधिवेशनमा छलफलका लागि अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुरुमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई भ्रष्टाचारमा डुबेको र वैचारिकरुपमा विमुख भइसकेको दल बताएका छन् । यतिसम्मकी कांग्रेस प्रमुख प्रतिपक्षको भूमिका निभाउन नसक्नेगरी थङथिलो भइससकेको यादवको विश्लेषण छ । 

‘कांग्रेसको शासनकालमा लाउडा, घमिजा, सुडानजस्ता ठूलठूला भ्रष्टाचार काण्डहरू भए तर कहिल्यै विश्वसनीय छानबिन भएन । सुशासनको सवालमा यो पार्टीको प्रतिबद्धता व्यवहारमा देखिएन,’ यादवको प्रतिवेदनमा छ, ‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्नेगरी थङथिलो भएको छ ।’

कांग्रेसलाई संघीयताविरोधी र अधिकारको पक्षमा लड्नेहरूको विरोधी शक्तिको रुपमा पनि जसपाले चित्रण गरेको छ । ‘यो पार्टी उत्पीडित जनताको मुक्ति, पहिचान र अधिकारको विपक्षमा छ । संघीय प्रणालीको सही मोडल अर्थात् पहिचानमा आधारित स्वायत्ततासहितको संघीय प्रणाली हुन नसक्नुमा कांग्रेसको ठूलो हात छ,’ प्रतिवेदनमा यादवले भनेका छन्, ‘कांग्रेस सहभागितामूलक, समावेशी समानुपातिक लोकतन्त्रको विरूद्धमा उभिने गरेको छ ।’

Hardik health

कांग्रेसका धेरै नेताहरू संघीयता, समावेशिता र धर्मनिरपेक्षताको विरुद्धमा उभिन थालेको पनि राजनीतिक प्रतिवेदनमा उल्लेख छ । यसअघि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि धर्मनिरपेक्षता र संघीयताको सवालमा कांग्रेसप्रति यस्तै विश्लेषण गरेका थिए । यद्यपि, कांग्रेससँग लोकतन्त्र र राष्ट्रियताको सवालमा सहकार्य गर्न सकिने भनिएको छ । 

राजनीतिक जीवनलाई नेकपा एमालेमा छँदै उचाइ दिएका अध्यक्ष यादवले एमालेलाई भने पतनोन्मुख भएको टिप्पणी गरेका छन् । उनको शब्दमा भन्दा आउँदा केही वर्ष वा दशकभित्र एमालेसहितका कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्नेगरी पतनको दिशामा उन्मुख छन् । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । हालैका दिनमा जसपा नेपालबाट अशोक राईसहितको एउटा टिम अलग भएर छुट्टै दल जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि यादव एमाले र माओवादी केन्द्रप्रति थप चिढिएका छन् । यस्तो अवस्थामा महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा यादवले एमालेप्रति कडा टिप्पणी गरेका हुन् । 

उनले एमालेलाई अधिकार माग्ने वर्ग र समुदायप्रति दमनात्मक ढंगले प्रस्तुत हुने दलको रुपमा पनि चित्रित गरेका छन् । ‘वर्तमान संविधान जारी गर्दा बखत कांग्रेससँग मिलेर मधेसी, आदिवासी जनजाति, थारू, मुस्लिम, खस–आर्य, दलित, महिला, पिछडावर्ग आदि आन्दोलनलाई निर्ममरूपले दमन गर्ने, संसदीय शासकीय प्रणाली कायम राख्ने, पहिचान र सामथ्र्यका आधारमा राज्य पुनःसंरचना हुन नदिनेमा एमालेको प्रत्यक्ष संलग्नता रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ । 

यादवले माओवादी केन्द्रका नेता कार्यकर्तालाई भने जग्गा दलालसम्म भनेका छन् । उनले माओवादी केन्द्रका नेता, कार्यकर्ता, ठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त रहेको उल्लेख गरेका हुन् । त्यसैले, माओवादी केन्द्र राजनीतिक रूपमा एमालेभन्दा भिन्न नभएको र चिन्तन र व्यवहारमा ढुलमुले, अवसरवादी चरित्र हाबी भएको दाबी गरेका छन् । माओवादीलाई समाजवादी धारको पार्टीको रुपमा यादवले अस्वीकार गरेका छन् ।

उनको अनुसार माओवादी ‘कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेका विकृति निम्न पुँजीवादी चरित्र बोकेको’ पार्टी हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भने माओवादीको महŒवपूर्ण योगदान रहेको चर्चा यादवको राजनीतिक प्रतिवेदनमा छ । संसद्मा जसपा नेपालभन्दा ठूलो शक्तिको रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भने यादवले धार्मिक भावनामा राजनीति गर्ने दलको रूपमा व्याख्या गरेका छन् । धार्मिक भावनालाई राजनीतिक शक्तिमा दोहन गर्न र शक्तिमा फर्किन प्रयासरत शक्तिको रूपमा राप्रपा रहेको उनको विश्लेषण छ । यस दलले नेपालमा फेरि राजतन्त्र फर्किन्छ भनेर जनतामा भ्रम फैलाइरहेको पनि भनिएको छ ।

‘नेपाली जनताको लामो संघर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएका छन्,’ जबकि त्यो फर्किने कुनै सम्भावना नै छैन । तथापि यो पार्टीले छर्ने आवश्यक भ्रमलाई चिर्न हाम्रो पार्टी निरन्तर चनाखो रहनुपर्दछ ।’तर, यादवले गत वर्षको चुनावबाट उदाएको जनमत पार्टीको अस्तित्व अस्वीकार गरेका छन् । यादवले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा सिके राउत नेतृत्वको जनमत पार्टीबारे केही उल्लेख छैन । चुनावदेखि नै जसपा र जनमतबीच अघोषित दुश्मनीपूर्ण सम्बन्ध रहेको छ । जनमतले जसपामाथि दबाब बढाउने र उसलाई कमजोर बनाएर मधेसको राजनीतिमा स्थापित हुने रणनीति लिएको छ । त्यसैअनुसार नै जसपा नेपालका अध्यक्ष यादवसँग राउत चुनावी प्रतिस्पर्धामा गएका थिए । मधेस प्रदेशमा जसपा नेपालभन्दा पाँच सिट कम ल्याएको जनमतले गत वर्ष नै मुख्यमन्त्री दाबी गरेको थियो । त्यही जसपा नेपाललाई हटाएर अहिले मुख्यमन्त्री हात पार्न सफल भएको छ । यही दलप्रति यादवले राजनीतिक प्रतिवेदनमा एक शब्द खर्चिएका छैनन् ।

तर, पनि महाधिवेशनमा नेताहरूले भने जनमतलाई मुख्य शत्रु किटान गर्न जोड दिएका छन् । ‘जसपा नेपालमाथि मात्रै खनिने र आक्रमण गर्दै आएको जनमत पार्टीलाई मुख्य शत्रु किटान गर्नुपर्ने,’ सुभावको पाँचौं बुँदामा उल्लेख छ ।महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई मित्र शक्तिको रुपमा अध्यक्ष यादवले चित्रण गरेका छन् । लोसपासँग धेरै राजनीतिक एजेन्डा मिल्ने भनेका छन् । तर, पनि राजनीतिक निर्णयमा अरूको मुख ताक्ने शक्ति भएको विश्लेषण गरिएको छ । यस दलसँग राजनीतिक सहकार्यको सम्भावना रहेको पनि औंल्याइएको छ । 

राजनीतिक प्रतिवेदन पारित
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जनकपुरमा जारी पार्टीको प्रथम एकता महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ । महाधिवेशनको बन्द सत्रमा प्राप्त सुझावलाई समेटेर ३१ पृष्ठको प्रतिवेदन पारित गरिएको हो । 

अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि महाधिवेशनअन्तर्गतको बन्दसत्रमा समूहगत छलफल भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न १० वटा समूहमा विभाजन गरिएको थियो । अध्यक्ष यादवसँगै पूर्वमन्त्री विजय यादवले पेस गरेको पार्टीको आय–व्यय प्रतिवेदन र लेखा आयोग प्रमुख अमरेशनारायण सिंहले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिवेदन पनि सर्वसम्मतले पारित भएको उक्त पार्टीले जनाएको छ ।
 


प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP