Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेको अधिवेशन शैलुङमा सम्पन्न
एमालेको अधिवेशन शैलुङमा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१
Energy Drink Energy Drink

शैलुङ - शैलुङ गाउँपालिका वडा नं १ वडाको नेकपा एमाले कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।केन्द्रिय पोलिटब्युरो सदस्य कमल प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा र जिल्ला कमिटी दोलखाको अध्यक्ष नर बहादुर श्रेष्ठको विशेष आतिथ्यमा मंगलबार सभ्य,भब्य र ऐतिहासिक रुपमा एमाले कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।

यस अधिवेशनबाट निर्वाचित कमिटीमा अध्यक्ष गोपिलाल तामाङ, उपाध्यक्षमा साङ्मान मोक्तान, सचिवमा मिलन थापामगर,उपसचिवमा राजकुमार घिसिङ ,उपसचिवमा सरिता घिसिङ लगायतको ३१ सदस्यीय वडा कमिटी चयन भएका छन् ।
अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य एवं दोलखाका इन्चार्ज चौलागाईंले देशभर एमालेको सङ्गठन बलियो बनाउन कार्यकर्ताले सङ्गठनलाई चुस्त दुरुस्त बनाउदै लैजानुपर्ने बताए ।

त्यसै गरि उदघाटन सत्रलाई जिल्ला अध्यक्ष श्रेष्ठले मिसन ८४ मा जिल्ला नै एमालेमय बनाउनुपर्ने बताए । उनले भने, ‘अब आउने चुनावमा जिल्लाको सबै पालिका र वडाहरु एकल निर्वाचित गराउन यो कमिटी बलियो हुनुपर्छ । त्यसको लागि आजैबाट सङ्गठन बिस्तार, सदस्य नबीकरण लगायतका कार्यहरुलाई चुस्त बनाउनुपर्छ ।’

Ncell
Hardik health

यस्तै कार्यक्रममा शैलुङ गाउँ कमिटीका इन्चार्ज थिरबहादुर मोक्तानले शैलुङ एमालेले चुनावमा पराजित भइकाे परिणाम जनताले महसुस गरेको बताए । उनले विपरित पार्टीका नेताले चुनाब जित्दा जनताको सेवामा प्रभावित भएको गुनासो सुन्न परेको उल्लेख गरे । उनले अब यस्तो परिस्थिति आउन नदिन ८४ मा एमालेलाई जिताउन नेता कार्यकर्ताहरु एक हुन जरुरी रहेको औंल्याए ।

जिल्ला सल्लाहकार सदस्य बिर्खबहादुर तामाङ, साङलाल तामाङ, जिल्ला सदस्यद्वय सुरेन्द्र मोक्तानर विशाल विक, जिल्ला सदस्य एव शैलुङ गाउँपालिका उपाध्यक्ष पार्वती कार्की थापा लगायतले शुभकामना दिदै नेतृत्वले माथीदेखी तल्लो कमिटीसम्मले सर्कुलरहरु पालना गरेर मिसन ८४ सफल पार्नुपर्ने बताएका छन् ।

कार्यक्रमको बन्दसत्रलाई जिल्ला कमिटी सदस्य तथा इन्चार्ज सुरेन्द्र मोक्तानको अध्यक्षतामा पाँच सदस्यताको अध्यक्ष मण्डल गठन गरेको थियो । सो मण्डलमा  सुरेन्द्र मोक्तान सदस्य पार्वती थापा, साङलाल घिसिङ, विशाल विक र सन्तोष योञ्जन रहेका थिए ।

उक्त कार्यक्रममा हरिलाल तामाङ, बम बहादुर लोहर, मोतिलाल तामाङ, सिता थापा मगर,उर्चोम तामाङ, साङमान तामाङ,मिलन मगर ,अक्कल मोक्तान, सल्यमान तामाङ,संगुल तामाङ, विर बहादुर तामाङ,अनिल मोक्तान ,सुनिल मोक्तान ,अनेरास्वयुका उपाध्यक्ष विजय तामाङ आदिको उपस्थितिमा सम्पन्न भएको थियो।


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट
प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताको भेट सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो
कांग्रेसको वडा अधिवेशनः ९१ प्रतिशत वडामा टुंगियो सोमबार, असोज ५, २०८३
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव
एमालेमा किचलोः ओलीले स्वीकारेनन् उमेर हद र दुई कार्यकालको प्रस्ताव सोमबार, असोज ५, २०८३
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि
नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सोमबार, असोज ५, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज ५, २०८३
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन
कांग्रेस महाधिवेशनः ७३ जिल्लाका ६१३२ वडामा सकियो अधिवेशन आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP