Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
विश्व
  • Home
  • विश्व
  • भारतमा उष्ण लहर अझै बढ्ने खतरा  
भारतमा उष्ण लहर अझै बढ्ने खतरा  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१

नयाँ दिल्ली -  भारतको इतिहासमा नै सबैभन्दा लामो उष्ण लहर (लु) का कारण सामान्य जनजीवन प्रभावित बनेको भन्दै मौसमविद्हरूले अति आवश्यक कामबाहेक दिनको घाममा घरबाहिर ननिस्कन सुझाव दिएका छन् । 

भारतीय मौसमविद्ले सोमबार नागरिकले अझै केही दिन बढ्दो तापक्रमको सामना गर्नुपर्ने बताएका छन् । उत्तरी भारतका केही भागमा मानिसहरू मे महिनाको मध्यदेखि नै गर्मीको चपेटामा परेको र पछिल्ला केही दिनमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

लगातार २४ दिनसम्म अनुभव गरिएकाले यो सबैभन्दा लामो ‘लु’ लागेको भारतको मौसम विज्ञान विभाग (आइएमडी) का प्रमुख मृत्युञ्जय महापात्रले दैनिक इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा उल्लेख गर्नुभएको  छ  ।

यस महिना वार्षिक मनसुन वर्षा उत्तरतिर सर्दै जाँदा विस्तारै गर्मी घट्ने अपेक्षा गरिएको छ । यद्दपी महापात्रले गर्मीको कारण अझ जटिल मौसमी अवस्था आउनसक्ने चेतावनी दिनुभयो।  

Hardik health

यदि सावधानी वा रोकथामका उपायहरू अपनाइएन भने उष्ण लहरहरू बढी बारम्बार, लामो र कडा हुने उहाँले बताउनुभयो । 

भारत विश्वको तेस्रो ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो तर सन् २०७० सम्ममा शुद्ध शून्य उत्सर्जन अर्थव्यवस्था हासिल गर्न प्रतिबद्ध छ । 
अहिले भने भारत विद्युत उत्पादनका लागि कोइलामा अत्यधिक निर्भर छ ।

“मानव गतिविधि, बढ्दो जनसङ्ख्या, औद्योगीकरण र यातायात संयन्त्रले कार्बन मोनोअक्साइड, मिथेन र क्लोरोकार्बनको एकाग्रता बढाइरहेको  महापात्रले  उल्लेख गर्नुभयो । 

हामीले आफूलाई मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि खतरामा पार्दैछौँ ।

वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनले उष्ण लहरहरू लामो, अधिक बारम्बार र अधिक तीव्र हुँदै गएको देखाउँछ ।

पछिल्लो गर्मीको लहरले नयाँदिल्लीको तापक्रम सन् २०२२ को ४९.२ डिग्री सेल्सियसको उच्च  रेकर्डमा पुगेको छ ।

तापक्रम वृद्धिसँगै देशबासीले गर्मीबाट राहत खोज्दा बिद्युत ग्रिडमा आठ हजार ३०२ मेगावाटको उच्च रेकर्डको माग पुगेको छ । 

मे २९ मा, दिल्लीको उपनगर मुङ्गेशपुरको एक स्वचालित मौसम स्टेसनले ५२.९ डिग्री सेल्सियसको उच्च तापक्रम रेकर्ड गरेको खबर पत्रपत्रिकामा आएको थियो तर सरकारी अधिकारीले उक्त तापक्रम सेन्सरको त्रुटिपूर्ण परिणाम भएको जनाएको थियो । 

दिल्लीका अन्य ठाउँका १७ अन्य सहरका स्टेसनहरूले सोही दिन अधिकतम ४९ डिग्री सेल्सियस तापक्रम मापन गरेका थिए  ।  
---


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक
चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक मंगलबार, पुस २९, २०८२
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल
जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल मंगलबार, पुस २९, २०८२
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ
अमेरिकासँग कुनै वार्ता नहुने ट्रम्पको चेतावनीपछि क्युवाली राष्ट्रपतिको भनाइ मंगलबार, पुस २९, २०८२
एआई पहलमा भारतलाई अमेरिकी निम्तो
एआई पहलमा भारतलाई अमेरिकी निम्तो सोमबार, पुस २८, २०८२
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का
पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का सोमबार, पुस २८, २०८२
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध
ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध सोमबार, पुस २८, २०८२
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता
बंगलादेशमा ५३ जना एआरएसए विद्रोही पक्राउ म्यानमा सीमामा सतर्कता सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP