Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
समाचार
  • Home
  • समाचार
  • विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २८, २०८१

वालिङ - स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले  तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताए  ।

जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ ।  विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा कपाल काट्न तालिम सञ्चालन गरेको  हो ।

“विद्यार्थीलाई किताबी ज्ञानले मात्रै पुग्दैन, उनीहरुलाई व्यवहारिक, जीवनोपयोगी खालका प्राविधिक ज्ञान सीप आवश्यक हुन्छ”, प्रअ पराजुलीले भने, “आज सिकेको सीपलाई भविष्यका दिनमा प्रयोग गरी व्यावसायिक बन्दै आर्थिक उपार्जन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

Hardik health

भविष्यमा स्वदेशमै व्यावसायिकरुपमा आफूले जानेको सीपको प्रयोगमार्फत आम्दानीसित जोडिनका लागि सहयोग पुग्ने दाबी उनको छ । वैदेशिक रोजगारीमा जाँदा पनि सीप सिकेर जाँदा राम्रो हुने भएकाले प्राविधिक ज्ञान सीप विद्यार्थीलाई दिन थालिएको उहाँले बताए  ।

“विद्यालयले व्यवहारिक ज्ञान सीप बाँड्ने अभियानमार्फत पहिलोपटक कपाल काट्ने सीप सिकाउन सुरु गरेको हो”, उनले भने “आगामी दिनमा विद्यार्थीको रुचिअनुसारका तालिम सञ्चालन गर्दै अगाडि बढ्छौँ ।” विद्यालयको आन्तरिक स्रोतबाट वार्षिक कार्ययोजनाअन्तर्गत छात्रछात्रा लक्षित कपाल काट्ने सीप सिकाइएको हो ।

प्राविधिक ज्ञान सीप भएको मानिस बेरोजगार बस्न नपर्ने भएकाले यसको महत्व उच्च रहेको प्रशिक्षक सुनबहादुर घर्तीले बताए  । विद्यालय परिसरभित्रै प्रशिक्षक घर्तीले विद्यार्थीलाई आलोपालोरुपमा कपाल काट्न सिकाउँदै आएका छन् ।

पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्दै जाँदा भुम्रे माविले प्रयोगात्मक विधिमार्फत विद्यार्थी आकर्षण गरेको हो । विद्यालयले सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान सँगसँगै अगाडि बढाएको हो ।


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक सय २० मुरी धान फलाउने ध्रुव
एक सय २० मुरी धान फलाउने ध्रुव शुक्रबार, माघ २, २०८२
आजका लागि कृषिउपजको थोक मूल्य
आजका लागि कृषिउपजको थोक मूल्य शुक्रबार, माघ २, २०८२
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP