Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्छौं’
‘रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्छौं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २४, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित दुईदिने श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले बर्सेनि श्रमबजारमा आएका युवालाई सरकारले रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गराउन लागिपरेको बताएका हुन् । 

मन्त्री अर्यालले रोजगारदाता र श्रमिकबीचको खाडल पुर्न श्रमाधान रोजगार मेला आयोजना गरिएको बताए । रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा श्रमाधान रोजागर मेलाको आयोजना गरेको उनले जानकारी दिए । ‘रोजगारदाताले दक्ष श्रमिक नपाएर विदेशबाट ल्याउनुपर्ने र श्रमबजारमा आएका युवाले रोजगारी नपाएर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ,’ मन्त्री अर्यालले भने, ‘बेरोजगारी समस्या समाधानका लागि मेलाले महŒवपूर्ण भूमिका खेल्ने विश्वास छ ।’

मेलाबाट तत्कालै संख्या तोकेर रोजगारी दिने अवस्था नदेखिए पनि दीर्घकालसम्म नेपालका उद्योग प्रतिष्ठानमा आवश्यक पर्ने जनशक्तिको यथार्थ विवरण र रोजगारीका लागि चाहिने सीप विकासकाबारे महŒवपूर्ण जानकारी लिन सकिने मन्त्री अर्यालको भनाइ छ । मेलाबाट रोजगारदाता र श्रमिकबीच सम्बन्ध विस्तार हुने भएकाले यसलाई भरपूर प्रयोग गर्न पनि उनले आग्रह गरे ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मन्त्रालयका सचिव लालबाबु कवारीले रोजगार मेलालाई रोजगारदाता र श्रमिकले एउटा अवसरको रुपमा लिन सक्ने बताए । उनका अनुसार यस मेलाले स्वदेशमा रोजगारी नपाएर विदेश पलायन हुनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सहयोग पु¥याउने छ । कवारीले मेलाबाट तत्काल परिणाम नदेखिए पनि दीर्घकालमा उपलब्धिपूर्ण परिणाम दिने विश्वास व्यक्त गरे ।

Hardik health

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले कस्तो विषय पढेमा वा सीप सिकेमा स्वदेशमा पढेर रोजगारी पाइन्छ भन्नेमा यो मेला बढी उपयोगी हुने भनाइ राखे । त्यस्तै लुम्बिनी प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण शर्माले रोजगारदाता कम्पनीले स्वदेशमा दक्ष श्रमिक नपाउने ठूलो समस्या रहेको र सिक्दै गरेकालाई दक्ष बनाएपछि विदेश पलायन हुने अवस्थाले आफूहरु समस्यामा परेको बताए ।

‘रोजगारदाताले आफूले चाहेजस्तो दक्ष जनशक्ति नपाएको र श्रमिकले पनि आफूले चाहेजस्तो रोजगारी नपाउने अवस्थाको अन्त्य गर्न रोजगार मेलाले शुभसंकेत दिएको छ, रोजगार दिने र रोजगारी चाहने दुवैको मिलन बिन्दु बनेको मेलाले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सहयोग पुग्ने छ,’ उनले भने ।

श्रम मन्त्रालय, उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघ (सिएनआई) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशमा दुई दिनको रोजगार मेला सञ्चालन गरिएको छ । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी)मा जारी मेला आजसम्म चल्ने छ । मेलाले रोजगार खोज्ने, रोजगारदाता र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीका लागि अनुकूल वातावरण सिर्जना गर्ने बताइएको छ ।

मेलाले बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा माग संकलन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । मेलामा सरकारी निकाय तथा निजी क्षेत्रका ४१ वटा बुथ (स्टल) राखिएका छन् । यही जेठ १७ गते कोशी प्रदेशबाट सुरू भएको श्रमाधान रोजगार मेला वागमती प्रदेशको ललितपुरमा कार्यक्रम गरेपछि ३० जेठमा सम्पन्न हुने छ । यसबीचमा कोशी प्रदेशमा १७ र १८ गते, मधेस प्रदेशमा १९ र २० गते, गण्डकी प्रदेशमा २१ र २२ गते मेला सम्पन्न आयोजना गरिएको थियो । 

कर्णाली प्रदेशको सुर्खेतमा जेठ २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २७ र २८ गते मेला सञ्चालन हुने छ । यता बागगती प्रदेशको ललितपुरमा जेठ २९ र ३० गते सञ्चालन गरेसँगै मेला सकिने श्रम मन्त्रालयले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP