Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #लायन्सकाे_एन्थम
  • #‘नेपाली कम्युनिस्ट पार्टी’ घोषणा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • द्वेषपूर्ण अभिव्यक्तिमा प्रतिस्पर्धा
द्वेषपूर्ण अभिव्यक्तिमा प्रतिस्पर्धा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २२, २०८१

मुलुकमा नेताहरुबीच विकासमा प्रतिस्पर्धा हुनुपर्ने हो । तर थरीथरीका नेताहरु अहिले एकापसमा द्वेषपूर्ण अभिव्यक्तिमा रमाउन थालेका छन् । दूरदराजमा सडक नपुगेर कयौं जनताले महँगो नुन खान बाध्य छन् । अस्पतालमा समयमा नआइपुग्दा कयौको ज्यान गइरहेको छ । ती स्थानमा सामान्य स्वस्थ्यचौकी नहुँदा उपचारको अभावमा सहर आइपुग्दा थुप्रै रकम खर्चन बाध्य हुन्छन् जनता ।

जनताले पत्याएर निर्वाचित गरेर पठाएका नेताको चुनावी प्रतिबद्धता हुन्छ, म पैसा कमाउन आएको हैन, जनताको समस्याको हल गर्न आएको हुँ । तर, जितेपछि नेताहरु ठीक उल्टो काममा लाग्छन् । उनीहरुको काम भनेकै कुरा गर्ने हो । कुरा पनि एकले अर्काको कुरा काटेर समय कटाउने । सत्ता गठबन्धन हेरफेर हुँदा सबैभन्दा उत्तेजक र उटपट्याङ मन्तव्य दिने नेतामा पर्छन् एमाले नेता केपी शर्मा ओली । उनको वाककलाकै कारण कतिपयले ‘उखाने बा’को उपनामसमेत भिराइसकेका छन् ।

उनै ओली अहिले काठमाडौं महानगरका मेयर बालेनविरुद्ध प्रतिवादमा उत्रिएका छन् । बालेन एमालेमाथि लगातार खनिन थालेपछि ओली आफैं प्रतिवादमा उत्रन थालेका हुन् । कुनैबेला माधव नेपाल, पुष्पकमल दाहालमाथि तथानाम भन्ने ओली अहिले बालेनको बोलीलाई अराजक भन्छन् ।

Hardik health

राजनीतिमा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा पुस्ता यसरी नै आफ्नै पार्टीका शीर्ष नेता वा विपक्षी नेतामाथि ‘हेट स्पिच’ दिएर अघि बढे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसरी नै उदाए । गृहमन्त्री रवि लामिछाने यसको उदाहरण हो । अहिले स्वतन्त्रबाट निर्वाचित भएकाहरु ओली, गगन, रविभन्दा एक कदम अघि बढेर हेट स्पिच दिन थालेका छन् । जसले गर्दा ओलीदेखि रविको माथ खराब हुन थालेको छ । उनीहरु अहिले यस्तो हेट स्पिच दिन नहुने भन्दै अनुशासनका कुरा सिकाउन थालेका छन् । आफूले गर्दा जे पनि ठीक, अरूले गर्दा जे पनि बेठीक । यस्तो राजनीति सिकाउनेहरु जनताबाट दण्डित त हुन्छन् नै । 

सहकारी प्रकरणमा आफ्नो पार्टीको चर्को स्वर गरी बचाऊमा उत्रिएको रास्वपा कांग्रेसमाथि खनिएको थियो, हेट स्पिचमार्फत नै । अहिले रास्वपा यति धेरै रक्षात्मक बनेको छ कि उनीहरुसँग बोल्ने कुनै आधार छैन । लामिछानेमाथि एकपछि अर्को झड्का अदालतबाट आउन थालेको छ । कांग्रेसको गगन पुस्ता पनि जनताबाट कुनै बेला दण्डित हुने क्रममा छ । ओली–गगनले सिकाएको अराजकता अब हत्तपत्त हराउने छाँट छैन । यस्तै अराजकताबाट नेताहरु चाँडोचाँडो उदाउने र छिटछिटो अस्ताउने क्रम जारी रहने छ । विकासमा हैन यस्ता द्वेषपूर्ण अभिव्यक्तिमा नेताहरुको प्रतिस्पर्धा दिनानुदिन बढ्नु भनेको जनतामा राजनीतिप्रति झन् वितृष्णा जगाउनु हो ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP